सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो ।

गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो । 

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदैँ आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?