कृष्णदाइले निधार खुम्च्याउँदै भने ‘जीवन धान्न गाह्रो भो । महँगी आकासियो । बुबा पुस्ताले खोनजोत गरेको पाखो बाँझियो । पढेका भाइ छोराले रोजगारी पाएनन्, बिदेसिए । दिन प्रतिदिन जनताको चुल्हो महँगो भयो ।’ टाउको कन्याउँदै उनले थपे, ‘समाजमा झनपछि झन् राजनीतिको उच्च तहमा पुगेकाको गरेको भ्रष्टाचारका समाचार आउने गरेका छन् । केही नेताका दुष्कर्मले गर्दा जनतामा राजनीतिप्रति नै वितृष्णा बढ्दै गयो ।’ कृष्णदाइका विचारहरू मैले चिउँडोमा हात लगाएर ध्यानपूर्वक सुनिरहेको थिएँ । उनले भने ‘श्रीमतीको स्वास्थ्य जाँच गर्न राजधानी जानु ढिला भइसकेको छ । खर्चको जोहो गर्न सकेको छैन । काठमाडांैको महँगो स्वास्थ्य उपचारको कुरा सुन्दा जान साहस आएको छैन । गत वर्ष हिमलाल काकाले काकीको उपचार गर्दा सिमल फाँटको खेत बेच्नुप¥यो । जिल्ला अस्पतालमा राम्रो उपचार हुन सक्दैन । जनतालाई अलि ठूलो रोग लाग्यो कि काठमाडांै नै जानुपर्ने बाध्यता छ । लोकतन्त्रले सर्वसाधारणलाई के दियो ? झन् पछि झन् सास्ती † कृष्ण दाइले लामो स्वास फेर्दै भने, ‘लोकतन्त्र आएपछि देश विकास हुन्छ भन्ने आशा थियो । दलले जनतालाई विकासका सपनाहरू बाँडे । जनता भाँडे । देशमा न सुशासन छ न त जनताको जीवनस्तरमा परिवर्तन भो । सिद्धान्त र इमानविहीन राजनीतिकै कारण अहिले न सामाजिक सद्भाव छ । न त लोकतन्त्रको फल जनताले पाउन सके । धत्तेरी † हाम्रा देशका राजनीतिक दल र यिनका नेता ।’
कृष्ण दाइको असन्तुष्टि रोकिएन । उनले धारा प्रवाह रूपमा थपे, ‘जनतालाई आशा थियो, लोकतन्त्र आएपछि हरेक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल बन्ने छन् । स्वास्थ्य सेवा सर्वसुलभ हुने छ । गाउँका विद्यालयमा गुणस्तरीय पठनपाठन हुने छ । कृषिमा आधुनिकीकरण हुनेछ । कृषि उत्पादनले गाउँहरू खाद्यान्न, फलपूmल, तरकारी दुग्ध पदार्थ, माछा, मासुलगायतमा आत्मनिर्भर हुनेछन् आदि इत्यादि । नेतागणले देशलाई सिंगापुर जस्तो विकसित बनाउने भाषण गर्थे । होला त नि भन्ने थियो । तर, नेताले राजनीतिलाई छलछाम गरी आयआर्जन गर्ने जालनीति बनाए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए तापनि जनताका लागि हात्ती आयो हात्ती आयो फुस्सा भनेझंै भयो । यसोभन्दा उनी निकै भावुक देखिन्थे ।
लोकतन्त्र सीमित व्यक्ति र समूहको आयआर्जन तथा स्टन्टबाजी गर्ने माध्यम बनेकाले देशको आवश्यकता र जनभावनालाई बेवास्ता गरिएको छ
कृष्ण दाइले लोकतन्त्र, जनता र देशका समस्या समाधान गर्न नसकेको, जनताका सपनामा तुषारापात भएको गुनासो गर्दैगर्दा डम्बर काकाको प्रवेश भयो । डम्बर काका कुनै राजनीतिक दलका कार्यकर्ता होइनन् । गुण र दोषका आधारमा खरो विचार राख्ने प्रस्ट वक्ताका रूपमा पहिचान बनाएका व्यक्ति हुन् उनी । स्थानीय तहमा हुने गरेका आर्थिक अनियमितामा आवाज निकाल्ने गाउँमा एक मात्र पात्र हुन् डम्बर काका । उनले निर्वाचनमा कसलाई मतदान गर्दछन् भन्ने कुरा पनि गाउँलेले थाहा पाउँदैनन् । सक्षमलाई जनप्रतिनिधि बनाउनुपर्छ भन्ने उनको मत छ । उनी पुरानो शिक्षाका म्याट्रिकुलेन उत्तीर्ण व्यक्ति भए तापनि समाज बुझेका, राजनीति जानेका, सचेत नागरिक हुन् ।
डम्बर काकाले कृष्ण दाइकै भनाइलाई बल पुग्ने विचार राखे, तर फरक ढंगले । उनले भने, ‘दलका नेतागण राजनीतिक गफमा दिन बिताउँछन् । आन्तरिक किचलोको व्यवस्थापनमा समय गुजार्छन् । विचौलिया, ठेकेदार, र व्यापारीहरूसँग सेटिङ मिलाउँछन् । अनावश्यक परेको खण्डमा डेटिङ गर्छन् । संवैधानिक निकायमा आयुक्त एवं उच्च पदस्थ कर्मचारी नियुक्तिका भागबन्डा मिलाउँदैमा महिनौं गुजार्छन् । स्वार्थको रोटी सेक्ने सवालमा यिनीहरू कहिले, बालुवाटार, कहिले बालकोट त कहिले खुमल्टार ओहोरदोहोर गर्दछन् । योभन्दा लाजनीति के हुन सक्दछ ? यिनीहरूको मन मष्तिष्कमा देशको विकास गर्ने, उद्योगधन्दाहरू खोल्ने, रोजगारीको सिर्जना गर्ने, महँगी नियन्त्रण गर्ने, विज्ञसँग विकास निमार्णका काममा सहकार्य गर्ने जस्ता कुराहरू हुँदैनन् । पद, पैसा र छलछाममा अभ्यस्त लोकलाज हराएकाहरू ।’
काकाले लामो न्यारेटिभको बिट नमार्दै कृष्णदाइकी श्रीमती (भाउजू)ले चिया ल्याउनु भयो । डम्बर काकाको खरो टिकाटिप्पणीमा राजनीतिक दलको चरित्र, कार्यशैली र समाजको पीडा जर्सिएको थियो । उनले उठाएका विषयवस्तुमा मेरो पनि समर्थन थियो । चियाको कप समाउँदै काकाले थपे, ‘हाम्रा नेता आफन्त पोस्न र विपक्षीका पद खोस्नमा खप्पीस छन् । सरकार बनाउन र भत्काउनमा यिनीहरूले निकै परिश्रम गरेको देखिन्छ । आप्mना वरिपरि घुम्नेलाई अवसर दिनका लागि शक्तिको दुरुपयोग गर्दछन्’ उनले थपे, ‘माक्सवाद, लेलिनवाद, माओवाद, बीपीवाद, जनवाद, समाजवाद के के जानेका हुन् हाम्रा नेताजीले ? अहिले त जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर रकम कुम्ल्याएको समाचार आइरहेको छ । धिक्कार † योभन्दा लाजनीति के हुन सक्दछ ?
चियाको अन्तिम घुट्को बाँकी रहँदै काका आक्रोसित हँुदै भने, ‘विगत तीन दशक नै जालनीतिका नाइकेले कुर्सी कलह, धन कलह, अज्ञान कलह र गाली गलौजमा समय बिताए । जनताले पनि अयोग्य नेतागणलाई बारम्बार भोट दिएर सत्तामा जाने बाटो खोलिदिए । के गर्ने ? मतदाता पनि उस्तै, पार्टीमा बाँडिएका दलका मान्छे ।’ काकाका कुरालाई बीचैमा रोक्दै कृष्ण दाइ फेरि बोले, ‘नेपाल र नेपालीको भविष्य बर्बाद भइसक्यो । युवाहरू सबै बिदेसिए । जग्गा जमिन बाँझिए । दलमा सत्ता कलह कहिलेसम्म ?’
जनताको पक्षमा काम गर्ने हो भने सुशासन कायम गर्न भ्रष्टहरूलाई कानुनी कठघरामा ल्याइयोस्
माथि उल्लिखित कृष्ण दाइ र डम्बर काकाले उजागर गरेका विचार वर्तमान राजनीतिक अवस्थाका अभिव्यक्ति हुन् । जनबोली हुन् । उनीहरूका आवाजमा आमजनताको गुनासो प्रस्तुत भएको छ । आज लोकतन्त्रको वर्तमान अवस्था अत्यन्त निराशाजनक छ । लोकतन्त्र सीमित व्यक्ति र समूहको आयआर्जन र स्टन्टबाजी गर्ने माध्यम बनेको छ । देशको आवश्यकता र जनभावनालाई बेवास्ता गर्दै कुर्सीमोहको खेलमा दल अभ्यस्त छन् । प्रजातन्त्रका ३२ वर्षमा २८ पटक सरकार फेरिए । देशमा झन् पछि झन् समस्याका चाङहरू थपिँदै गए । यस्तो क्रियाकलापले देशको भविष्य अन्योलग्रस्त भएको छ ।
सुशासन दिने ठाउँमा पुगेको नेतृत्व आफैं भ्रष्टाचारमा संलग्न भएका छन् । एकपटक होइन, दुईपटक होइन, पटक पटक नेता तथा उच्च पदस्थ कर्मचारीका नाम भ्रष्टाचारमा जोडिँदा दुनियाँ लज्जित छ । आप्mना दलका नेतालाई बचाउने, राजनीतिलाई आपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने काम शीर्ष भनिनेबाट नै हुने गरेको छ । प्रजातन्त्रको पुनस्र्थापना भएपछि सतहमा आएका प्रकरण सुन्दा लाग्छ, राजनीति देशको दोहन गर्ने पात्रको कब्जामा छ । धमिजा काण्ड, लाउँडा काण्ड, वाइडबडी काण्ड, सुडान प्रकरण, सुन काण्ड, बूढीगण्डकीको कमिसन प्रकरण, एनसेल काण्ड, ७० करोड काण्ड, बालुवाटार जग्गा प्रकरण, ओम्नी, यति, २ करोड प्रकरण हुँदै अहिले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्मका लज्जास्पद कर्मले राजनीति बदनाम मात्र भएको छैन, छलछामको पर्याय भएको छ ।
हाम्रो देशको सन्दर्भमा प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, समाजवाद अनेक भनियो । जनतालाई शब्दजालमा पारियो । देशलाई भद्रगोल बनाइयो । राज्यले गरिबी, विभेद, अन्याय, भ्रष्टाचार, बेरोजगारीजस्ता समस्या बढाउने काम गरिरहेको छ । शक्ति भजाउने ठाउँमा पुगेपछि मतिले काम नगरेको देखियो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं राज्य र दलका नेताले देश र जनहितमा काम गर्न छाडेर कमाउ धन्धामा लागेका छन् ।
अन्त्यमा अब राज्यले जनताको पक्षमा काम गर्ने हो भने सुशासन कायम गरोस् । भ्रष्टहरूलाई कानिनी कठघरामा ल्याओस् । यसो गर्दा नेता र नाता केही नहेरोस् । बाँझिएका गाउँ घरका खेतबारीमा आधुनिक कृषि प्रणाली सुरु गरोस् । विपे्रषणमा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाओस् । हरेक स्थानीय तहमा उद्योगधन्दा स्थापना गरी उत्पादन र रोजगारीको अवसर सिर्जना गरोस् । लथालिंगको अवस्थामा रहेको शिक्षा क्षेत्रको गुणस्तर उकास्ने काम गरोस् । वित्तीय संस्थामा जनताका लगानी सुनिश्चित गर्ने दह्रो खरो नीति बनाओस् । कमिसनतन्त्र र कुशासनको अन्त्य गरोस् । महँगी नियन्त्रण गरोस् । समग्रमा देश र जनहितमा काम गरोस् ।






