सिन्धुली कारागारमा मानवअधिकार आयोग

सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक बाग्मती प्रदेश कार्यालयले हिजो विहीबार सिन्धुली कारागारको अनुगमन गरेको छ । आयोगले नागरिक स्तरबाट कारागारबाट निस्कने फोहोरका कारण बस्ती र खोलामा दुर्गन्ध फैलिएको गुनासो आएसँगै अनुगमन गरेको हो ।

कमलामाई नगरपालिका वडा नं. ५ ऐसेलुजंघारमा रहेको सिन्धुली कारागारबाट निस्केको फोहोरले कमलामाई नगरपालिकाको वडा नं. ५ को कारागार क्षेत्र र त्यस भन्दा तलका बस्ती नै दुर्गन्धित भएको स्थानीयको गुनासो रहेको छ ।

कारागारका कैदीबन्दीले प्रयोग गर्दा निस्केको फोहोर पानी र शौचालयको पानी साँघुगैरा खोल्सीमा निकास गर्दा ऐसेलुजंघार र त्यस तलका बस्तीका बासिन्दाहरुलाई दुर्गन्धले बस्न समेत समस्या भएको स्थानीय गणेश बहादुर श्रेष्ठले अनुगमन टोलीलाई बताएका छन । आयोगका निर्देशक यज्ञ अधिकारी, इन्सेक बाग्मति प्रदेशका गणेश भण्डारी, पत्रकार सहितको अनुगमन टोलीले कारागार क्षेत्रको अनुगमन गरेको हो । कारागारको फोहोर व्यवस्थापनका विषयमा आयोगले कारागार प्रशासनसँग समेत छलफल गरेको छ ।

कारागारको ढल निकासी गरिएको साँघुगैरा खोल्सीको पानी ढलका रुपमा ग्वाङखोलामा मिसिएको छ । जसका कारण ऐसेलुजंघार, सानो करकरे, माझीडाँडा, पञ्चकन्या टोल, मजगाईं टोल लगाएतका क्षेत्रका पन्ध्रसय घरधुरी प्रभावित भएका छन । पानी दुर्गन्धित हुदा गाई वस्तुलाई खुवाउन, नुहाउन, लुगा धुन लगाएतका काममा स्थानीयले खोलाको पानी प्रयोग गर्न समेत नपाएको स्थानीयहरुले बताएका छन । यस्तै खेतीपातीमा सिंचाई गर्न समेत नपाएको उनीहरुको गुनासो रहेको छ ।

यस्तै कारागारबाट निस्केको शौचालयको पानी र दिशापिसाव सडक भरि छताछुल्ल भएपछि सडक समेत विग्रिएको अनुगमनका क्रममा भेटिएको छ । कारागारबाट निस्केको दुर्गन्धित पानीका कारण करीव ३० मिटर नजिकै रहेको सार्वजनिक इनारलाई समेत दुषित पारेकाले स्थानीयलाई खानेपानीको समेत समस्या भएको छ ।

यस्तै दुर्गन्धित पानी ग्वाङखोला हुदै कमला नदीमा मिसिदा कमलामाई नगरपालिकाका ५, ७, ८, ९, १०, ११, १३ र १४ का साथै दुधौली नगरपालिकाका क्षेत्र हुदै बग्दा वातावरण तथा पानी प्रदुषण भई प्रभावित बनेको स्थानीयले अनुगमन टोलीसँग बताए ।

कारागारको समस्या २०७७ असोजदेखिको भए पनि हालसम्म यसको समाधान निस्कन नसकेको स्थानीयले बताएका छन । उनीहरुले पटक पटक आवाज उठाए पनि उचित सम्बोधन हुन नसकेको अनुगमन टोलीसँग स्थानीयले बताएका छन । कमलामाई नगरपालिका, जिल्ला प्रशासन लगाएतका सरोकारवालासँग पटक पटक समस्या समाधान गर्न लिखित र मौखिक अनुरोध गरे पनि समाधान ननिस्किएको उनीहरुको गुनासो छ ।

स्थानीय मदन श्रेष्ठले स्थानीयलाई दुर्गन्ध फैलिएका कारण रोग नै फैलिने डर भएको र बस्नै सकस भएको बताए । कारागारको दुर्गन्धका कारण बस्ती नै उठ्नुपर्ने अवस्था आएको पनि उनले बताएका छन । कारागार आसपासका बस्तीमा जग्गा किनवेच समेत हुन छोडेको उनीहरुले बताएका छन ।

हाल सिन्धुली कारागारमा ८४८ जना कैदीबन्दी र १५ जना आश्रित बालबालिका रहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार