श्रीमतीको हत्यापछि शव सेफ्टी ट्याङ्कीमा फाल्ने पक्राउ

कृष्णनगर । श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ । गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए । केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्याङ्कीमा शव फालेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका विकलाई कपिलवस्तुमा ल्याइएको छ । उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन् । केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो । हत्यापछि छोराछोरी लिएर गर्भे विक फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 507 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता