चाइल्ड पोर्नोग्राफीको बढ्दो ग्राफ

हिजोआज इन्टरनेटको पहुँच बालबालिकासम्म पुगेको छ । स–साना बालबालिकासमेत स्मार्टफोन, टेबलेट, आईपेड तथा कम्प्युटरका माध्यमबाट इन्टरनेटको संसारमा रमाउने गरेका छन् । तर यस्ता बालबालिकाले इन्टरनेट चरम दुरुपयोग गर्ने गरेको अध्ययनले देखाएको छ । विभिन्न अन्तर्राष्ट्रिय तथ्यांक हेर्ने हो भने १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले इन्टरनेटमा गएर पूर्ण अश्लिल सामग्री हेरिरहेका हुन्छन् भने ८९ प्रतिशत बालबालिका च्याटमा साथीसँग सेक्ससम्बन्धी कुराकानी गरेर रमाइरहेका हुन्छन् ।

हालै गरिएको अध्ययनमा नेपालका सहरी क्षेत्रमा इन्टरनेट प्रयोग गर्ने ८२ प्रतिशत किशोरकिशोरीमध्ये ९८ प्रतिशतले अश्लिल सामग्री हेर्ने गरेको र १.७ प्रतिशतले आफूलाई मनपर्ने पाँच वेबसाइटमध्ये एक पोर्नोसाइट भएको बताएका छन् । यसबाट विश्वव्यापी रूपमै ‘चाइल्ड पोर्नोग्राफी’ समस्या बढिरहेको प्रस्ट हुन्छ ।

के हो चाइल्ड पोर्नोग्राफी ?
सामान्यतया बालबालिका नग्न तस्बिर तथा भिडियो हेर्ने र बनाउनेजस्ता अश्लिल गतिविधिमा संलग्न हुनु नै ‘चाइल्ड पोर्नोग्राफी’ हो । त्यतिमात्रै होइन, अश्लिल शब्द प्रयोग गर्ने, बालबालिकालाई अश्लिल शब्द बोल्न लगाउनु तथा उनीहरूका अगाडि यस्ता शब्द बोल्नु, अरुले दुरुपयोग गर्ने वा आफू नै संलग्न हुनुलगायत गतिविधि पनि ‘चाइल्ड पोर्नोग्राफी’मा पर्छन् ।

किन आकर्षित हुन्छन् ?
बालबालिकालाई शलील र अश्लिलता’bout राम्ररी थाहा हुँदैन । तर इन्टरनेटको पहुँच पाउँदा र यस्ता विषयमा आकस्मिक जानकारी पाउँदा बालबालिका त्यतातिर आकर्षित हुन्छन् । त्यतिमात्रै होइन, हिजोआज टेलिभिजन च्यानलहरूमा आउने अर्धनग्न दृश्य, भिडियो गेममा देखिने नग्नचित्र, अर्धनग्न तथा कामुक तस्बिर छापिएका विज्ञापन, पोस्टर तथा कपडाका दृश्यले पनि बालबालिकालाई अश्लिल गतिविधितिर तानिन्छन् । सजिलै पहँुच हुने यस्ता अश्लिल कुराले उनीहरूलाई जोखिमको बाटोमा लैजान सक्दछ ।

विभिन्न अध्ययनअनुसार एकल परिवारमा रहेका, अविभावक व्यस्त हुने, इन्टरनेट तथा मोबाइलमा पहुँच हुने, घर तथा स्कुलमा बालबालिकाले प्रयोग गर्ने इन्टरनेट अनुगमन तथा निगरानी नहुने, बालबालिकालाई गलत ढंगले इन्टरनेटमा अश्लिलताप्रति आकर्षण गर्ने गतिविधि तथा संगत र साथीसंगीको देखासिकीका कारण बालबालिका अश्लिल गतिविधिमा संलग्न हुने गरेको पाइएको छ ।

पोर्न र ब्रेन
बालबालिका तथा किशोरकिशोरीको मस्तिष्कमा इन्टरनेटका अश्लील सामग्रीले पार्ने कुलतको प्रभाव सामाजिक जीवनमै देखापर्छ । बालबालिकाले जब लुकीछिपी अश्लिल सामग्री हेर्छन्, साथीभाईसँग यस’bout कुरा गर्छन् । उनीहरूमा यौनप्रति गलत धारणा बन्न पुग्छ । अश्लील चित्र हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ, यौन सामान्य र सहज हो भन्ने छाप पर्दछ । उनीहरू साथीसंगीसँग मात्र होइन, पाका व्यक्तिस“ग पनि उत्तेजक व्यवहार गर्ने, परिवार र साथीभन्दा बेग्लै बस्न रुचाउने, लागूपदार्थको कुलतमा फस्ने, पढाइलेखाइप्रति रुचि नदेखाउने, सधैं इन्टरनेटमा बसेर त्यही मात्रै हेर्ने, अभिभावकको डरले ढाँट्ने र गलत बाटोमा फस्दै जाने खतरा हुन्छ ।

पोर्नोग्राफीको नक्कल गरी अन्य बालबालिकामाथि यौनदुव्र्यवहार गर्ने तथा पोर्नोग्राफी लतले मनोवैज्ञानिक समस्या निम्ताएपछि आत्महत्या प्रयाससमेत गर्छन् ।

मनोवैज्ञानिक भन्छन्, ‘इन्टरनेट वा अन्यत्र देखेको अश्लील दृश्यले बालबालिकालाई जोसँग जहाँ पनि यौनसम्पर्कका लागि प्रस्तुत हुन प्रेरित गर्छ । उनीहरू मनोरञ्जनका नाममा अधिक शारीरिक सम्पर्क गर्दछन् । यस्ता बालबालिका मौका पाएसम्म पोर्नोग्राफी हेर्न र त्यसअनुसारको व्यवहार गर्न रुचाउँछन् । जसका कारण घरघरमै यौन दुव्र्यवहार र बलात्कार हुने, युवतीहरू १२–१३ वर्षमै गर्भवती हुने घटना घट्न सक्छन् ।’

बालमस्तिष्कमा परेको असर वयस्क अवस्थासम्म पनि रहिरहने देखिएको छ । यस्तो बानी वयस्क भएपछि पनि छुटाउन गाह्रो पर्छ । पोर्नोग्राफीको लतले कस्तोसम्म परिणाम ल्याउन सक्छ भन्ने यसविरुद्ध काम गर्ने दक्षिण अफ्रिकी संस्था स्ट्याण्डिङ टुगेदर टु अपोज पोर्नोग्राफी (स्टप) अध्ययनले प्रस्ट पार्दछ, जसअनुसार दक्षिण अफ्रिकाको डर्वान सहरमा सन् २००४–५ मा बालयौन हिंसामा संलग्नमध्ये १३ वर्षमुनिका ४२ प्रतिशत बालबालिका कुनै न कुनै रूपमा पोर्नोग्राफीको कुलतमा फसेको पाइएको थियो ।

पोर्नोग्राफिक डिसअर्डर
साधारण शब्दमा भन्ने हो अश्लिल गतिविधिमा संलग्न हुने अनियन्त्रित इच्छा वा लतलाई ‘पार्नोग्राफिक लत वा दुव्र्यसन’ भनिन्छ । पोर्नोग्राफिक दुव्र्यसनमा फसेका बालबालिका तथा व्यक्तिको ध्यान केबल यस्ता गतिविधिमा हुन्छ ।

अम्मली व्यक्ति दिनको १०–१२ घण्टासम्म पनि यस्ता गतिविधिमा संलग्न हुन पछि पर्दैन । यसका अन्य लक्षणमा साथीसंगी तथा परिवारबाट टाढा रहने । पर्याप्त नसुत्ने । खेलकुद तथा अन्य मनोरञ्जनपूर्ण क्रियाकलापमा चाँसो नदेखाउने । धेरै खाने वा कम खाने । शरीरको वजन बढ्ने वा घट्ने । हात र कलाइमा दर्द हुनु । बारम्बार टाउको दुख्नु । दृष्टिसम्बन्धी समस्या देखापर्नु । शरीर, ढा“ड र कम्मर दुख्ने ।

यस्ता प्रविधि प्रयोग गर्न नपाउँदा मुड खराब हुनु । बैचन तथा चिडचिडे हुनु । आत्मविश्वासमा कमी तथा भावनात्मक रुपमा कमजोर महसुस गर्नु । यदि बालबालिकामा यस्ता लक्षण देखिएमा ‘पोर्नोग्राफिक एडिक्सन’ले मनोवैज्ञानिक समस्या निम्ताइसकेको हुन सक्दछ, त्यसैले थप क्षतिबाट बच्न उनीहरूको उपचार गर्न आवश्यक हुन्छ । लागूपदार्थ दुव्र्यसनजस्तै ‘पोर्नोग्राफिक दुव्र्यसन डिसअर्डर’ पनि हल्का र कडाखाले हुन सक्दछ । यसले पनि ‘वीथड्रवल’ लक्षण देखाउँछ । जस्तै, मानसिक तनाव, बैचनी, चिडचिडापना तथा उदासी । कसैकसैलाई निद्राको समस्या हुने, काँप्ने वा पाचन प्रक्रिया गड्बड् हुने गर्दछ ।

समाधानका उपाय
विकसित मुलुकमा इन्टरनेट पोर्नोग्राफी प्रयोग अत्यधिक भएपछि रोकथाम’bout अनेक प्रयास गरिँदै छ भने नेपालमा प्रभावकारी अनुगमन तथा साइबर कानुनसम्बन्धी स्पष्ट व्यवस्था गर्न जरुरी देखिएको छ । इन्टरनेट पोर्नोग्राफी नियन्त्रणका लागि विश्वका कतिपय मुलुकले ‘कुन किसिमको पोर्नोग्राफीलाई छुट दिने र कुनलाई नदिने’ भनेर स्पष्ट रूपमा
छुट्याएका छन् । आशिंक वा कलात्मक हिसाबले तयार परिएको सङ्खटकोर पोर्नोग्राफीलाई छुट दिएका छन् भने भद्दा नग्नता दर्शाउने हार्डकोर पोर्नोग्राफीलाई नियमन गरिएकान छन् । बेलायतले व्यक्तिको मस्तिष्कलाई नकारात्मक असर पुराउनेखाले नग्न तस्बिर एवं भिडियो प्रशारण गर्न नपाइने व्यवस्था गरेको छ ।

त्यस्तै, अमेरिकको चिल्ड्रेन्स इन्टरनेट प्रोटेक्सन एक्ट २००२ ले मतिस्कलाई नकारात्मक असर गर्नेखाले सामग्रीमा बालबालिकाको पहुँच रोक्ने उद्देश्यले आवश्यक प्रविधि अपनाउनुपर्ने व्यवस्था गरेको छ । यसअनुसार संघीय अनुदानप्राप्त पुस्तकालयमा अश्लील दृश्य हेर्न र चाइल्ड पोर्नोग्राफी हेर्न रोक लगाउने गरी ‘फिल्टर’ प्रयोग गर्न छुट दिइएको छ । तर, अनुसन्धानका लागि भने रोक लगाइएको छैन । छिमेकी मुलुक चीनमा पोर्नोग्राफीमा कडाइसाथ निषेध गरिएको छ । त्यहाँ यस्ता वेबसाइट नखुल्ने कम्प्युटर सङ्खटवेयर राख्नुपर्ने प्रावधान छ ।

सन् २००९ मा पन्ध्र हजार पोर्नोग्राफी वेबसाइट बन्द गरिएको थियो । भारतले पनि चाइल्ड पोर्नोग्राफीलाई प्रतिबन्ध लगाएको छ । तर, इन्टरनेट पोर्नोग्राफी पूर्ण रूपमा रोक्न नसकिने यथार्थ पनि छ । भारत र चीनले बन्द गर्ने कानूनी व्यवस्था गरे पनि रोक्न सकेका छैनन् ।

त्यसो त, अश्लील साइटलाई केही हदसम्म आफ्नै प्रयासबाट बन्द र नियन्त्रण गर्न पनि सकिन्छ । जस्तो कि इन्टरनेटबाटै कम्प्युटरमा सफ्टवेयर तानेर सम्भावित पोर्न साइट रोक्न र बालबालिकाले हेर्ने साइट अनुगमन गर्न सकिन्छ । अभिभावकले बालबालिकासँगै बसेर इन्टरनेट चलाउने, फेसबुकजस्ता ‘सोसल नेटवर्किङ साइट’मा छोराछोरीको साथी बनेर उनीहरूको सम्पर्क र गतिविधि अनुगमन गर्ने, कम्प्युटरलाई सबैको पहँुच हुने बैठक वा अध्ययन कक्षमा राख्ने गरेमा ‘बालबालिकाले के गरिरहेका छन् ?’ भन्ने थाहा पाउन सकिन्छ ।

इन्टरनेट सेवा प्रदायकले बालयौन र हिंसासम्बन्धी साइट ब्लक गर्नुपर्ने तथा इन्टरनेट प्रयोगकर्ताको तथ्यांक कम्तीमा ९० दिनसम्म सुरक्षित राख्ने, बालबालिकालाई गोप्य रूपमा इन्टरनेट चलाउन नदिने, स्कूलमा पनि शिक्षकले यस्ता विषयमा निगरानी गर्ने हो भने पनि ‘चाइल्ड पोर्नोग्राफी’मा केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

पोर्नोग्राफिक एडिक्सन डिसअर्डरले पीडित बालबालिकाको उपचार आवश्यक हुन्छ । अभिभावकले जबर्जस्ती रोक लगाउँदा समस्या झन् उघ्र भएर आउन सक्दछ । चाइल्ड पोर्नोग्राफिक एडिक्सन डिसअर्डरको सर्वोत्तम उपचार पद्दति भनेको ‘कग्निटिभ बिहाभियर थेरापि’ हो ।

अन्त्यमा
इन्टरनेट आधुनिक युगको आवश्यकता हो । उचित तरीकाले इन्टरनेट सदुपयोग गर्ने हो भने बालबालिकालाई ‘इन्टेलिजेन्ट’ बनाउँछ । त्यसैले बालबालिकालाई इन्टरनेटमा पहँुच नदिनु सान्दर्भिक हँुदैन । तर इन्टरनेट उनीहरूले सदुपयोग वा दुरुपयोग के गरेका छन् भन्ने’bout निगरानी हुन अति आवश्यक छ ।

यदि बालबालिकालाई अनियन्त्रित स्वतन्त्रता दिई छाडा छोडियो भने हेर्दाहेर्दै कलिला बालबालिकासमेत इन्टरनेट तथा पोर्नोग्राफी दुव्र्यसनको दलदलमा मात्र होइन, लागूपदार्थको दुव्र्यसनको दलदलमा समेत पर्न सक्छन् । बालबालिका यस्ता दुव्र्यसनको दलदलमा परे भने परिवारले ठुलो मूल्य चुकाउनुपर्छ, बालबालिकाको भविष्य अन्धकार हुन सक्दछ । समयमै यसप्रति अभिभावकको ध्यान जाओस् ।
(लेखक साइकोथेरापिष्ट हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल