दिप्शन र इश्लिया भए किड्स क्यापिटल नेपाल

काठमाडौं । चौथो संस्करणको ‘किड्स क्यापिटल नेपाल–२०२३’ को उपाधि जुनियरतर्फ दिप्शन चिलुवाल एवम् इश्लिया गुरुङ र सिनियरतर्फ सुहान पुन एवम् मीमिक राना मगरले जितेका छन् । काठमाडौंमा शुक्रबार आयोजना गरिएको यो प्रतियोगितामा स्टेफेन आले तथा सुब्रि बस्नेले लिटिल प्रिन्स एण्ड लिटिल प्रिन्सेसको उपाधि जिते ।

टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल म्यानेज्मेन्ट तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिताम केया बि श्रेष्ठले फस्ट रनर्सअप, छिरिङ डोल्मा शेर्पाले सेकेण्ड रनर्स अप, इभान्जेलिना आलेले थर्ड रनर्सअप, इम्प्रेसा तामाङले फोर्थ रनर्स अप तथा अग्रीम अधिकारीले फिप्थ रनर्स अप भए ।

प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ५ वर्षदेखि १२ वर्ष उमेर समुहमा २० जना बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा दिप्शन चिलुवाल तथा कृषा लामिछनेले मोस्ट पपुलर सुहास पुन तथा मिप्साङ लामाले किड्स आइकन, अबिन अधिकारी तथा कृषा लामिछानेले लिटिल सटा, छिरिङ डोल्मा शेर्पाले पब्लिक च्वाइस अवार्ड जिते ।

यो प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी बिना श्रेष्ठ, कलाकार तथा मोडलहरु गोपाल ढकाल छन्दे, कबिराज निरौला, सबित बज्राचार्य, प्रनिमा दाहाल, शिशिर खाती, कृष्ण श्रेष्ठ, विपिन खड्का तथा मिलेनियम तण्डुकार शाह थिए ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित