बानियाँ कन्स्ट्रक्सनको २ वर्षदेखि अवैध डम्पिङ्ग

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ कपासीमा बानिया निर्माण सेवा प्रालि हेटौडाले चुन ढुंगा डम्पिङ्ग गर्दा प्रदुषण बढेको भन्दै वडाको कपासी, सान्तिपुर, फच्कैया र बसन्तपुरका स्थानीयबासीले बिरोध प्रर्दशन गर्दै ढुवानीमा रोक लगाएका छन ।

काँग्रेस नेता तथा बाग्मती प्रदेशसभाका सदस्य ईन्द्र बानिया अध्यक्ष रहेको बानिया निर्माण सेवा हेटौडाले बुद्धभुमी १ को सुर्योदय सामुदायिक वन क्षेत्र जोडेर सञ्चालन गरेको डम्पिङ्ग हटाउन माग गर्दै स्थानियले बिरोध जनाएका हुन । बिरोध कार्यमा सोहि स्थानमा रहेको रामेश्वर आधारभुत बिद्यालयका बिद्यार्थी र शिक्षक तथा वडाका स्थानिय सहभागी थिए ।

चुनढुगा ओसार्दा कालोपत्रे भासियो

२०७७ साल देखि अर्घाखाचीबाट चुनढुंगा झिकेर कपासी स्थित जग्गा भाडामा लिएर डम्प गर्दै आएको छ । शान्तिपुर टोल कपासी टोल तथा रामेश्वर माबि नजिकै माल डम्प गरिदा स्थानीय जनजीवनमा असर र वातावरणीय प्रभाव परेको टोल बिकास संस्था सचिव ईश्वरी मल्ल ठकुरीले बताइन। सुरुकै दिन दिखिनै डम्पिङ्गको विरोध स्थानीयले गर्दै आएको र पटक पटक वडा र नगरलाई पत्राचार गर्दा समेत व्यवास्था गरे पछि आन्दोलनमा उत्रीन परेको उनको भनाई छ ।

‘डम्पिङले गर्दा वातावरणमा धेरे असर परेको छ, जनजीवनमा समेत अप्ठ्यरो पारेको छ’ उनले भनिन। बिद्यालयमा पठनपठानमा असर गरेको, १२ चक्के गाडप चल्दा बाटो बिग्रिएकोे, धुलो नै धुलो भएकोले सो डम्प तत्कालै हटाउनु पर्ने उनले बताइन ।

आफुहरुले सो डम्प हटाउन पर्ने भन्दै गत बैशाख १२ गते पुन वडा कार्यालयमा पत्राचार गरको सचिव मल्लले बताइन । सो पत्रमा २ सय ७ जनाले हस्ताक्षर समेत गरेका छन । नगरपालिका, प्रशासन, वन कार्यालय, अख्तियार लगायतका निकायमा समेत उजरी दिइएको उनले बताइन ।

डम्पिङ्गमै गैरकानुनि रुपमा पेट्रोल पम्प समेत संचालन गरिएको छ। डम्पिङ्ग ढुङ्गा लिएर आउने सवारीका कारण बिद्यालय पुग्न र बिद्यालयमा पढन पाठन गर्न समस्यामा परेको बिद्यालयका बिद्यार्थी, शिक्षक र स्थानियको गुनासो छ ।

सो बाटोमा १२ चक्क गाडी हिडदा बाटो ध्वस्त बनेको छ । यस्तै धुलोले गर्दा हिडन र घरमा बस्न समेत मुस्लिक हुने गरेको छ । सामुदायिक वनको जग्गा ओगटेर ढुङ्गाको डम्पिङ्ग गरेको बिषयमा आफुले सो ढुङ्गाको डम्पिङ्ग हटाउन पटक पटक प्रयास गरे पनि जनप्रतिनिधीको सहयोग नपाएको सुर्योदय सामुदायिक वनका अध्यक्ष पदम बहादुर क्षेत्रीले बताए ।

वडा अध्यक्ष तिलक बस्नेतले सो निर्माण कम्पनीले निजी जग्गा भाडामा लिएर डम्प गरेको बताए । आफुले डम्प हटाउन पहल गरेका तर सफल हुन नसकेको उनले दाबी गरे । उता मेयर केशव कुमार श्रेष्ठले स्थानीयबासीको माग अनुसार आफुले सो डम्प हटाउन वडालाई निर्देशन दिएको बताए ।सो डम्पको निग्रानी हटौडाका नेता ईन्द्र बानियाका भतिजा संजय भन्ने बलराम बानियाले गदैै आएका छन । राजनीतिक पहुचले गर्दा उनको यो डम्प हटाउन अझै सम्म कसैले आट नगरेको स्थानीय बताउछन ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज