लोकतन्त्रलाई अनुशासित, लोककल्याणकारी र सुशासित बनाउन नागरिकसचेत हुन आवश्यक ठानिन्छ । सचेत समाजका लागि नागरिक शिक्षाको विषयवस्तुको ज्ञान आवश्यक हुन्छ । नागरिक शिक्षाले व्यक्ति र समाजलाई सचेत बनाउँछ । यसले व्यक्ति, समाज, राज्य र यसका संयन्त्रहरूलाई अधिकार र कर्तव्यको बोध गराउँछ । जिम्मेवार बनाउँछ । अहिले नेपाली समाजमा अधिकारका धेरै कुरा उठ्ने गरेका छन् । कर्तव्य ओझेलमा परेको अवस्था छ । अधिकारको कुरा गर्दा कर्तव्यको पालना पनि गर्नुपर्छ भन्ने चेतना न त समाजमा देखिन्छ । न त राज्य र यसका संयन्त्रको अभ्यासमा नै । यसरी हेर्दा समाजमा अधिकारउन्मुख राजनीतिक चेतनाको स्तरमा बढोत्तरी भए तापनि नागरिक शिक्षा स्तर कमजोर देखिन्छ ।
शिक्षाविद् स्मिथले नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्ने ज्ञानको स्रोत हो, भनेका छन् । यसको अर्थ नागरिक शिक्षाले व्यक्ति एवं समाजलाई आत्मकेन्द्रित चिन्तनबाट बाहिर निस्केर सामाजिक हितमा कार्य गर्न सहयोग गर्छ भन्ने हो । नागरिक शिक्षा प्रजातान्त्रिक आचरण निर्माणको माध्यम हो । प्रजातन्त्रिक आचरण भएको व्यक्ति र समाजले आप्mनो र अरूको हक, अधिकार र कर्तव्यलाई बुझेर ततअनुरूपको व्यवहार गर्छ । ंप्रजातान्त्रिक विचारको अभावमा मै खाऊँ मै लगाऊँ, सुख सयल वा मोज म गरुँ, मै बाचूँ मै नाचूँ अरू सब मरुन् दुर्बलहरू भन्ने स्वार्थी व्यवहारले प्रसय पाउँछ । आप्mनो मात्र दुनो सोभ्mयाउने चिन्तन र व्यवहारको अन्त्य गरी उद्धार भावनाको विकास गर्न नागरिक शिक्षाको ज्ञान आवश्यक पर्छ । यसले सबैको हित गर्ने उदार व्यवहार निर्माणमा सहयोग गर्छ । समाजका हरेक व्यक्तिमा सामूहिक हित र नीतिअनुसार काम गर्ने क्षमता एवं आचरण भएमा गाउँगाउँमा लोकतन्त्रको अभ्यास हुन सक्छ । समाज सभ्य, कर्तव्यनिष्ठ तथा लोककल्याणकारी बन्न सक्छ ।
नागरिक शिक्षाको विषयवस्तुको ज्ञानले समाजलाई राष्ट्रिय भावनामा बाँध्न सहयोग गर्छ । राष्ट्रिय भावनासँग देशको माटो, समाज, संस्कृति, इतिहास, धर्म, राष्ट्रिय गीत, राष्ट्रिय झन्डा, समाजिक एकता, सद्भाव, सहिष्णुतालगायतका कुरा प्रगाढ रूपमा जोडिएका हुन्छन् । राष्ट्रिय भावना देशको भूगोलसँगको साइनो मात्र होइन, भूगोलभित्रको विविधतासँगको गहिरो नाता पनि हो । यो नाताको गहिरो बोध भएको व्यक्तिमा देश भक्तिको भावना जागृत हुन्छ । एउटा सच्चा देशभक्ति सपुत मात्र जन्मभूमिको सेवामा समर्पित हुन सक्छ । समाजको हितका लागि व्यक्तिगत स्वार्थ त्याग्न सक्दछ । कुनै जातीय, धार्मिक, साम्प्रदायिक वा राजनितिक आस्थाभन्दा माथि हुन्छ भन्ने कुरा बुभ्mन सक्छ । सबै विचारभन्दा माथि देश हुन्छ भन्ने भावनाले निर्देशित हुन सक्छ । त्यसैले नागरिक शिक्षाको प्रशिक्षण आवश्यक हुन्छ ।
देश सबैभन्दा माथि हुन्छ भन्ने चेतना नेपाली समाजमा कमजोर हुँदै गएको छ
लोकतन्त्रको आन्तरिक जग सचेत समाज हो । सचेत समाज भएका देशहरूमा राज्य पनि जिम्मेवार भएको पाइन्छ । समाजका हरेक ठाउँमा संलग्न व्यक्ति तथा व्यक्तित्व पनि समाजकै सदस्य हुने भएकाले उसले प्राप्त गरेको शिक्षाको आधारमा व्यक्तित्व तथा आचरणको निर्माण गरेको हुन्छ । राज्यका संयन्त्रमा सेवा दिने जनशक्ति पनि समाजका उत्पादन हुन् । देशका शैक्षिक संस्थाहरूबाट डिग्री हासिल गरेका व्यक्तिहरू हुन्छन् । हाम्रो वर्तमान शिक्षा प्रणालीमा नागरिक शिक्षाको विषयवस्तुको अभाव छ । यस अर्थमा देशको शिक्षित जनशक्तिमा पनि नागरिक शिक्षाको ज्ञानको अभाव छ । समाजमा भ्रष्टाचार, अनियमिता व्याप्त छ । बडो दुःखका साथ भन्नुपर्छ कि देश पढेलेखेका टाठाबाठा, सुकिला, मुकिलाबाट नै देश प्रताडित भइरहेको छ । सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसकेको अवस्था छ । शिक्षा, स्वास्थ्य, राजनिति, प्रशासन, पत्रकारिता, न्यायालयलगायत हरेक क्षेत्रको गुणस्तरीय एवं निष्पक्षता’bout अनेकन प्रश्न उठेको अवस्था छ । यस दृष्किोणबाट हेर्दा राज्यले विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पाठ्यव्रmम र पाठ्यपुस्तकमा नागरिक शिक्षाको विषयवस्तु समावेश गर्न आवश्यक देखिन्छ । यसको साथै शिक्षाबाट वञ्चित समूहका लागि हरेक स्थनीय तहमा नागरिक शिक्षाका तालिम आवश्यक ठानिन्छ ।
अहिले नेपाली समाज लोकतान्त्रिक शासन व्यवस्थामा अगाडि बढिरहेको छ । नेपालको संविधान २०७२ ले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा स्विकारेको छ । हरेक व्यक्तिले बोल्न पाउने, लेख्न पाउने, आफ्ना विचार अभिव्यक्त गर्न पाउने अधिकारको उपयोग गरिरहेका छन् । तर, स्वतन्त्रताको उपयोग गर्दा सामाजिक दायित्व र कर्तव्यको हेक्का हुनपर्छ । अहिले समाजमा भ्रष्टाचार, अनियमिता, ठगी, तस्करीजस्ता अमर्यादित कार्य व्याप्त छन् । त्यसैले व्यक्ति, समाज र राज्यलाई जिम्मेवार, इमानदार एवं उत्तरदायी बनाउन नागरिक शिक्षाको ज्ञान चाहिन्छ ।
नागरिक शिक्षाले हरेक व्यक्तिमा देशप्रतिको माया, इतिहासको गौरवको अनुभूति, सार्वभौमिकताको रक्षा, राष्ट्रिय भावनाको जागरण, स्वदेशीपनको भावनात्मक विकास गराउनुका साथ राष्ट्रिय एकता र सामाजिक सद्भावको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ । लोकतन्त्र र नागरिक शिक्षा एक अर्काका परिपूरक हुन् । समाज सुसूचित नभएसम्म लोकतन्त्रको विकास हुन सक्दैन । लोकतन्त्रको अभ्यास जीवनमा अनुभूति गर्न आमजनतामा यसका मूल्य र मान्यतालाई पालना गर्नुपर्छ । व्यक्तिव्यक्ति मिलेर समाजको निर्माण हुने भएकाले समाजका हरेक व्यक्ति अनुशासित, सहिष्णु, लोकतान्त्रिक तथा कर्तव्यनिष्ठ हुन सकेमा सभ्य समाजको निर्माण हुन सक्छ । यसर्थ सभ्य समाज निर्माण गर्न नागरिक शिक्षाको खाँचो हुन्छ ।
नागरिक शिक्षाको एउटा महत्वपूर्ण पाटो राष्ट्रिय चेतनाको विकास गर्नु हो । वर्तमान समाजमा युवापुस्तामा स्वदेशको मायाभन्दा विदेशको आकर्षण बढी देखिन्छ । बौद्धिक पलायन व्याप्त छ । समाजमा युवा भेटिन छाडिसकेको अवस्था छ । लाखौंको संख्यामा नेपाली बिदेसिएका छन् । देश निर्माणको उर्वरशक्ति युवापुस्ता युरोप, अमेरिका, जापान, अस्ट्रेलियालगायतका विकसित देशमा श्रम गरिरहेका छन् । आपूmले काम गर्ने देशमा पीआर वा ग्रिनकार्ड प्राप्त गर्नुलाई जीवनको सफलता सम्झने गरेको पाइन्छ । नाट्यसम्राट बालकृष्ण समले देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि भनेझैं आपूm जन्म हुर्केको देशलाई छाडेर युवा बिदेसिनुले देशभक्तिको भावना कमजोर बन्दै गएको त होइन ? भन्ने सवाल पनि जबर्जस्ती उठ्ने गरेको छ ।
त्यसो त युवा बिदेसिनुको पछाडि रोजगारीको अभाव मुख्य रूपमा रहेको देखिन्छ । राष्ट्रिय भावनाले मात्र जीवन चल्न नसक्ने भएकाले युवापुस्तामा जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसीको भावना कमजोर भएको हो भन्ने दृष्टिकोण पनि छ । तथापि, युवापुस्तामा देशप्रेमको भावना जगाउन नागरिक शिक्षालाई मर्मको प्रवाह आवश्यक ठानिन्छ । शिक्षित जनशक्तिले स्वदेशमा नै रोजगारीका अवसर खोज्ने, रोज्ने र टिकाउने कर्ममा सकारात्मक एवं आशावादी बन्न जरुरी छ । राज्यले युवालाई आफ्नो गाउँ आफैं बनाऔं भन्ने अभियानमा योजना र आयआर्जनका क्रियाकलापसहित संलग्न गराउनुपर्छ । अबको विकसित नेपाल, युवाहरूको मिहेनत र पसिनाबिना सम्भव छैन । अवसरको अभावले बरालिएको युवापुँजी भरपर्दो आयआर्जनका काममा लगाएर मुलुकलाई विकासको मार्गमा अगाडि बढाउनु ठूलो चनौती बनेको छ ।
नागरिक शिक्षा देशको माटो, समाज, संस्कृति, इतिहास, धर्म, राष्ट्रिय गीत, राष्ट्रिय झन्डा, समाजिक एकता, सद्भाव, सहिष्णुतासँग प्रगाढ रूपमा जोडिनुपर्छ
विश्व इतिहासको सेरोफेरो अध्ययन गर्दा आजका विकसित राष्ट्रहरूले दक्ष, अनुशासित एवं कर्मशील नागरिकको पुँजी विकास निर्माणमा लगाउन सकेकाले विकसित भएका हुन् । समाजमा रहेका हरेक तह र तक्काका मानिसहरूलाई एकजुट भएर देश निर्माणमा लागेकाले विकास सम्भव भएको हो । यसका लागि हरेक मानिसमा राष्ट्रिय भावनाको विकास आवश्यक ठानिन्छ । राष्ट्रिय भावनाको लहर जनजनमा पुराउन, नागरिक शिक्षा भरपर्दो माध्यम हो ।
हाम्रो देशको सन्दर्भमा जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । बौद्घिक, प्राज्ञ, कर्मचारी, नागरिक समाज दलीय आस्थामा विभाजित छांै । यस्तो सामाजिक मनोविज्ञान र अभ्यास हुनु भविष्यको शुभ संकेत होइन । हामी सबै नेपाली हौं भने किन विभाजित छौं ? समाजमा देश सबैभन्दा माथि हुन्छ, भन्ने चेतना कमजोर भएकाले यसो भएको हो । त्यसैले राज्यले एकातिर नागरिक शिक्षालाई औपचारिक शिक्षा प्रणालीमा समावेश गर्नुपर्छ भने अर्कोतिर अनौपचारिक रूपमा हरेक स्थानीय तहमा अनौपचारिक नागरिक शिक्षाका तालिम अभियानका रूपमा सञ्चालन गर्नुपर्छ । यसो हुन सकेमा समाज सचेत, जागरुक, कर्तव्यनिष्ठ तथा मातृभमिको सेवामा लाग्नसक्छन् । विदेश पलायनमा कमी आउँछ । समाजमा साझा भावनाको विकास हुन्छ । व्यक्ति वा दलगत स्वार्थका लागि देशलाई बाधा पु¥याउने हरेक राजनीतिक दर्शन, विचार र अभ्यासलाई जनताले निस्तेज पार्न सक्ने क्षमता राख्न सक्छन् । त्यसैले सुशासन, लोकतान्त्रिक अभ्यास, देश प्रेम एवं विकास निर्माणको कार्यमा एकुजट भएर काम गर्ने इच्छाशक्ति र अभ्यास गर्न नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन आउँछ ।






