बिद्यार्थी बेहोस, विद्यालय बन्द

कालिकोट । महाबै गाउँपालिका–४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि पाँच दिनका लागि विद्यालय बिदा गरिएको छ ।

कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षीका सिता शाहीले बताइन ।

सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेका थिए । त्यसपछि विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको शिक्षिका शाहीले बताइन ।

उनका अनुसार १० देखि १४ वर्ष उमेर समूहका बालबालिका बेहोस भएका हुन् । विद्यालयनजिकैको खोलामा पौडी खेलेर आएका विद्यार्थी कक्षाकोठामा पुगेपछि बेहोस भएको उनको भनाइ छ । पादमघाट महाबैको अत्याधिक गर्मी हुने ठाउँ हो ।

केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधाभूरत अस्तापल पठाइएकोे बताइन ।

गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले बताए । ‘जटिल समस्या होइन,’ उनले भने, ‘सुख्खापना देखिन्छ, स्लाइन दिएपछि सबैलाई ठीक भएको छ ।’

यस विषयमा स्वास्थ्य सेवा कार्यालय कालिकोट लाई वुझ्दा गर्मिको समएमा देखिने मास हिस्टेरिया भएको जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक महतले बताए । यो गर्मि समयमा देखिने रोग हो ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा