तुलसीपुर बसपार्कमा दैनिक तनाव

तुलसीपुर । दाङको तुलसीपुरमा रहेका तीनवटा यातायात प्रालिकाबीचमा भएको कार्यगत एकता भङ्ग भएको छ । करिब साढे २ वर्ष पहिल्य तुलसीपुर–नेपालगञ्ज रुढका लागि राप्ती त्रिशिद्देश्वरी यातायात प्रालि, तुलसीपुर यातायात प्रालि र अम्बिकेश्वरी यातायात प्रालिकाबीचमा आलोपालो सवारी चलाउने सहमति भएको थियो । सहमति विपरित राप्तीले जेठ ६ गतेदेखि रा१ज९३५ नम्बरको नयाँ इलेक्ट्रीक गाडीलाई नेपालजञ्ज रुढमा संचालनमा ल्याएपछि तीनवटा प्रालिका बिचमा वसपार्क क्षेत्रमा दैनिक विवाद हुँदै आइरहेको छ ।

२०७९ चैत्र ९ गते बसेको राप्ती, अम्बिकेश्वरी र तुलसीपुर यातायात प्रालिको संयुक्त बैठकले तत्तकालका लागि रा१ज९३३ नम्बरको गाडीलाई तुलसीपुर नेपालगञ्ज रुढमा संचालन गर्ने र अब आउने गाडीलाई अन्यत्र रुढमा संचालन गर्ने सहमति भएको थियो । सहमति पत्रमा तीन वटा समितिका अध्यक्ष त्रय सुरेश हमाल, पवन बुढाथोकी र घनश्याम बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रहरी प्रशासनको बलमा राप्तीले सहमति उलंघन गरेको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले बताउनुभयो । आफ्नो प्रालिमा दर्ता भएको गाडीलाई नेपालगञ्ज रुढमा चल्न नदिएको राप्तीले त्यही गाडी राप्तीमा दर्ता गर्ने वित्तिकै संचालनमा ल्याएको अध्यक्ष बुढाथोकीको भनाई छ । यता अम्बिकेश्वरी याताया प्रालिका सचिव कुल प्रसाद राजौरे श्रवणले विगतमा गरेका सहमतिलाई स्मरण गर्न राप्तीलाई आग्रह गर्नुभएको छ । सहमति विपरित अघि बढ्दा यातायात व्यवसायी र मजदुर वर्ग नै मारमा पर्ने भएकाले गम्भिर बन्न श्रवणले आग्रह गर्नु भएको छ । यता राप्ती त्रिशिद्देश्वरी यातायात प्रालिका कल्याणकारी सचिव प्रकाश भट्टले तुलसीपुर र अम्बिकेश्वरी यातायात प्रालिको सिण्डीकेटका विरुद्धको आफ्नो अभियान भएको बताउनुभयो ।

बसपार्क क्षेत्र दैनिक तनाव ग्रस्त
तुलसीपुको बसपार्क क्षेत्र दैनिक तनाबपूर्ण बन्दै आएको छ । यात्रुलाई गाडीमा राख्ने विषयमा छुट्टा छुट्टै यातायात प्रालिका मजदुरहरु बिच हानहान हुने गरेको बस पार्क प्रहरी बिटका इन्चार्ज सन्तोष आचार्यले बताउनुभयो ।

नेपालगञ्जका लागि एउटै समयमा ३÷४ वटा गाडी लाइनमा लागेपछि यात्रु राख्ने क्रममा दैनिक जसो तानातान र हानाहानका घटनहरु हुँदै आएको प्रहरीले बताएको छ । यो क्रम बिहान पाँच बजेदेखि दिउँसो १२ बजेसम्म हुने गरेको छ । १२ बजेपछि नेपालगञ्जका गाडीहरु छुट्ने भएकाले दिनभरी भने शान्त हुने गरेको छ । प्रालिहरुबीच एकता नहुँदा चारजना प्रहरीलाई थाम्न धौधौ पर्ने गरेको प्रहरी इन्चार्ज आचार्यले बताउनुभयो ।

पहिला कसरी छुट्थे नेपालगञ्जका लागि गाडी ?
तीनवटा समितिको कार्यगत एकता हुँदा आलोपालो अनुसार साना गाडी १०÷१० मिनेट र ठूला गाडी १५÷१५ मिनेटमा तुलसीपुरबाट नेपालगंजका लागि छुट्दै आएका थिए । पालो अुनसार तीनवटा समितिका ३२ गाडी छुटने गरेका थिए । अहिले राप्तीका १२ र अन्य दुईवटा समितिका २८ गाडी छुटने गरेका छन् ।

यात्रुलाई सास्ती
यातायात प्रालिहरुका बीचमा एकता नहुँदा त्यसको सास्ती यात्रुहरुले भोग्दै आएका छन् । बसपार्कमा यात्रु ढुकेर बसेका चालक र सहचालकले नेपालगञ्ज जाने यात्रुलाई तानातान गर्दा उनिहरुले सास्ती खेप्नु परेको हो । एउटै ग्रुपमा गन्तव्यमा हिडेका यात्रुलाई हुरुरुरु छोप्न जाने चालक र सहचालकले तानेर आ–आफ्नो गाडीमा जबरजस्ती राख्दा यात्रुको बिचल्ली हुने गरेको छ । यो क्रम बिहान ५ बजेदेखि निरन्तर दिउँसो १२ बजेसम्म चलिरहन्छ । सवारी चालकको मनलाग्दी कामका कारण झोला एक ठाउँ, यात्रु अर्को ठाउँ र श्रीमती एउटा गाडीमा र श्रीमान अर्को गाडीमा चढ्ने बाध्यता सृजना हुँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार