‘ओहो ! अहिले पनि पोल्छ’


जलनको उपचारपछि फर्किएका चन्द्र भण्डारीकाे अनुभूति


म सम्झन्छु । जलन एकदमै पीडादायक छ । यसको उपचार एकदमै खर्चिलो पनि रहेछ । मेरो उपचारमा नै १ करोड लगभग खर्च भयो, समान्य मान्छेले यसको औषधि उपचार गर्न गाह्रो रहेछ । जुन मैले अहिले आफैंलाई परेपछि देखे, भोगें । भलै मलाई सबैले सहयोग गर्नुभएको छ । मैले भनें सरकारले दिने सहयोग मलाई पर्दैन, अस्पताल बनाउनेतर्फ लगाऊँ । क्यान्सरका बिरामी, मिर्गाैलाका बिरामीलाई सरकारले गर्ने सहयोग जस्तै जलनमा परेकालाई पनि सरकारले सहयोग गरे धेरै सहज हुन्छ । तेस्रो कुरा प्राथमिक तहमा पनि अब पढाइ सुरु गरौं । चौथो कानुन बनाएरै स्वचालित रेगुलेटरको प्रयोगमा कडाइ गरौं । बिमाको व्यवस्था गरौं, ग्याँस कम्पनीलाई पनि क्षतिपूर्ति भराउनै पर्ने कानुन बनाऊँ, कुनै न कुनै रूपले कडाइ नगरे हुँदैन । मैले प्रधानमन्त्रीसँग पनि यो विषय उठाइसकेको छु । राजनीतिक दलका नेतासँग पनि उपचारबाट फर्किएर आएपछि नै यो विषयमा छलफल गरेको छु । सदनमा पनि भनें ।

ओहो । जलन अत्यन्तै पीडादायक छ, अरू रोग जस्तो होइन नि । अहिले पनि पोल्छ । म अहिलेसम्म छटपटाउँछु, बोल्दाबोल्दै ज-याक्जुरुक्क उठ्छु, चिरचिर हुन्छ । सदनमा १५÷१६ मिनेट बोलेंछु । मलाई त नेपालबाट अन्यत्र उपचारमा जानै मन थिएन, म जान्न पनि भनेको थिएँ, पछि प्रधानमन्त्रीजी अस्पताल जानुभयो, शेरबहादुर जी, शेखर डाक्टरसापहरू सबै जना जानु भयो, कसैले भनेको पनि नमानेपछि उपचार गरिरहँदा कीर्तिपुर बर्न अस्पतारका डा. शंकरमान राईले ‘तपाइँ बाँच्नुपर्छ भनेर सम्झाउनुभयो । ‘तपाइँ एक्लो व्यक्ति होइन, जनताको यत्रो सुभेच्छा छ, कसैले पार्टी भनेका छैनन्, जनताको स्नेह तपाइँप्रति छ, तपाइँ बाच्नुपर्छ, तपाइँ जानुस्’ भनेपछि गएँ ।
नेपालमा जलनको उपचार गर्ने डाक्टर रहेछन्, तर राम्रो पूर्वाधारसहितको अस्पताल नै रहेनछ । कीर्तिपुर बर्न अस्पताल र साँखुमा रहेको बर्न अस्पतालले अलिअलि थामेको रहेछ । ट्रमा सेन्टर बनेको छ, हड्डीको उपचार हुन्छ, गंगालालमा मुटुको उपचार हुन्छ, मिर्गाैलाको उपचार हुने अस्पताल भक्तपुरमा छ । क्यान्सर अस्पताल बनेको छ, अस्पतालमा गलत भइरहेको छ भने कहाँबाट कन्ट्रोल गर्ने त्यता लाग्नुपर्छ ।

हाम्रा डाक्टर, हाम्रा फिजियोथेरापिस्ट, हाम्रा जनशक्ति अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने छन् तर उपकरण छैन । हाम्रो क्लाइमेट, बिरामीलाई छिटो निको गराउन सहयोगी छ ।


भारतमा उपचार गरिरहँदा पनि मलाई त कति बेला नेपाल पुग्नुजस्तो भयो । ड्रेसिङ गरिरहनु पर्ने, पीडा हुने, खोल्दा रगत आउँथ्यो । बाँच्छ कसैले नभन्ने, उपचार गरिरहेकै डाक्टरले पनि बाँच्छ नभन्ने, केही पनि गर्न पाइँन भन्ने पीडा भइरह्यो । मलाई आफैं पीडा, आमा’bout पनि मलाई उत्तिकै चिन्ता थियो । मलाई कसैले आमाको अवस्था’bout नभन्ने, आमासँग बोल्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । ओहो ८८ वर्षकी आमाले के गर्नुभयो होला ?, मभन्दा बढी जल्नु भएको थियो । कति पीडा भयो होला ?, सम्झिरहें । मसँग बोल्न पाए आमाको प्राण राम्रोसँग जान्थ्यो कि भन्ने पनि लागिरह्यो । आमालाई पनि उतै उपचारमा लिएर जान पाए हुन्थ्यो जस्तो भएको थियो । आमा उत्तिबेलै बित्नु भएछ, मलाई दुई महिनापछि थाहा भयो । योभन्दा ठूलो पीडा के हुन्छ र मान्छेलाई । हरेक नेपालीका आमाहरू यसरी नै मरिरहेछन् । संयोगले त्यो मलाई प¥यो कति आमा त्यसरी नै मरिरहेका छन् ।

मलाई परेकै कारण मैले सदनमा भन्न पाएँ, संसारलाई सुनाउन पाएँ । अब संसारभरिबाट नेपाललाई जलनको उपचारमा सहयोग गर भन्न पाउने भएँ । महाभारतको युद्ध नभएको भए गीता कहाँबाट आउँथ्यो र ?, माओवादी युद्ध नभएको भए समानुपातिक, समावेशी प्रतिनिधित्वका कुरा कहाँबाट आउँथ्यो र ?, हँुदैन थियो नि, भलै यसका डिमेरिटहरू होलान् । जलन पनि हो मलाई पर्यो र न मैले संसदमा उठाउन पाएँ, भोलि हस्पिटल त बनाउनुप-यो नि । हेर्नुस् त, नीति तथा कार्यक्रममा जलनको उपचारको नाम नै छैन । देशभरमा वर्षमा ६०÷७० हजार व्यक्ति जलनका घटनाबाट पीडीत भइरहेका छन् । कति दुःखको कुरा हो । जनताको दुःख नदेख्ने काम हुनु हुँदैन । मैले आवाज त उठाउन पाएँ, सरकारले गरेन भने सबैले मिलेर आफ्नो आमाबुबाको नाममा पैसा जम्मा गरेर भए पनि अब जलनको उपचारका लागि सबै सुविधा भएको अस्पताल बनाउँनैपर्छ । म आह्वान गर्नेवाला छु । सरकारलाई पनि हेरौं, कुरौं ।

मलाई सबैले सद्भाव देखाउनु भयो । सामान्य जनताले पनि मेरो स्वास्थ्यका लागि प्रार्थना गर्नु भयो । कसैलाई पनि नभनिकन नै विदेशमा हुने नेपालीले पनि पैसा उठाएर पठाइदिनुभयो । नेपालभित्रैका साथीले पनि सहयोग गर्नुभयो । जनता, डाक्टर, सञ्चारकर्मी तथा सबै शुभचिन्तकले मलाई माया गर्नुभयो, मैले राज्यबाट औषधि खर्च लिएको भए उहाँहरूको अपमान हुन्थ्यो । मैले मलाई सरकारले दिने सहयोग हस्पिटल बनाउन लगाऔं भनेको छु । ‘आईएम सो प्राउड’, मलाई एकदमै खुसी लागेको छ । मेरो जीवनमा मैले धेरै राजनीति गरें । मैले सत्ता र पदको अवसर मैले कहिले पनि प्राप्त गरिन, तर अहिले मलाई जुन सद्भाव प्राप्त भएको छ, त्यो नै मेरो जीवनको गौरव हो भन्ने महसुस गर्न पाएको छु र मैले आफूले अत्यन्तै कठिन महसुस पनि गरेको छु । यो सम्मान, यो माया, यो प्रेम यो स्नेहलाई मैले कसरी सम्हालेर राख्ने ?, यसलाई कसरी आँच आउन नदिने भन्ने मलाई अहिले लागिरहेको छ ।

म जलनमा पर्दै गर्दा सदनमा सबैले रेस्पेक्ट गर्नुभयो, कुनै पार्टी भनिएन, माया गर्नुभयो । अस्ति संसदमा मैले बोल्दै गर्दा पनि प्रधानमन्त्री आफैं आउनु भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओली आफैं आउनु भएको थियो । रवि लामिछानेजीहरू सबै आएर सुन्नुभयो । उहाँहरूले सामाजिक संजालमा आफ्ना धारणा लेख्नुभएको पनि मैले हेरेको छु । मेरो स्वास्थ्यमा चिन्ता लिन कसैले पनि बाँकी राख्नुभएन । मेरो उपचारमा कुनै कमी नहोस् भन्ने सबैलाई थियो । सञ्चार माध्यमले पनि मप्रति सद्भाव देखाउनुभयो । मप्रति कतैबाट रियाक्ट भएन । मलाई सबैले बचाउनुपर्छ भन्नुभयो । मप्रति कति पोजेटिभ भाइब्रेट भयो यो देश, ‘आइएम प्राउड ।’ म राष्ट्रले गरेको कुराका लागि त गुन तिर्न सक्छु । शुभचिन्तक साथीहरूले लगाउनुभएको ऋण म यो जुनीमा तिर्न सक्दिनँ ।

मलाई केही थाहा थिएन । जब उपचारपछि भारतबाट यहाँ आएँ धेरै कुरा थाहा भयो । सोसल मिडाहरू हेरें । भारतमा नै छँदा बोधराज जी मेरो एसिस्टेन्ट त्यहाँ आउनु भयो, उहाँले त्यसबेला ब्रिफ गर्नु भयो, आहो ! कीर्तिपुरको त्यो भीड, सोसल मिडियोदेखि राष्ट्रिय सञ्चार माध्यमको साथ, युट्युबमा त्यही रहेछ । अहिले पनि म सोसल मिडिया हेर्छु । म अहिले पनि सोसल मिडियामा याक्टिभ छु । अहिले म मानसिकरूपमा सक्रिय छु ।

मैले भारतमा नै रहँदा यहाँ कोठा खोज्नु भनेर साथीलाई भनें । कम्पाउन्ड भएको, बिहानमा हिंड्न मिल्ने, घाममा हिंड्न देखिनु हुँदैन, खोज्दिनु भनेर मैले भनें । मेरा लागि बस्न घर त पाइयो, तर केही ठाउँमा यस्तो भयो कि घर दिएका साथीले पनि पछि क्यान्सिल गरे । यो आउने बित्तिकै बम हान्दिन्छन्, यसलाई बम हानेका हुन्, आमालाई पनि मार्दिए, यसलाई पनि मार्दिन्छन् भन्ने लागेछ । केही ठाउँमा धेरै भीड हुन्छ भनेर पनि दिएनन् । मलाई हस्पिटलको नजिकै बस्नुपर्ने थियो । अहिले गुल्मीकै साथीको घर पाएर यहीं पुरानो बानेश्वरमा बसेको छु


म बिहान साढे पाँच बजे उठेर समाचार सुनिहाल्छु । पढ्न चाहिँ सकेको छैन, गाह्रो हुन्छ । पत्रपत्रिकामा आएका समाचारका हेडलाइन सुन्छु । त्यपछि नुहाइधुवाइ गर्छु । त्यसपछि थोरै प्रोटिन बढी हुने फलफुल खान्छु । त्यसपछि दुई घण्टा फिजियोथेरापी गर्छु । फिजियो गरेपछि एकदमै चिलाउछ, उफ्रन्छु । साथीहरू भेटघाटमा आउनु भएको हुन्छ, भेट्छु, भेट्दा हिंडेरै भेट्छु । बेलाबेला अहो जलन हुन्छ नि, थाकेको हुन्छु । एक छिन् सुत्छु, उठेपछि थोरै खाना खान्छु । फेरी कन्टिन्यु साथीसँग भेटघाट गर्छु । सबैसित बोल्छु, बोल्न एकदम मन लाग्छ (हाँस्दै) । दिउँसो फेरि घरमा नै फिजियोथेरापी गराउन डाक्टर आउनुहुन्छ । साँझमा हामी आफैं फेरि फिजियोथेरापी गर्छौ । दिनमा तीनपटक फिजियो थेरापी गर्नु पर्छ । राति क्रिकेट हेर्छु । राति १ जजेसम्म निद्रा लाग्दैन, चिलाउँछ, चरकचरक गर्छ, दुख्छ, निद्रै लाग्दैन, अहो त्यो जलन । सारै पीडादायी हुनेरहेछ । जतिदुखे पनि म कुराकानी गर्छु, कति कति बेला तनाब पनि हुन्छ, त्यसबेला घरका मान्छेलाई गाली गर्छु, अरूलाई गाली गर्न मिलेन, ‘धत्’ । के गर्नु ? कहीं त पोख्नुप¥यो नि हैन ? औषधि एकदमै कम छ । अहिले पनि नरिवलको तेल लगाउँछु । अहिले पनि दाहिने हातमाथि जाँदैन, सबै ठाउँमा छाला पलाइसकेको छैन । चिलाउँछ, सबै छाला पलाउन अझै एक डेढ महिना लाग्ला । दाहिने हातलाई दुईपटक शल्यक्रिया गरेकाले ६ महिना थेरापी गरेर राम्रोसँग चल्नसक्ने बनाउनु छ ।

भारतबाट फर्किएपछि त म एकदमै भावुक भए नि ! भगवानले पुनर्जन्म दिनुभयो र सबैसँग भेट्न पाइयो । अब यो मुलुकलाई केही गर्नुपर्छ भन्ने मलाई लागेको छ । मलाई सदनमा घरबाट जानुहुँदैन भन्दै थिए, किन नजाने ?, म बोल्छु जान्छु भनेर गएँ नि । पाँच मिनेट बोल्न सक्नु हुन्छ भनेर सोधे, सक्छु भनेर गएँ, सभामुखले अनलिमिटेड समय राख्दिनु भएको रहेछ, थाहा भएन, समय सकिन लाग्यो होला भनेर १५÷१६ मिनेट बोलें, थाहा भएन, अझै दुई÷तीनवटा कुरा छुट्यो । मैले पहिले नै भनें नि, यो देशको गुन त मेरो जीवनमा मैले तिर्न सक्छु, तर शुभेच्छुकको ऋण मैले तिर्न सक्दिनँ । राष्ट्रका निम्ति त एउटा अवसर पाउने बित्तिकै तिर्न सकिन्छ ।

अझै पनि म राजनीतिमा नै रहन्छु । जुन समय मैले मुलुकलाई दिने हो दिन्छु । नेपालका हरेक दललाई सुधार्नुपर्छ । जुन तरिकाले अहिले मुलुक चलिरहेको छ, यसरी हुँदैन । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्नै पर्छ । त्यहीअनुसार अघि बढ्नुपर्ने छ ।

मैले भारतमा नै रहँदा यहाँ कोठा खोज्नु भनेर साथीलाई भनें । कम्पाउन्ड भएको, बिहानमा हिड्न मिल्ने, घाममा हिंड्न देखिनु हुँदैन, खोज्दिनु भनेर मैले भनें । मेरा लागि बस्न घर त पाइयो, तर केही ठाउँमा यस्तो भयो कि घर दिएका साथीले पनि पछि क्यान्सिल गरे । यो आउने बित्तिकै बम हान्दिन्छन्, यसलाई बम हानेका हुन्, आमालाई पनि मार्दिए, यसलाई पनि मार्दिन्छन् भन्ने लागेछ । केही ठाउँमा धेरै भीड हुन्छ भनेर पनि दिएनन् । मलाई हस्पिटलको नजिकै बस्नुपर्ने थियो । अहिले गुल्मीकै साथीको घर पाएर यहीं पुरानो बानेश्वरमा बसेको छु । हेनुस् यत्रो माया छ सद्भाव छ मप्रति देशको । तर, पनि केही केहीको सोचाइ फरक छ ।

जलन भन्ने कुरा अत्यन्तै पीडादायी रहेछ । यसको उपचार अत्यन्तै कम ठाउँमा छ । नेपालमा जलनको विशेष उपचार कीर्तिपुर र साँखुमा हुने रहेछ । गाउँका व्यक्ति धेरैजसो जलनमा पर्छन् । उनीहरूलाई काठमाडौं ल्याउँदासम्म अत्यन्तै धेरै पानी चाहिन्छ, केके ट्रिटमेन्ट गरेर काठमाडौंसम्म ल्याउने भन्ने जनरल नलेज हामीसँग छैन ।


अझै पनि छालाहरू रिकभर भइसकेको छैन । जिद्धि गरेरै पनि हिड्छु । म सम्झन्छु, भारतमा उपचारको क्रममा म आइसियुमा थिएँ । हर्टको मनिटरिङ गर्ने आइसियुको मनिटर हेरें, एकाएक हर्ट धड्कनको अंक त जीरो देखायो । यसो फर्किएर तुरुक्क रोएँ । जलेको मान्छेको धड्कन त अपरझट नै जाँदो रहेछ, खानपिन गर्यो टाठो भयो भनेर हुँदो रहेनछ । त्यसै बेला त्यहाँ हुने नर्सले मुर्दा घरमा लैजाने शवलाई बेर्ने पोकोपोको पारेको कपडा मतिर फाल्दिए । म आफैंलाई चाँहि कताकता केही भएको छैन भन्ने पनि लागेको थियो, नर्सले त मर्छ अब गयो गयो पनि भने । त्यस बेला आफैंले आफैंलाई छामें । मेरो मान्छे बोलाइदेउ पनि भनें । एकै छिनपछि त्यहाँ नर्स आफैं आँसु झारेर ‘दाइ आज त बाँचियो’ भने । त्यस्तो पनि अनुभव भयो ।

यो जलनको उपचारका क्रममा हुने ड्रेसिङ पनि अर्को पीडा रहेछ । ड्रेसिङ गर्नु नै डेथ अफ ओसन रहेछ । एकातिर ड्रेसिङ, अर्कातिर फिजियोथेरापी । प्रत्येक ड्रेसिङ मृत्युलाई जितेर आउनुसरह लाग्यो, कति रोएँ रोएँ । १२ वटा त तकिया राखिएको थियो । अहिले पनि सहजसँग बस्न हुँदैन, दुवैतिर सिलिकन लाएर बसेको छु, बस्न गाह्रो, सुत्न पनि गाह्रो हुन्छ । अब फेरि मलाई फलोअपका लागि भारत जानुपर्ने छैन । यही नै राम्रो छ । विश्वमा प्रतिस्पर्धा गर्न सक्ने हाम्रा डाक्टर रहेछन् । हरेक कुरामा हामीकहाँ राम्रो छ, उपचारमा आवश्यक उपकरणको अभाव मात्र हो, अब फलोअप यहीं गराउँछु ।

(राजधानी दैनिकका वरिष्ठ संवाददाता महेश्वर गौतमले गरेको कुराकानीमा आधारित )

तपाइको प्रतिक्रिया
(Visited 739 times, 1 visits today)

epaper

ताजा समाचार

रोलिङसँग फिदिम ३–० ले स्तब्ध