लोकबाजा जगेर्नामा युवापुस्ता

मेला, महोत्सव र विवाह जस्ता समारोहमा लोकबाजाको स्वर मधुरो हुन थालेपछि बर्दियाका युवापुस्ता मौलिक बाजा हराएकोमा चिन्तित मात्रै छैनन् । बाजा संरक्षणमा चासोसमेत राख्न थालेका छन् । ठाकुरबाबा नगरपालिकाका केही युवाले लोक पञ्चेबाजा बजाउन प्रशिक्षण लिन थालेपछि नेपालको मौलिक बाजा जर्गेना हुने अपेक्षा बढेको छ ।

हाम्रा पुराना र मौलिक लोकबाजा हराउनुको साथै बजाउने मान्छेको समेत अभाव हुन थालेपछि बर्दियाका युवापुस्ताले अभियानै सुरु गरेका छन् । बाजा सिक्ने र बजाउने अभियानले केबल बर्दियाका युवालाई बाजा बजाउन पोख्त मात्रै बनाउँदैन । अन्य ठाउँका युवाहरूलाई प्रेरित पनि गर्छ ।

विवाह उत्सवलगायत अन्य कतिपय मेला महोत्सवमा गाउँदेखि सहरसम्मै आधुनिक बाजाको प्रयोग हुन थालेको छ अचेल । बेला मौकामा भाषणमा लोकबाजाको संरक्षणको कुरा गरिए पनि व्यवहारमा आधुनिक बाजा प्रयोगले मौलिक नेपाली बाजा छायाँमा पर्दै गएको छ । पञ्चे बाजामा सहनाई, नर्सिंगा, ट्याम्को दमाहा, मुजुरालगायत नौवटा बाजा प्रयोग हुन्छ । ठाउँअनुसार नेपालको मौलिकता झल्काउने बाजा पनि फरक फरक छन् ।

कुनै ठाउँमा पञ्चेबाजामा नर्सिंगा प्रयोग होला त कतै कर्नाल । जहाँ जुन किसिमका बाजा प्रयोग भए पनि मौलिक बाजाहरू ‘अल्पमत’मा परेको यथार्थ जगजाहेरै छ । मौलिक बाजा हराउँदै जानुको पहिलो कारण त बाजाप्रति युवापुस्ताको मोहभंग हुनु हो भने दोस्रो कारण अहिले पनि हाम्रो समाजमा बाजा बजाउनेलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्याख्या गर्ने प्रवृत्ति छ ।

कुनै समय एउटा मात्रै जातका मान्छेले बजाउने बाजामा अहिले सबै समुदाय सहभागी भए पनि समाजको हेराइमा अझै परिवर्तन आउन सकेको छैन । कतिपय ठाउँमा बाजा बजाउनेलाई उचित पारिश्रमिक दिए पनि केही ठाउँमा श्रमअनुसार पारिश्रमिक दिने प्रवृत्तिको विकास अझै भइसकेको छैन ।

बर्दियाका युवाले जुन अभियान सुरु गरेका छन् यसलाई केवल बाजा बजाउन सिकेको मात्रै भनेर बुझ्नु हुँदैन । मौलिक बाजा भनेको त्यो मुलुकको पहिचान हो, सम्पदा हो र संस्कृति पनि हो । कुनै पनि अस्तित्व त्यतिबेलासम्म जिवित रहन्छ जबसम्म उसको आफ्नै संस्कृति कायम हुन्छ । अहिले हाम्रो समाजमा जुन किसिमबाट सांस्कृतिक अतिक्रमण भइरहेको छ ।

कतिलाई सामान्य लाग्ला तर, भोलिका दिनमा सबैभन्दा जटिल समस्या यही नै हुने छ । तसर्थ बर्दियाका युवाको बाजा प्रशिक्षणलाई एउटा अभियानका रूपमा बुझेर अन्य भेगका युवापुस्ताले पनि आफ्नो संस्कृति जगेर्नाका लागि पहल गरे भने बर्दियाको यो अभियानले पनि सार्थकता पाउने निश्चित छ ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी