आईटीमा छुट्टै पहिचान छ दिव्यश्वरीकाे

दिव्यश्वरी दली सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि परिचित नाम हो । यस क्षेत्रमा अधिकांश उद्यमी पुरुष भए पनि उनी यस क्षेत्रमा आफ्नो छुट्टै प्रतिष्ठा बनाउन सफल छिन् । डिजिटल एज नेपालकी प्रबन्ध सञ्चालक दली सफल व्यवसायी मात्र होइनन्, महिला उद्यमी तयार गर्ने कार्यमा पनि सक्रिय छिन् । वित्तीय अपराध रोक्नका लागि उनको कम्पनीले तयार गरेको प्रोडक्ट देशका उत्कृष्टमध्ये पर्छ । डिजिटल एज नेपालको एएमएल र केवाईसी म्यानेजमेन्ट सिस्टम (सीपीएफडीएस)ले सन् २०२० मा आईसीटी प्रोडक्ट अवार्ड जित्न सफल भएको थियो । ‘ग्राहक पहिचान व्यवस्थापन, स्क्रिनिङ, ग्राहक प्रोफाइल र जालसाजी पत्ता लगाउने प्रणाली र एन्टी मनी लाउन्डरिङ डाटा प्रणालीकरण र अनलाइन लेखा समाधानहरूका लागि सफ्टवेयर विकास गरेका छौं, जसले नेपालमा सम्पत्ति शुद्धीकरण न्यूनीकरणका लागि महŒवपूर्ण योगदान पुगेको हामीले विश्वास लिएका छौं,’ दलीले भनिन् ।

सन् २०१५ मा जागिर छोड्दासम्म उनलाई कुन व्यवसायमा हात हाल्ने भन्ने दुविधा थियो । ‘म एउटा आईटी कम्पनीको कर्मचारी थिएँ, जागिर त छोडें तर के व्यवसाय गर्ने भन्ने अन्योल थियो,’ उनले भनिन्, ‘बैंक वित्तीय संस्थाले वित्तीय जानकारी इकाइलाई गर्ने रिपोर्टिङको विषय र सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्ने विषय मलाई उपयुक्त लाग्यो, यसलाई प्रविधिमार्फत सहज बनाउने निर्णय गरेर यस क्षेत्रमा होमिएँ ।’ घरबाटै सुरु गरेको कम्पनी सात वर्षभित्रै फिनटेक समाधानहरूका लागि एक विश्वसनीय साझेदारका रूपमा स्थापित हुन सफल भएको छ । उनको कम्पनीले सातवटा वाणिज्य बैंक, नौवटा विकास बैंक, १४ वटा बिमा कम्पनीलगायत थुप्रै संघसंस्थासँग साझेदारी गरेको छ । एउटा अन्तर्राष्ट्रिय बैंकलाई समेत आफ्नो प्रोडक्ट बिक्री गरेको कम्पनीले पछिल्लो समय सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने तयारी गरिरहेको छ ।

नेपालमा महिला उद्यमीको उपस्थिति क्रमशः बढ्दै गएको भए पनि महिलाको स्वामित्वमा रहेको आईटी कम्पनी भने विरलै छन् । ‘अरू व्यवसायको तुलानामा यो अलि अप्ठ्यारो पनि छ, आईटी कम्पनी चलाउन टेक्नोलोजी विकासका सीप पनि चाहिन्छ, नियमित अपडेट राखिराख्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले महिलामैत्री नीति बनाउने आईसीटी साक्षरतामा महिलालाई फोकस गरेको खण्डमा आईटीमा महिला उद्यमी बढ्दै जानेछ ।’ उनले व्यापारमा भने महिला भएकै कारण अवसरको अपेक्षा गर्न नहुने बताइन् । ‘व्यापारमा सधै चुनौती रहन्छ नै, यसमा महिला÷पुरुषभन्दा पनि गुणस्तरीय उत्पादनमार्फत प्रतिस्पर्धामा खरो उत्रनुपर्छ,’ उनले भनिन् । कुनै पनि व्यवसाय गर्नुअघि अनुसन्धान गरेर दीर्घकालीन सोचका साथ अगाडी बढ्नुपर्ने उनको तर्क छ ।

उनी अब उत्पादनको पोर्टफोलियो विस्तार गर्ने योजना देखिन्छिन् । म्यानमारमा पनि यसले सेवा विस्तार गरेको छ । दली वमन इन इन्फरमेसन टेक्नोलोजीकी संस्थापक पनि हुन् । किशोरी तथा युवतीलाई आईटीमा करियर निर्माण गर्नका लागि उनी सहयोग गर्न पनि सक्रिय छिन् । दुई पुस्ताबीचको अन्तरलाई रोक्नका लागि पनि आफू सक्रिय रहेको बताउँछिन् । ‘युवालाई आईटीमा करियर बनाउने विषय त छँदै छ, त्यसैगरी ज्येष्ठ नागरिकलाई डिजिलट भुक्तानी र डिजिलट पैसालगायत नयाँ प्रविधिमा अनुकूलन बनाउनुपर्छ भनेर पनि हामी लागिपरेका छौं ।’ सम्पत्ति शुद्धीकरणविरुद्ध औजार निर्माण गर्न एक सामाजिक कार्यकर्ताका रूपमा दलीलाई परिचय गराउँदा खुसी लाग्छ ।

प्रविधिको क्षेत्रको विकासमा महिलाको भूमिका उल्लेखनीय रहेकाले आईसीटी क्षेत्रमा महिला सशक्तीकरण बढाउनका लागि आगामी दिनमा अझ सक्रिय हुने दली बताउँछिन् । प्रविधि र विज्ञानमा समावेशीकरण र विविधतालाई निरन्तर रूपमा मापन गर्ने रणनीतिको आवश्यकता उनी औल्याउँछिन् । उनी महिलालाई प्राविधिक भूमिकामा ल्याउनका लागि बलियो नेटवर्क निर्माण गर्ने पक्षमा छिन् । ‘काममा हामीले महिला÷पुरुषभन्दा पनि उसको काम गर्ने क्षमतालाई हेर्नुपर्छ,’ दलीले भनिन्, ‘क्षमता वृद्धिका लागि पनि कार्य गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 1,045 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य