जब सांसदले बीचबीचमा प्रश्न गरिरहे

काठमाडौं । प्र्रतिनिधिसभा बैठकमा सोमबार सांसदहरूले धारणा राख्ने क्रममा आरोप प्रत्यारोपमै धेरै समय खर्चिए । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकलगायतका विषयमा प्रश्न उठाउँदै बैठक अवरोध गरेका थिए । सोही कारण बैठक सोमबार बसेको थियो ।

प्रतिपक्षी दलका सांसदले गरेको प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिएपछि प्रश्न गर्ने सांसदलाई समय दिइयो । तर, प्रधानमन्त्री प्रचण्डले त्यसको जवाफ दिँदै गर्दा सांसदहरूले संसदीय मर्यादाविपरीत बीचबीचमै प्रश्न गरिरहे । सभामुख घिमिरेले जवाफ दिन रोस्टममा उभिएका प्रधानमन्त्री प्रचण्डलाई रोकेर बीचबीचमै सांसदलाई प्रश्न गर्न दिए ।

संसद्मा जब भैंसीको कुरा छि-यो…
बैठकमा रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौं, प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर । दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरू आए ।’

लगत्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरू उठेर त्यसको प्रतिवाद गरे । सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिए । तर, त्यतिञ्जेल एमाले, रास्वपा र राप्रपाका सांसदहरू उठिसकेका थिए ।

समय पाएका पाण्डेले खनालको अभिव्यक्तिप्रति नियमापत्ति गरे । उनले संसद्मा मर्यादित संसदीय शब्द प्रयोग गर्नुपर्ने तर्क राखे । ‘भैंसी चढेर आउनुभएको भन्न पाइँदैन । असंसदीय शब्द रेकर्डबाट मेटाइयोस्,’ उनले भने ।

त्यतिञ्जेल एमाले, रास्वपा र राप्रपाका सांसदहरू उठेर होहल्ला गर्न थालिसकेका थिए । सभामुखले आसन ग्रहण गर्न आग्रह गरे । उनले पालैपालो बोल्न आग्रह गरे ।

त्यसपछि एमालेका सांसद सूर्यबहादुर थापाले समय पाए । थापाले एक सदस्यले बोलिरहेको समयमा अर्को सदस्यले बाधा पु¥याउन नहुने भन्दै सत्ता पक्षका मान्छेले दादागिरी देखाएको बताए । ‘नियमावलीको पालना गरियोस् । दादागिरी स्वीकार्य हुन्न’ थापाले भने ।

होहल्ला जारी नै थियो । सभामुख आसन ग्रहणका लागि आग्रह गरिरहेकै थिए । समय लिएर बोल्न र समय पाउनेले मात्रै बोल्न आग्रह गरिरहेका थिए । होहल्लाका बीच सभामुखले ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

त्यसपछि एमाले सांसद रघुजी पन्तले समय पाए । उनले भैंसी चढेको भन्ने शब्द प्रधानमन्त्रीले स्वयं रोस्ट्रमबाट बोलेको उल्लेख गर्दै अर्को पक्षले बोलेको विषयलाई हटाइएको भन्दै प्रधानमन्त्रीले भनेको शब्द पनि हटाइयोस् भन्ने आग्रह गरे ।

त्यसपछि रास्वपा सभापति रवि लामिछानेले पनि उस्तै तर्क गरे । उनले स्वयंले प्रधानमन्त्रीले रोस्ट्रमबाट उभिएर भनेको कुरालाई आफ्ना सांसदले किन भन्न नहुने भन्ने प्रश्न गरे । सत्ता पक्षले पेलेर जान खोजेको भन्दै असन्तुष्टि जनाए । सभामुखमाले भैंसी चढेर आएको शब्द जसले बोलेको भए पनि रेकर्डबाट हटाउनुप¥यो भनेको भन्दै सभा सञ्चालनका लागि सहयोगको आग्रह गरे । तर, फ्लोरमा होहल्ला रोकिएन ।

सभामुखले प्रधानमन्त्री भैंसी चढेर आएको कुरा रेकर्डमा रहनु राम्रो नहुने भन्दै रेकर्डबाट हटाउन निर्देशन दिए । प्रधानमन्त्रीले बोलेको कुरा पनि रेकर्डमा आएको भन्दै एक ठाउँमा गाँसेर हेर्न नहुने बताए । त्यसपछि उनले सांसदलाई बस्न र नियमअनुसार धारणा राख्न अनुरोध गरे ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीले पनि ७ वर्षअघि नै मुर्रा राँगो ल्याउने सहमति भए पनि आफूलाई अहिले भैंसी चढाइएको भन्दै धारणा राखेका थिए ।

सीमा समस्या’bout मोदीले स्पष्ट बोले : प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले सीमा समस्या’bout भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्पष्ट रूपमा पहिलोपटक बोलेको दाबी गरेका छन् । बैठकलाई आफ्नो भारत भ्रमण’bout जानकारी दिँदै उनले मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिएको सीमा विवाद समाधान गर्ने बताएको भन्दै अब यसलाई कूटनीतिक रूपमा समाधान गर्ने बताए ।

‘सीमा समस्यामा गम्भीरतापूर्वक कुरा भएको छ । संयन्त्रले यसलाई टुंग्याउनेछ,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री मोदीले पत्रकार सम्मेलनमा सीमा समस्या समाधान गरिने स्पष्ट रूपमा पहिलोपटक भन्नुभएको छ ।’

यस्तै, संसद्बाट दुई÷दुईपटक पारित भएर राष्ट्रपतिकहाँ पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेको प्रकरणलाई प्रधानमन्त्री प्रचण्डले संविधान मिचिएका रूपमा अथ्र्याएका छन् ।

‘राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण नगरीकन होल्डमा राख्नुभयो । त्यतिबेलै पनि कुरा उठेको कि संविधानको मर्म र भावनाअनुसार राष्ट्रपतिले त्यसलाई होल्ड गर्नु हुँदैनथ्यो । त्यसो गर्दा संविधान मिचिएको थियो,’ उनले भने ।

उनले संविधानमै राष्ट्रपतिलाई संविधानको संरक्षक र पालक भनिएको भए पनि राष्ट्रपतिबाट नै संविधानको उल्लंघन भएको प्रधानमन्त्री प्रचण्डले भने ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको उपलब्धि भनेको १५ वटा राँगा ल्याउनु मात्रै भएको टिप्पणी गरेका छन् । ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरू कुनै उपलब्धि हासिल नभएको बताउँदै भने, ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरू कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ । अरू कुन चाहिँ के प्रोजेक्ट छ ?’

ओलीले प्रचण्डको भारत भ्रमण, नागरिकतालगायतका विषयमा विभिन्न प्रश्न गर्दै जवाफ माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली