बिन्ध्यावासिनीमा ‘कडी’ मुहूर्त

पोखरा । १० वर्षअघि ‘नाइके’ निर्देशन गरेका नेत्र गुरुङले ‘कडी’ बनाउने भएका छन् । विन्ध्यवासिनी मन्दिरमा सोमबार ‘कडी’ फिल्मको शुभमुहूर्तसमेत गरिएको छ ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेपाली फिल्म उन्नयनमा कडी महत्वपूर्ण सावित हुने अपेक्षा गरे । पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्र सुटिङ हुने गरेको उनले औंल्याए ।

समारोहमा चलचित्रको सफलताको लागि कलाकार माओत्से गुरुङ, फिल्म निर्देशक घनश्याम लामिछाने लगायतले शुभकामना दिए ।

नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मको सहकार्यमा बन्न लागेको ‘कडी’ पोखरा आसपासमा छायांकन हुनेछ, जसमा बद्रीप्रसाद तिवारी, सोफी धरेल मुख्य भूमिकामा छन् । तिवारी र धरेलले यसै फिल्मबाट ‘डेब्यु’ गर्दै छन् ।

निर्देशक नेत्रले फिल्मलाई ‘ड्रिम प्रोजेक्ट’ भनेका छन् । ‘म्युजिक भिडियोका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर’ आफूले कल्पनासमेत नगरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार