बिचौलियालाई छेउछाउ पर्न दिइनँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लगाएपछि उनले त्यसलाई अस्वीकार गरेका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर गरेको भन्ने भनाइको खण्डन गर्दै अर्थमन्त्री महतले पारदर्शी ढंगबाट बजेट निर्माण गरिएको र आफूले बिचौलियालाई छेउछाउमा पनि पर्न नदिएको दाबी दावी गरे । अर्थमन्त्री महतले बजेट निर्माणमा सहयोगीका रूपमा पूर्वनायब सुब्बाको भूमिका रहेको भने स्वीकार गरे । ‘निर्णय गर्ने ठाउँमा आधिकारिक व्यक्तिबाहेक अरू कोही हुनै सक्दैन । यो निर्णय भइसकेपछि टाइप गर्नुप-यो, त्यसलाई व्यवस्थित गर्नुप¥यो, गर्नुप¥यो, यो सब गर्न सहयोगी चाहिन्छ,’ अर्थमन्त्री महतले भने, ‘म आउनुभन्दा अगाडि नै नियुक्त रामकृष्ण श्रेष्ठको त्यस्तै सहयोग लिइएको हो, उहाँले ३० वर्षदेखि यही काम गर्दै आउनुभएको छ र यसमा उहाँ दक्ष मानिनुहुन्छ ।’

आफूले पारदर्शी ढंगबाट काम गरेको दाबी गर्दै महतले अर्थमन्त्री हुने दिनदेखि नै कुनै पनि प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिबद्धताका साथ मन्त्रालयमा पसेको बताए । ‘त्यही प्रतिबद्धता मैले बजेट निर्माण गर्ने क्रममा पनि पालना गरें, उनले भने, ‘म यो पदमा रहेसम्म पूर्ण निष्ठाका साथ कर्तव्य पूरा गर्छु ।’

‘हार्मोनाइज्ड कोड’ विषयको विज्ञता भएको हुनाले यसअघिका अर्थमन्त्रीले पनि श्रेष्ठबाट सहयोग लिने गरेको उनले बताए । सरोकारवाला निकाय र विज्ञसँगको छलफल र सुझावका आधारमा नै करको दर हेरफेर गरेको अर्थमन्त्री महतले संसद्लाई स्पष्ट पारे । सांसदहरूले अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्ने विषयमा अर्थमन्त्रीको जवाफ खोज्दै संसदीय समिति बनाएर छानबिन प्रक्रिया अघि बढाउन माग गरेका थिए ।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक पदम गिरीले बजेट बनाउँदा निश्चित मानिसहरू मात्रै प्रवेश गर्न पाउने प्रावधान भए पनि अनधिकृत मानिसहरूको प्रवेश गराएर बजेटअघि नै सूचना चुहाएको आरोप लगाए । ‘अर्थमन्त्रीले बजेट भाषण गर्ने बेलामा उहाँले ल्याएको ब्रिफकेसमा रातो रिबनले बाँधिएको हुन्छ, यसको अर्थ पनि होला नि ?’ गिरीले प्रश्न गरे, ‘बजेट बनिरहेको ठाउँमा बिचौलियाहरूले प्रवेश पाएपछि रिबन बाँधेर के गर्ने ?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले यस’boutमा स्पष्ट जवाफ दिन माग गरे । ‘अर्थमन्त्रीबाट यी कुरामा जवाफ आओस्, निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुनेगरी अपारदर्शी ढंगले करको दरमा हेरफेर गरिएको छ कि छैन ? एचएस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि, प्रक्रिया पु¥याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि होइन ?’ सांसद वाग्ले प्रश्न गरे, ‘एचएस कोडका दरहरू टाइप गर्नसक्ने जनशक्ति एक या दुई जना मात्रै हुन् ? भन्सार प्रणालीको सुधार गर्न यस वर्ष अर्थमन्त्रीको इमानदार पहल होला कि नहोला ?’

विगत केही वर्षमा भ्रष्टाचार महामारीझैं फैलिएको वाग्लेको भनाइ थियो । ‘बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पु¥याएजस्तो गरेर, बैठक बसेर, नियमावलीहरू नै संशोधन गर्दै, अख्तियारले समेत समाउन नसक्नेगरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगोझैं सल्किएको छ,’ वाग्लेले भने, ‘सक्छौ भने मलाई जेल हाल भन्ने हुंकारको जननी त्यही हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले विद्युतीय गाडीमा लगाइने करको सम्बन्धमा सूचना चुहाइएको भन्दै यसका सम्बन्धमा पनि अर्थमन्त्रीको जवाफ माग गरे । सत्तारूढ नेपाली कांग्रेसकै सांसद रामहरि खतिवडाले पूर्वनासु रामकृष्ण श्रेष्ठलाई कसले किन नियुक्त गरेको हो र नियुक्तिलाई निरन्तरता किन दिइएको ? भन्दै प्रश्न गरेका थिए ।

बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यस सम्बन्धमा छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरू पसेको भन्दै प्रश्न उठेपछि बैठकमा सांसद सिंहले यस्तो माग गरेका हुन् ।

प्रधामन्त्रीलाई दाम्लो मात्रै थमाएको रहेछ : ओली
आगामी आर्थिक वर्ष २०८०-८१ का लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथिको छलफलमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बजेट सच्याउन सुझाव दिएका छन् ।

संसद्मा करिब २ घण्टा लामो भाषण गरेका ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री महतमाथि व्यंग्य मात्रै गरेनन् बजेट सच्याउनसमेत सुझाव दिए । उनले देश र जनताका लागि बजेट सच्याइनुपर्ने भन्दै त्यसकै आधारमा आफूहरूले सरकार असफल भयो भनेर नभन्ने धारणा राखे ।

‘सच्याउनुस् बजेट, सरकारले बजेट फे¥यो, असफल भयो भन्दैनौं हामी, देश र जनताका लागि सरकार बजेट सच्याउन तयार होस्, हामी साथ दिन्छौं,’ एमाले अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवं जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्विकार्ने भन्दै अर्थमन्त्रीको अनुहार हेरेर माया लाग्ने भन्दै व्यंग्यसमेत गरे । ‘राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवं जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्विकार्ने ?’ ओलीले भने, ‘अर्थमन्त्रीज्यूको अनुहार हेर्दा माया लाग्छ, तपाईंको मन सफा होला तर के गर्ने भूतले खाजा खाने बेलामा पर्नुभयो, वातावरण त्यस्तै छ ।’

यस्तै, अध्यक्ष ओलीले नश्ल सुधारका लागि भारतसँग मुर्रा राँगो’bout आफूले कुरा गरेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई दाम्लोमात्रै थमाएको टिप्पणी गरे । ओलीले भने, ‘राँगो ल्याएकामा आलोचित भयो भनेपछि, पाँच वर्षअघिको प्रधानमन्त्री थियो उसैको पालामा कुरा चलाएको रहेछ, अहिले त दाम्लो मात्र थमाएको हो, आखिर आड त हाम्रै लिनुपर्ने रहेछ नि !’

त्यसैगरी, ओलीले गाँजा खेतीको विषयमा बजेटमा समेटेर औषधिका लागि एक–दुई बोट गाँजा लाउने जनतालाई जेल हाल्ने नियत देखिएको भन्दै आशंका व्यक्त गरे । ‘कतिपय माननीयज्यूहरूलाई परेको होला हाम्रो गाउँमा गाँजा हुन्छ, त्यसबाट कतिको जीविका चलेको छ, यो नियन्त्रित, नियोजित गाँजा खेतीको कुरा गरेको हो,’ उनले भने, ‘यो लागू भएपछि लाइसेन्स नलिएको गाँजा खेती गर्न पाइँदैन भनेर गाउँ–गाउँमा गई बिरुवा उखेलिन्छन्, आमरूपमा त्यतिकै उब्जिएको गाँजाबाट जीविका चलायो भने झेलखाना जान्छ ।’

यस्तै, उनले बजेट बनाउने क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिए । ‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहेनछ, राम्रो लाग्यो,’ उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ ।’

सांसदले समयको महत्व नबुझ्दा निराश हुँदै फर्किए विद्यार्थी
प्रकाश सिलवाल/रासस
काठमाडौं । ‘लास्टै दुःख लाइराछ…’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कंदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रिय सभाको मंगलबारको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घण्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इंग्लिस स्कुलका ७५ जना विद्यार्थी बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समयअगावै दर्शकदीर्घामा पुगिसकेका थिए ।

उनीहरू कौतूहलताका साथ बैठक सुरु हुनेमा प्रतीक्षारत थिए तर दिउँसो १ बजे बैठक स्थगनको सूचना निकाल्दै १ः३० बजे बस्नेगरी सूचना आएपछि उनीहरू निराश हुन पुगे । संघीय संसद्मा माध्यमिक तहका विद्यार्थी सामाजिक अध्ययन विषयअन्तर्गत संसदीय गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न बेलाबखत आउने गर्छन् । संसद् सचिवालयले ती विद्यार्थीका लागि प्रवेश अनुमति मिलाउने गर्छ । यसरी आउन पनि सम्बन्धित विद्यालय र सचिवालयले समय व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कक्षा ९ र १० मा सामाजिक अध्ययन एवं कक्षा ११ र १२ मा सामाजिक तथा जीवनोपयोगी विषय राखिएको छ । उनीहरू आफू जुन उद्देश्यले आएको हो, सो उद्देश्य पूरा नभई त्यसै फर्कनुपरेकामा दुःखी थिए । एक जिज्ञाशामा कक्षा १० की समृद्धि तिमिल्सिनाले ठूला–ठूला नेताहरू बस्ने र देश चलाउने कुरा हुने थलोमा यस्तो ढिलाइ, अन्योल र विवाद होला भनेर आफूहरूले नसोचेको प्रतिक्रिया दिइन् ।


अर्का विद्यार्थी विश्व न्यौपानेले आफूहरूले संसद्लाई प्रत्यक्ष अध्ययन गर्न नपाउँदा दुःख लागेको बताए । केहीबेर बैठक बस्ने सूचना छ, किन फर्कंदै हुनुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘विद्यार्थी जीवनमा समयको महŒव हुन्छ, हामीलाई विद्यालयले संसद्मा बस्न निर्धारण गरिएको समय सकिएकाले हामी फर्कियौं ।’

विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर देखाउँदै गरेका विद्यालयका भाइस प्रिन्सिपल साजन कसमाल आफूहरूको १ बजेपछि विद्यालयमा नियमित कक्षा हुने भएकाले फर्किएर जान बाध्य भएको सुनाए । विद्यार्थीलाई बस चढाउँदै गरेकी विद्यालयकी शिक्षिका सरिता दाहालले सुरुमा आउँदा बडो उत्साहका साथ आएका भाइबहिनी अहिले निराश भएर फर्किएको बताइन् ।


अर्काे कुनै दिन आउनुहुन्छ कि भन्ने जिज्ञासामा उनको जवाफ थियो, ‘अब हेरौं के हुन्छ ?’
संसद्मा अवलोकन गर्न आएका टोखास्थित नितेन मेमोरियल स्कुलका शिक्षक सञ्जीव धितालले भने आफूहरू बैठक बस्छ कि भनेर कुरिरहेको जनाए । सो विद्यालयबाट ५९ जना विद्यार्थी आएका थिए । आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझदारीका कारण सुरु हुन ढिलाइ भएको हो ।

सामाजिक अध्ययनको विषयले विद्यार्थीलाई असल नागरिक बनाउन प्रेरणा दिनुका साथै संविधान, संघीयता र समावेशिताका सन्दर्भमा ज्ञान दिने लक्ष्यका साथ सरकारले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित