‘नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की’

सप्तरी । नगरपालिकाबाट प्रवाह हुने सेवा, सुविधा र विकास निर्माण लगायतका कार्य छिटो छरितो र पारर्दशी ढंगले अघि बढे खुला हृदयले सहयोग गर्ने पूर्व जनप्रतिनीधी, विभन्न राजनिती दल तथा संघ संस्थाका प्रतिनीधीहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् ।

राजविराज नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत प्रविणले मंगलवार आयोजना गरेको नगरको विकास तथा त्यसमा देखिएको बाधा, अवरोध र जटिलता ’bout अन्तरक्रिया कार्यक्रममा पूर्व जनप्रतिनीधी, विभिन्न राजनिती दल र संघ संस्थाका प्रतिनीधीले यस्तो प्रतिबद्धता जनाएका हुन ।

इमान्दारीका साथ गरिने काममा सबै पक्षको सहयोग रहने सरोकारवालको प्रतिबद्धता

कार्यक्रममा कार्यवाहक नगर प्रमुख प्रविणले नगर विकासका लागी आफुले जिम्मेवारी पाए यता इमान्दारी पुर्वक काम गरेको दाबी गर्दै वेला बेलामा आन्तरिक र बाह्य दुबै पक्षका केही ब्यक्तीहरुबाट हुने गरेको अनावश्यक हस्तक्षेप र बाधा अडचनले समस्या हुने गरेको सुनाईन । उनले आफु महिला भएकै कारण पनि कतिपयलाई नपचिरहेको भन्दै चौतर्फी असहयोगले गर्दा चाहेर पनि विकास निर्माण कार्यलाई गति दिन नसकेको लाचारी सुनाईन ।

अतिआवश्यक कामलाइ अघि बढाउन चाहदा पनि केही कर्मचारी समेतले नटेरेको उनको गुनासो छ । “नगरमा आवश्यक नगर प्रहरी भर्नाको काम अघि बढाउन खोजेको थिए, उनले भनिन–तर प्रमुख प्रशासकिय अधिकृत समेतलाई भर्ना प्रक्रिया अघि नबढाउन केही जिम्मेवार ब्यक्तीहरुबाटै धम्की आएकाले केही गर्न सकिएन ।”

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान