औषधि चाहियो फोन गर्नुस् घरमै आइपुग्छ

काठमाडौं । बालाजु क्षेत्रमा कसैलाई औषधि, मास्क र सेनिटाइजर चाहिए फोन गर्नुस् घरमै आइपुग्छ । मास्क र सेनिटाइजर घरलु उत्पादन हुन् । यो सेवा व्यवसायिक भने होइन, कोरोना भाइरसको संक्रमण रोक्नलाई बालाजुका सामाजिक अभियान्ता शिव पौडेलले यो सेवा उपलब्ध गराएका हुन् ।

असुरक्षित ढंगले सर्वसाधारण बाहिर निस्कँदा संक्रमण बढ्ने उनको निष्कर्ष छ । औषधि घरमा पु¥याउने सेवा मात्र होइन, उनी ’round भिडभाड हुन नदिने, तरकारी र फलफुल किन्दासमेत सजकता अपनाउने सर्वसाधारणलाई सचेत गराउँछन् । सानो गल्तीले कसरी विश्वमा कसरी महामारी फैलिएको छ, त्यसबाट पाठ सिक्न उनी सर्वसाधारणमा उनी सुझाउँछन् ।

कोरोना भाइरसको संक्रमण रोक्न उनले बालाजु क्षेत्रमा जनप्रतिनिधिसँग मिलेर अभियान नै सञ्चालन गरेका छन् । ‘स्वास्थ्यकर्मी हुनुको नाताले कोरोना भाइरस संक्रमणबाट बच्न सर्वसाधारणमा सचेतना अभियान चलाउनु मेरो कर्तव्य हो’ पौडेल भन्छन्, ‘रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु बुद्धिमानी हो ।’

सामान्य रुखाखोकी लाग्यो भन्दैमा खुरुरु कुदेर औषधि पसल पुग्ने, मलाई त केही भएको छैन भन्दै फलफुल र तरकारी किन्न भिडभाड गर्ने हाम्रो बानीलाई सुधार गर्नुपर्छ । हेलचेक्राइले इटाली, स्पेन र अमेरिकाको अवस्था के भयो, थोरै समय संयमता अपनाउँदा चीनमा कसरी रोकथाम हुँदैछ, त्यसबाट सिक्न र सिकाउन मैले यो अभियान सञ्चालन गरेको हुँ, पौडेल भन्छन्, ‘हेर्दा सामान्यजस्तो लाग्छ, तर एउटा सानो गल्तीले हाम्रो समाज ध्वस्त हुनसक्छ ।’

स्वास्थ्यमा खेलवाड गर्नुहुँदैन, एक दिनमा ४ जनालाई सिकाएँ भने, ती ४ जनाले अरु १६ जनालाई शिक्षा दिनसक्ने उनले बताए । सामान्य रुखाखोकीमा औषधि किन्नुभन्दा शरीरमा रोक प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खाद्यवस्तु घरमै बनाएर खानु राम्रो हुने उनको सुझाव छ ।

कोरोना भाइरस यसभन्दा अघि पनि थियो, तर पशुमा मात्र देखिएको थियो, अहिले मानिसमा पनि भेटियो, यसको औषधि बनिसकेको छैन, त्यसैले हामी यसबाट जोगिनु बिकल्प छैन, पौडेलले भने, ‘कसरी सुरक्षित रहन सकिन्छ, त्यस’bout हामीले जान्न जरुरी छ ।’

वडाका जनप्रतिनिधिसँग मिलेर सचेतना अभियान सञ्चालन गरिरहेका पौडेलले शिव सन फार्मेसी, स्टेफन प्याथोलोजी र मालिकका क्लिनिक सञ्चालन गरिरहेका छन् । सचेत रहौं, सजग बनौं र औषधि अभावमा कसैलाई अप्ठ्यारो नपरोस् भनेर आफूले यो अभियान सञ्चालन गरेको उनले बताए । यदि औषधि चाहिए ९८४९६१४२५१ मा फोन गरे २४ सै घन्टा सेवा उपलब्ध रहेको पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू