गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान

राजविराज । नेपाल विद्यार्थी संघले जिल्लाको सबै पालिका तथा विद्यालय र कलेजमा संगठन विस्तार गर्ने अभियानको शूरुवात गरेको छ ।

अभियानको बुधवार सदरमुकाम राजविराजबाट शूरुवात गरिएको हो । नेपाली काँग्रेसका युवा नेता तथा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा राजविराज नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदको उम्मेदवार रहेका मो.इरसाद अन्सारी तथा नेविसंघका जिल्ला अध्यक्ष राकेश कुमार ठाकुरको विषेश उपस्थितीमा संगठन सुदुढीकरण तथा विस्तार अभियान शुभारम्भ भएको संघले जनाएको छ ।

अभियानको पहिलो दिन भएको राजविराज नगर भेलाले मो.प्रवेजको संयोजकत्वमा नेविसंघ राजविराज नगर समिती गठन गरिएको छ । नेविसंघको विद्यान २०२७ को छैठो संसोधन २०७५ बमोजिम उक्त समिती गठन गरिएको जिल्ला अध्यक्ष ठाकुरले जानकारी दिए ।

संगठनलाई गतिशिल बनाउन, संगठन सुदुढीकरण गर्न तथा जिल्लाभर संगठन विस्तार गर्ने योजना अनूरुप एक महिने अभियान सुरु गरिएको तथा असार मसान्त भित्र जिल्लाका सबै १८ वटै पालिका तथा विद्यालय र कलेजमा नयाँ कार्य समिती गठन गरिसक्ने संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान