विद्यार्थी विद्यालयमा पानी बोक्न बाध्य

दैलेख । नारायण नगरपालिका– ३ कालिमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पिउने पानीको अभाव भएको छ । विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरु पढाईको समयमा पानी बोक्न बाध्य भएका हुन् ।

विद्यालयमा नजिकैको धारामा खानेपानी नआउँदा विद्यार्थी पानी खोज्दै भौतारिने गरेको विद्यार्थी बताउँछन् । पढाइभन्दा पनि पानीको प्यास मेटाउनकै लागि पिरलो हुने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । तिर्खा लाग्दा समेत समयमै पानी पिउन नपाउँदा विद्यार्थीहरुको पढाइमा समेत असर पुगिरहेको विद्यार्थीले बताएका छन् ।

खानेपानीको वडा, नगर सरकारलाई खानेपानी समस्या समाधान गर्न आग्रह गरेको विद्यालयका प्रधनाध्यापक रंगनाथ खनालले बताए।विद्यालयका कर्मचारी बाहिर गएकाले विद्यार्थीको पालो अनुसार पहिले देखि पानी बोक्न बाध्य भएको उनले बताए ।

खानेपानीकोअभाव हुँदा विद्यार्थीको पढाई प्रभावित हुनुका साथै शौचालय पनि दुर्गन्धित भएको विद्यालयका प्रधानाध्यापक खनालले बताए ।घरबाट ल्याएको पानी सकिएपछि विद्यार्थीहरु पानीको अभाव भएपछि विद्यार्थीहरु विद्यालयदेखि घण्टौँको दुरी टाढाबाट पानी बोक्न बाध्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा