बारा । तराईमा किसानहरूको उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्ने प्रधानमन्त्री कृषि परियोजना एकाई प्रमुख हेमचंद्र जैसवारले बताए । दैनिक ज्यालादारीमा काम गर्ने नपाउने अवस्थाको अन्त्यको लागि पनि यान्त्रिकरणमा निर्भर हुनु पर्ने उनले बताए । कृषि व्यवसाय महङ्गी हुदै जादा यान्त्रिकणमा किसान आत्मनिर्भर हुदा कम लागतमा बढी मुनाफा कमाउनमा आफु विश्वस्त रहेको बताए ।
परियोजना मार्फत किसानलाई खेती गर्न ५० प्रतिशत अनुदानमा सिचाई गर्न ट्युबवेल, मोटर, थ्रेसिङ्ग, धान काटने मेसिन, धानको बिऊ जस्ता उपकरण दिएको परियोजना प्रमुख जैयसवालले बताए । धान पकेट कार्यक्रम तीन पालिकाको सहकारीसँग समन्वय गरेर सञ्चालनमा रहेको छ । प्रत्येक सहकारीलाई ३ लाख बराबरको यान्त्रिक समान र ६ क्विन्टल धानको बिउ दिएको जानकारी गराए ।
समय मै सिचाई गर्न किसानहरूलाई परियोजनाले चैते धानको बिऊ, मोटर, ट्युबवेल जस्ता समाग्री पाए पछि हर्षित भएका छन् । सुवर्ण गाउपालिका किसान दर्शन यादवका अनुसार २० औ वर्ष देखि खेती गर्दै आएको बताए । सहकारीको माध्यमबाट कृषी परियोजनाले समय मै बिऊ बिजन गर्न उपलब्ध गराएको बिऊ, मोटरले उत्पादनमा बृद्धि भएको बताए ।
श्री सेमरमाई कृषि संस्थाका अध्यक्ष अशोक यादवका अनुसार परियोजनाले सयौ किसान लाभान्वित भएको बताए । पहिला किसानलाई खेती गर्न समयमा बिऊ, मलखादको व्यवस्था नहुदा उत्पादनमा कमि हुन्थ्यो । तर परियोजनाले सभ्य मै पानी, बिऊको व्यवस्था गरेसंगै प्रति कट्ठा २ क्विन्टल धान उत्पादन गर्दै आएको यादवले बताए ।

आफै उत्पादन गर्दा प्रतिशत कट्ठा एक क्विन्टल सम्म धान उत्पादन हुने गरेको उनले बताए । परियोजना किसानको लागि वरदानको रूपमा आएको उनले बताए । किसानहरूले हर्दीनाथ नामक धान रोपेको जानकारी गराए ।
त्यस्तै सुपरजोन मार्फत किसानहरूलाई हयाचरी निर्माण गर्न ५० प्रतिशत अनुदान सहयोग गरेको उनले बताए । जिल्लाको कोल्टी नगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकामा डेरी जोन कार्यक्रम पनि लागु गरेको जानकारी गराए ।
डेरी जोनमा किसानहरू उत्पादन बढाउन घास उत्पादनमा जोड दिएको परियोजना प्रमुखले बताए । गाई, भैसी, बाख्रालाई आहारको रूपमा चाहिने घाममा सहयोग गरेको उनले बताए । सुवर्ण गाउपालिकामा १५ टन माछा स्टोरेज गर्न निर्माण गरिएकोमा माछा सुपरजोन एकाइले ५० प्रतिशत करिब ११ लाख ४५ हजार अनुदान सहयोग गरेको प्रमुख जैयसवालले बताए ।
कपन कार्प, रोहु, ग्रास, नैनी, भकुरा प्रजातिको माछा जिल्लामा उत्पादन हुने गरेको उनले बताए । सिम्रौनगढ, फेटा, बारागढी लगायतको पालिकाहरुमा माछाको बच्चा उत्पादन गर्न हयाचरी निर्माण गरिएको छ । दिक्षा मत्स्य हयाचरी फर्म प्रा लिका सञ्चालक अशोक साहका अनुसार माछा र माछाको बिऊ बेचे वापत प्रत्येक वर्ष ५०\५० लाखको आम्दानी हुने गरेको बताए । परियोजनाले हयाचरी र पोखरी निर्माणमा अनुदान दिदा किसान लाभान्वित भएका छन् ।

दर्जनौ पालिकाका किसानहरू माछा खेती तर्फ आकर्षण बढ्दै गरेकोले सरकारले यस्ता कार्यक्रमलाई थप सशक्त बनाउनु पर्नेमा साहले जोड दिए । बारामा मात्र २ हजार हेक्टर क्षेत्रफल माछा उत्पादन गरिएको छ ।
प्रति वर्ष १४ सय १६ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । जसमा बाराबाट मात्र १९ प्रतिशत माछा पूर्ति गरेको परियोजनाले जानकारी गराएको छ । नेपालमा प्रति व्यक्ति १० केजी माछा प्रति वर्ष खाने गरेको तथ्याङ्कले देखाउछ । विश्व अर्थतंत्रको मन्दीले गर्दा प्रत्येक क्षेत्रमा असर पुर्याएको किसान बताउछन । माछाको माग घटे पछि आम्दानी समेत घटेको किसान बताउछन ।






