मुम्बई । बलिउड अभिनेत्री शर्लिन चोपडाको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल भएको छ । शर्लिनको छाती खुला भएको पहिरनको तस्बिरसँगै भिडियो अहिले भाईलर भएको हो ।
आफुलाई बोल्ड देखाउँदै सार्वजनिक ठाउँबाट कार्यक्रम स्थलसम्म यस्तो पहिरनमा जाँदा उनले अहिले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी सहनु परेको छ ।
शर्लिन चोपडालाई यो पहिरनमा मुम्बईको सडकमा देखेपछि पापाराजीले उनको फोटो खिच्नुका साथै भिडियो पनि बनाएर सामाजिक सञ्जालमा पोष्ट गरे । उनी यस्तो पहिरनमा अस्लिल देखिएकी थिईन् । आफुलाई क्यामेराले पछ्याएपछि उभिएर उनले सडकमै ¥यापगीत गाउँदै झन उत्तेजक हाउभाउ देखाईन् ।
उनीको त्यही हाउभाउको भिडियोहरु अहिले निकै भाइरल भइरहेका छन् । यससँगै शर्लिनको यो स्टाइललाई एकथरीले मन पराएका छन् । एकथरीले अस्लिलताको परकाष्टा भन्दै टिप्पणी गरेका छन् । कतिपयले उनको यो बोल्ड लुकका लागि ट्रोल पनि गरिरहेका छन् ।
सामाजिक सञ्जालमा समाजका अभियान्ताहरुले उनलाई राम्रो लुगा लगाउन निर्देशन दिएका छन । महिलाबादी संस्थाहरुले उनलाई अबका दिनमा यस्तो अस्लिल हरकत सार्वजनिक स्थलमा नगर्नका लागि चेतावनी समेत दिएका छन् । सिनेमाको पर्दा र सार्वजनिक स्थल फरक रहेको तथापि यी सुन्दरीको भिडियोहरु तिब्र रुपमा भाइरल भइरहेका छन् ।






