श्रीमानको कुटपिटले वडा सदस्यसमेत रहेकी श्रीमतीको मृत्यु

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको उक्त नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी विकको मृत्यु भएको हो ।

घरायसी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु विकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परीक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु