शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परम्परागत तथा शास्त्रीय सङ्गीत विभागद्वारा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । गत आइतबार महांकालस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा भएको कार्यक्रमको सहआयोजक नेपाल शास्त्रीय संगीत समाज रहेको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको सभाध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रममा शास्त्रीय रागमा आधारित चारवटा साङ्गीतिक प्रस्तुति रहेको थियो। सुगमा गौतमको गायन शशांक सापकोटाको तबला वादन र यतिराज अधिकारीको भाइलिन वादनमा भिन्न षडज राग प्रस्तुत गरिएको थियो । त्यस्तै नगेन्द्र विक्रम राईको बाँसुरी वादनमा मधुमद राग प्रस्तुत गरिएको थियो । जसमा नवराज गुरुङ तबलामा र गीता राई तानपुरामा थिइन ।

यस्तै सानु तामाङको समूहले मधुवन्ती रागको प्रस्तुति दिएको थियो । गायनमा सानु तामाङ, तबलामा पारसमणी सुवेदी, तानपुरामा गायत्री राना मगर र हार्मोनियममा नवराज सापकोटा थिए ।

त्यसैगरी सन्तोषभक्त श्रेष्ठ र समूहले शुद्ध सारंग रागको प्रस्तुति दिएको थियो । जसमा सन्तोषभक्त श्रेष्ठ ईशाराज वादन, विदुरराज कर्णीकार तबलामा र तानपुरामा सिर्जना दुवाल रहेका थिए । कार्यक्रममा झरना श्रेष्ठले भरत नाट्यम् र कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । र अन्तिम प्रस्तुति स्वरूप जनकल्यान मा।विका विद्यार्थीहरूले रेशम फिरिरि बोलको गीतमा साङ्गीतिक प्रस्तुति दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 457 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध