नेपालको नारा ड्रागन बोट उपविजेता

पोखरा । पोखरामा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभलमा चीनको सिचुवान ड्रागन बोटले दोहोरो उपाधि जितेको छ । २०० र ५०० मिटर गरी दुवै इभेन्टमा सिचुवानको टिम प्रथम भएको हो । ५०० मिटर स्टे«ट ट्रयाक रेसमा सिचुवाले निर्धारित दुरी २ः२०ः९० मिनेटमा पूरा गरेको हो । २०० मिटरतर्फ उसले निर्धारित दुरी ००ः५३ः८१ मिनेटमा पूरा गरेको हो ।

नेपालको नारा ड्रागन बोट टिम उपविजेता भयो । ५०० मिटरतर्फ नेपाली टिमले २ः२३ः८३ मिनेटमा निर्धारित दुरी पुरा गर्दा २०० मिटरतर्फ ००ः५६ः४३ मिनेटमा पूरा गरी उपविजेताा सिमित भएको हो । दुवै इभेन्टमा विजेता भन्दै सिचुवानले साढे ५ लाख दरले कुल ११ लाख र नेपाली टिम नाराले दुवैतर्फ साढे ३ लाख दरले कुल ७ लाख पायो ।

कुल ८ टिमले भाग लिएकोमा चीनको युनान ड्रागन बोट टिम दुवै विधामा तेस्रो र नेपालको एनआरसिए टिम चौंथो हुन सफल भयो । युनानले दुवै विधामा २ लाख दरले ४ लाख पुरस्कार पायो । प्रतियोगितामा भाग लिएका सबै ८ टिमलाई नै प्रति टिम १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको थियो ।

शनिबार समापनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत चन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले पुरस्कार वितरण गरे । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा दक्षिण एसियामै पहिलो पल्ट पोखराको फेवातालमा सो फेस्टिभल भएको थियो ।

यसैबीच, प्रतियोगितामा प्रयोग गरिएका ८ ड्रागन बोट तथा आवश्यक सामग्रीहरु चीनले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । ती सामान अर्को वर्ष हुने प्रतियोगितामा फेरि प्रयोग गरिने बताइएको छ । यो फेस्टिभलले पोखराको पर्यटनमा टेवा मिलेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति