अवार्ड प्रदान गर्दै पाचौं पिम नेपाल फिल्म फेस्टिबल सम्पन्न

काठमाडौं । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द दीर्घसाधना सम्मानबाट सम्मानित भएकी छिन् । पाँचौं पिम नेपाल फिल्म फेष्टिवलको समापन समारोहमा शुक्रबार बेलुका भुवन चन्दलाई बरिष्ट संगीतकार शम्भुजीत वासकोटा, पहिलो चलचित्र आमाकी कलाकारद्धय बसुन्धरा भुसाल, चैत्यदेविलगायतले सँयुक्त रुपमा सो सम्मान प्रदान गरे ।

समारोहमा ‘बेष्ट फिल्म जर्नलिस्ट अवार्ड २०२२’ पत्रकार कुबेर गरीले र ‘बेष्ट इन्टरटेनमेन्ट जर्नलिस्ट अवार्ड २०२२’ कृष्ण कँडेलले प्राप्त गरे ।

तीन दिनसम्म चलेको फेस्टिबलमा विभिन्न १८ वटा चलचित्र छानिएका थिए । महोत्सब समापन समारोहमा तीन चलचित्रबाट विभिन्न विधामा उत्कृष्ट अवार्ड प्रदान गरियो । समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड डिसेम्बर फल्सबाट आर्यन सिग्देलले र उत्कृष्ट अभिनेत्रीको अवार्ड बगानबाट प्रमिला कार्कीले हाँसिल गरिन् ।

फिचर फिल्म तर्फ उत्कृष्ट फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतलाई प्रदान गरियो प्रकाशबाटै उत्कृष्ट स्कृप्ट राईटरको अवार्ड बिकास सुबेदीलाई भिएफएक्स आर्टिष्टको अवार्ड समिर मियालाई प्रदान गरियो । चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड हाँसिल गरे । यस्तै जुरी अवार्ड चलचित्र नम्बरी सुनले। निर्देशक तर्फको जुरी अवार्ड चलचित्र डेशानबाट कमल एक्चै मगर र अभिनेता तर्फको जुरी अवार्ड चलचित्र लाखेबाट रोहित रुम्बाले प्राप्त गरे ।

सर्ट फिल्म तर्फ ऐना उत्कृष्ट भयो । भाषाभाषी तर्फ उत्कृष्ट तामाङ फिल्मको अवार्ड आप्लेङ ला नाम्साबाट शेखर लामाले, उत्कृष्ट भोजपुरी फिल्मको अवार्ड मधेशी पुत्र २ ले, मैथली फिल्मको अवार्ड समय के खेलाबाट विक्रम गुप्ताले, नेपाल भाषाको फिल्म अवार्ड उच्च शिक्षाबाट रोजिन महर्जनले हाँसिल गरे ।

निर्देशक माधवराज खरेल संयोजक रहेको निर्णायक कमिटीमा चलचित्र पत्रकारद्धय बिजय रत्न तुलाधर, बिष्णु सुबेदी, दीर्घराज उपाध्याय, कमलनाथ अधिकारी, गायकद्धय कुलेन्द्र विश्वकर्मा, शिव परियार, र फिल्म अर्काइभिष्ट चिरञ्जिवी गुरागाई, मेकअप आर्टिष्ट बिक्रम गौतम थिए ।

आफ्नो क्षेत्रमा योगदान दिएका कलाकर्मीहरुबाट निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, पत्रकार दिपक बिहिन, चलचित्र पत्रकार सचित खड्का, लोकगायकद्धय रामकुमार नेपाली र अमृत भारतीलाई सम्मान गरिएको छ ।

पावर नेपाल इन्टरनेशनल मिडिया नेपालद्धारा आयोजित समारोहमा बरिष्ट संगीतकार सम्भुजीत बासकोटाले यस अघि धनगढीमा भएको तीन दिनको यो महोत्सबमा आफु सहभागी भएको र त्यतिबेला त्यहाँ हजारौंले महोत्सबमा फिल्म तथा सांस्कृतिक कार्यक्रम हेरेको स्मरण सुनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै फेष्टिवल निर्देशक कमला जोशीले हरेक वर्ष थप भब्यताका साथ फेष्टिवल सम्पन्न हुँदै आएको भन्दै आगामी वर्षमा अझ भब्य रुपमा सम्पन्न गरिने बताइन ।

महोत्सब समापन समारोहका सभापति शान्तिप्रिय, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालगायतले पिम फिल्म महोत्सबले नेपालमा चलचित्रको प्रविर्धनमा उर्जा थप्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगरमा रेनु दाहाल सात हजार मतले अगाडी