सम्पादक मिश्रको स्वागत

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकका नवनियुक्त सम्पादक सरोज मिश्रको स्वागतमा सोमबार राजधानी न्युज पब्लिकेसनको कार्यालयमा एक कार्यक्रम गरिएको छ ।

राजधानी न्युज पब्लिकेसनका सञ्चालकद्वय सचिन शेरचन र आशिष शेरचन तथा पत्रकार तथा कर्मचारीहरूले मिश्रलाई स्वागत गरेका थिए । सो अवसरमा सञ्चालक आशिष शेरचनले राजधानी दैनिकलाई निरन्तर रूपमा नयाँ ढंगबाट अगाडि बढाउने उद्देश्यका लागि सम्पादकको जिम्मेवारी लिएकामा मिश्रलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नवनियुक्त सम्पादक मिश्रले निष्पक्ष र तटस्थ रूपमा राजधानी दैनिकलाई अगाडि बढाउने बताए । ‘एउटा प्रतिष्ठित ब्रान्ड बनेको राजधानी दैनिक सुचारु हुनुपर्छ भन्ने मान्यताका साथ मैले यो चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी बहन गरेको हुँ,’ सम्पादक मिश्रले भने, ‘चुनौती सामना गर्दै हामी अगाडि बढ्नेछौं ।’ सम्पादक मिश्रले सबैलाई एकताबद्ध बनाएर अगाडि बढ्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 449 times, 1 visits today)

epaper

ताजा समाचार

निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा