सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबुछोराको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रु बाहक बसले विद्युतीय तारलाई छुदा करेन्ट लागेर वावु छोराको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बसमा सवार रोल्पाको गंगादेव गाउँपालिका –४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । गाडी धनी सल्यानको छत्रेश्वरी गाउँपालिका –६ निवासी ३३ वर्षका महेन्द्र वली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

बसमा २७ जना यात्रु सवार रहेका थिए । तुलसीपुर सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतिय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

थाइल्याण्डको सिनेटको मतदान ठगीमा ७७ व्यक्तिविरुद्ध कानुनी कारबाहीको आदेश