फालेलुङको गुनासो: संघ र प्रदेश सरकार विपत्तिमा मुकदर्शक

फालेलुङ ३–७ को सिमाना घुमाउनेटारमा डाइभर्सन बनाउन श्रमदान गर्दै स्थानीय ।

पाँचथर । असारको सुरुवातमै अविरल बर्षासँगै आएको बाढी, पहीरोबाट ठूलो क्षति भएको फालेलुङ गाउँपालिकाले विपत्तिमा संघ र प्रदेश सरकार मुकदर्शक भएको गुनासो गरेको छ ।

फालेलुङ ३–७ जोड्ने घुमाउनेटार र ३–५ जोड्ने सास्टरस्थित हिंवाखोलामाथिको दुई वटा मोटरेवल पुल बाढीले बगाउँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पालिकाको सेवा केन्द्र थकेपुङ जोड्ने मूख्य मार्ग अवरुद्ध हुँदा तीन हप्तादेखि यातायात चलेका छैनन् । समस्याको अल्पकालीन समाधानका लागि संघ र प्रदेश सरकारसँग अनुनय, बिनय गरेको तर ग्रामीण क्षेत्रको बिपत्तिमा माथिल्लो तहका सरकारको नजर पर्न नसकेको गाउँपालिका अध्यक्ष बीर बिक्रम थाम्सुहाङले गुनासो गरे ।

गाउँपालिकासँग पनि पर्याप्त बजेट नभएकाले सहयोग आह्वान तथा जनश्रमदान मार्फत् घुमाउनेटारमा डाइभर्सन बनाउन सुरु गरिएको पालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताए । माथिल्लो तहका सरकारबट सहयोग नपाएपछि गाउँपालिकाले प्राइम बैंकको फालेलुङ शाखामा खाता खोलि सहयोगको अपिल नै गरेको छ । स्वेच्छिक रुपमा सहयोग जुट्ने क्रम जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेले जानकारी दिए । डाइभर्सनका लागि जनश्रमदान पनि जुटिरहेको आङदेम्बेले बताए ।

हिंवाखोलास्थित वडा नं.५ लुङमादेन मुनिको झोलुङ्गे पुल समेत बाढीले बगाएकाले स्थानीयलाई आवज–जावत गर्न र विद्यार्थीहरुलाई विद्यालय जान समस्या भएको स्थानीय केरुङले बताए । बाढी, पहीरोमा परी फालेलुङमा एक बालिकाको मृत्यु भएको छ भने २१ करोडभन्दा बढीको भौतिक संरचना ध्वस्त भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आक्रामक अभिभावक ओली !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले