स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित सशस्त्रद्वारा भारतीय नागरिक पक्राउ


वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले श्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरी नायव उपरीक्षक रामजंग पाण्डे नेतृत्वको सो प्रस्तावित गुल्मले भारत पूर्वी चम्पारण बजितपुर पोष्ट पञ्चायत –४ का ३७ वर्षीय राकेश जयसवाललाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको हो । स्कुटीको डिक्कीमा राखेर उनले सो रकम ल्याएका थिए ।
बरामद रकम, स्कुटीसहित उनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको प्रस्तावित सो गुल्मका गुल्मपति पाण्डेले राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली