धनगढीका नगरप्रहरीलाई चार दिने ‘वाटर रेस्क्यु’ तालिम

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरप्रहरीलाई चार दिने ‘वाटर रेस्क्यु’ तालिम दिएको छ । उपमहानगरपालिकाले देशभरमै पहिलो पटक नगरप्रहरीलाई विपदका बेला उद्धारमा खटिन सक्ने गरी ‘वाटर रेस्क्यु’ अर्थात् खोज तथा उद्धार तालिम दिएको हो ।

उपमहानगरले धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणसँगको समन्वयमा वर्षायाममा हुने डुबानजन्य विपतका बेला खटिनका लागि २५ जना नगरप्रहरीलाई वाटर रेस्क्यु तालिम दिएको जनाएको छ ।

डुबानका बेला प्रभावितको उद्धारमा खटिन सहज होस् भनेर सशस्त्र प्रहरीसँग समन्वय गरेर नगरप्रहरीलाई तालिम दिइएको उपमहानगरका वातावरण तथा विपत् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले बताए । भण्डारीका अनुसार वर्षातयाममा मोहना, खुटिया र घुराहा नदीमा बाढी आउँदा धेरैजसो वस्ती डुबानमा परेर जनधनको क्षति हुनेगरेको छ ।

भण्डारीले धनगढीका ३, ६, १७, १९ वडा डुबानको जोखिममा रहेको बताउँदै डुबान हुँदा उद्धारका लागि विगतमा नेपाली सेना, सशस्त्र प्रहरीलाई गुहार्नु पथ्यौं अब नगरप्रहरीलाई तालिम दिइसकेपछि डुबानजन्य विपतका वेला नगर प्रहरीलाई पनि तत्कालै परिचालन गरेर नगरवासीको जनधनको सुरक्षा गर्न सहज हुने बताए । भण्डारीका अनुसार सशस्त्र प्रहरी बलको गोताखोर टोलीसँग समन्वय गरेर नगरप्रहरीलाई गोताखोर तालिम पनि दिइएको छ ।

बिपद्का बेला खटिनका लागि नगर प्रहरीलाई आवश्यक तालिमका साथै उद्धारमा खटिन आवश्यक पर्ने डुंगा, लाइफ ज्याकेट, डोरीलगायत सामग्री पनि नगरप्रहरीलाई उपलब्ध गराइएको धनगढी नगरप्रमुख गोपाल हमालले बताए । नगरप्रमुख हमालले नेपालमै पहिलोपटक धनगढी उपमहानगरले नगरप्रहरीलाई ‘वाटर रेस्क्यु’ तालिम दिएको बताए ।

सशस्त्र प्रहरीले बाढीमा डुबेकाहरूको डोरी, डुंगा र लाइफ ज्याकेट तथा स्थानीय स्तरमा उपलब्ध सामग्रीको मद्दतले कसरी उद्धार गर्नेलगायत विषयमा नगरप्रहरीलाई चार दिने तालिम दिइएको सशस्त्र प्रहरी बल ३४ नम्बर धनगढी गण प्रमुख एसपी रामहरी अधिकारीले बताए ।

तालिम गोदावरी नगरपालिकाको अत्तरियास्थित लामीताल र धनगढीस्थित मोहना नदीमा सञ्चालन भएको थियो ।

ध्नगढी नगरप्रहरी प्रमुख कृष्णबहादुर मल्लले तालिम लिएपछि विपतका वेला खटिन आफूहरू सक्षम भएको बताए । डुबानका वेला कसरी उद्धार गर्ने भन्ने’bout तालिमबाट सिकेको बताउदै विगतमा डुबान हुँदा अनुभव, सामग्री थिएन तालिमपश्चात् आत्मबल बढेको र अब विपतका बेला नगर प्रहरी आफैं उद्धारमा खटिन तयार भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

व्यवसायी दीपक भट्ट जोडिएको कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ