उच्च शिक्षा : विकर्षण र परिणाम

शिक्षा आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिकलगायत समग्र विकासको मेरुदण्ड भएकाले यसको विकासमा जोड दिनुपर्छ । सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले शिक्षा सबैभन्दा ज्यादा प्रभावित बन्न पुग्यो । यसले केही मात्रामा प्रविधिमा अव्यस्त त बनायो तर किताब पढ्ने बानी हटाइदियो । हिजो मोबाइल नचलाऊ भन्दै खोसेर राख्ने आमअभिभावकले ल नानी र ल बाबु यही प्रयोग गरी पढ भन्ने अवस्था कोभिडले ल्यायो । यस वास्तविकताले आजको उच्च शिक्षामा ज्यादा असर पारेको देखिन्छ । समस्या देशको शिक्षा नीतिमा रहेको हो तर त्यसमा हाम्रा सरोकारवाला गम्भीर भएको देखिएन । हरेक उपकरण उपयोगका सकारात्मक र नकारात्मक पक्ष रहेका हुन्छन् ।

हाम्रा विद्यार्थी वर्गमा सकारात्मकभन्दा ज्यादा नकारात्मक पक्षको उपयोगमा जोड दिँदा आजको यो अवस्था आएको हो । आज हरेक कलेजको समस्या भनेकै विद्यार्थी संख्या कम रहनु हो । बल्लबल्ल कलेजमा आएका विद्यार्थी पनि स्नातक तहमा टिकाउन सकिएको छैन र सकिँदैन पनि । ’cause बर्सेनि १२ कक्षा उत्तीर्ण गरेका जम्मा विद्यार्थीमध्ये ५० प्रतिशतको रोजाइ विदेश भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । यसको मूल कारण भनेको रोजगारीको अभाव नै हो । अर्को कारण नेपालमा सुन्दर भविष्य नदेखेर पनि त्यो संख्या बिदेसिन बाध्य भएको देखिन्छ । कक्षा एकमा भर्ना भएका विद्यार्थी संख्याबाट गणना गर्दा स्नातक तहको भर्नादर लगभग १५ प्रतिशत रहेको छ ।

कक्षा १२ मा कोभिडको दुई शैक्षिक सत्र ९५ प्रतिशत बढी विद्यार्थी पास भए । त्यसबखत सिकाइ उपलब्धिभन्दा पनि महामारीको कारण प्रमुख बन्यो । यो नेपालको मात्र समस्या भने होइन । यसकै परिणाम यस वर्ष स्नातक अध्ययन गर्ने अधिकांश विद्यार्थीको कलम सरासर चल्न सकेको छैन । विषय चाहे नेपाली होस् या अंग्रेजी अथवा अन्य सामाजिक विषय नै किन नहोस् सबैमा उस्तै कमजोर लेखाइ र पढाइ रहेको नमिठो वास्तविकता छँदै छ । आमविद्यार्थीमा निराशा छाउने अवस्था सिर्जना हुनुको कारण राजनीतिक अस्थिरता नै हो । राजनीति सबै नीतिको माउ नीति भएकाले हालको नकारात्मक र निराशाको यस परिदृश्य देखिएको हो । हरेक क्षेत्रमा सकारात्मक अनि प्रणालीको विकास गर्न मूल स्वच्छ रहनुपर्छ । त्यो भनेको राजनीतिको प्रभावले उच्च शिक्षामा जति असर परेको अन्य त्यति अन्य क्षेत्रमा रहेको देखिँदैन ।

नेपालको उच्च शिक्षामा रहेका यो विषम परिस्थितिको कारण भनेको स्पष्ट उद्देश्य उच्च शिक्षामा भएन । दाता राष्टको चाहना मात्र ध्यान दियौं । उनीहरूको प्रयोग हाम्रो गौरव पो बन्दै आएको देखिन्छ । हाम्रो समग्र शिक्षामा जटिल समस्या भनेको विद्यार्थी टिकाइ राख्न नसक्नु बनेको छ । यो वास्तविकता मनन् गरेर अगाडि बढ्न नसक्दा थप समस्याको सामना गर्न हामी विवश भएका छौं । हरेक वर्ष शिक्षाको विकासमा करोडौं बजेट पनि खर्च भइरहेको छ तर त्यो लगानी बालुवामा पानीझैं बनेकाले चिन्ता र चासोका साथ यस क्षेत्रको प्रभावकारी सुधार नगरी धरै छैन । हामीले स्वदेशमा आवश्यक रहेको जनशक्ति उत्पादनमा ध्यान दिन नसक्दा आम युवा जनशक्ति रोजगारीका लागि विदेश जान बाध्य छन् । रोजगारी सिर्जना गर्ने क्षेत्र दर्जनौं छन् । दृष्टान्तका लागि बाइक मर्मत, मोबाइल, विद्युतीय क्षेत्रमा रहेका ग्रिल, रेलिङलगायत छन् । जहाँ हजारौं भारतीय श्रमिकले सहज रूपमा आम्दानी गरिरहेका छन् ।

उच्च शिक्षामा विकर्षण हुनुमा शिक्षाको गुणस्तर, बेसरोकार राज्य, रोजगारीको अनिश्चितता र जीवनोपयोगी सुविधाको अभाव रहेका छन्

नेपालीहरूमा जटिल समस्याका रूपमा रहेको नकारात्मक पक्ष स्वदेशमा साना र मनग्ये आयआर्जन गर्न सकिने काम गर्न लाज मान्ने जुन सोच रहेको छ । त्यो पनि विकास र स्वदेशको कामलाई कम आँक्ने गलत प्रवृत्ति हो । नेपाल विकासमा पछाडि रहन जानुको अर्को कारण हो श्रमलाई सम्मान गर्न नजानेको वा गर्न नसक्नु नै रहेको देखिन्छ । यहाँ उच्च शिक्षाको सन्दर्भ जोड दिँदै भावी दिनमा कसरी यो क्षेत्रमा बढीभन्दा बढी विद्यार्थी आकर्षण गर्न सकिन्छ भन्ने विषय उठान गरिएकाले त्यतै केन्द्रित भएर वर्णन गर्दा राज्यले माग र माटो सुहाउँदो शिक्षा नीति र शिक्षाको स्पष्ट उद्देश्य निर्धारण गर्न सक्नुपर्छ । तब मात्र शिक्षामा केही मात्रामा भने पनि सकारात्मक नतिजा देख्न सकिन्छ । नेपालको कमजोरी भनेको राजनीतिक आड र लहडमा विश्वविद्यालय स्थापना गर्ने परिपाटी पनि रहेको प्रस्ट रूपले देखिन्छ । दक्ष र सबल प्राध्यापकले उच्च शिक्षाको उच्च तहमा नेतृत्व रहने वातावरण निर्माण गर्न हामी पटकपटक चुकेका छौं ।

शिक्षामा रहेको अर्को गलत र समस्या परामर्शका नाममा विदेशमा सक्षम जनशक्ति निर्यात गर्ने कन्सल्टेन्सी पनि उत्तिकै जिम्वेवार रहेका छन् । अझ यसलाई अर्को शब्दमा भन्ने हो भने सफा मानव तस्करीसमेतले चिनाउने गरिन्छ । हालै मात्र सरकारले विदेश जान लिइने नो अब्जेक्सन लेटरमा पनि कडाइ गर्न साथीको समेत कागजात र सहमतिको आवश्यकता पर्ने प्रावधान बढाएको छ । नेपालबाट विदेश जान एक जना विद्यार्थीबाट सरदर ३० लाख मात्र भए पनि महिनामा ५ सय जना मात्र नेपाली विदेश अध्ययन गर्न गए पनि मासिक ६ अर्ब नेपाली रकम विदेशमा जान्छ । यसै सन्दर्भमा बताउँदा यस आर्थिक वर्षको पछिल्लो तथ्यांक हेर्ने हो भने चालू आवको पहिलो सात महिनामा विदेश जाने विद्यार्थीले ४३ अर्ब ७४ करोड बाहिर लगेका छन् । हाम्रो देशको विश्वविद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर कमजोर भएको कारण’bout विविध चर्चा पनि नभएका होइन । त्यो मात्र कारण नभई अध्ययनको समय पनि झन्डै दोब्बर लाग्ने गरेकाले थप समस्या उच्च शिक्षामा देखिएको छ । चार वर्षमा सकिने कोर्स पूरा गर्न सात वर्ष लाग्नु कत्तिको जायज र विश्वसनीय विषय हो ।

नेपाली, अंग्रेजी वा सामाजिक विषय नै किन नहोस् उस्तै कमजोर लेखाइ र पढाइ रहेको नमीठो वास्तविकता छ

हामीमा रहेको प्रमुख समस्या अर्को पनि छ त्यो के हो ? भने प्राध्यापकलाई अद्यावधिक बनाउन नसक्नु । आजका आमप्राध्यापक समयको मागलाई समात्न सक्ने सबल र प्रविधिमा अभ्यस्त बन्न सक्नुपर्छ । जसले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी आकर्षित गर्न सहज वातावरण निर्माण हुन्छ । त्रिविविमा रहने गरेका वार्षिक क्यालेन्डर व्यवहारमा कार्यान्वयन नभएर पनि धेरै हदसम्म समस्या सिर्जना गराएको छ । हाम्रो उच्च शिक्षामा अनेकौं समस्याको खात नै रहेको छ ।

अर्को जटिल समस्याका रूपमा रहेको देखिएको छ कि विदेशमा पढाइ समापन गरेर दक्ष बनेर नवीन जाँगरका साथ नेपालमा आएको हुन्छ । उसले उच्च शिक्षा अध्यापन गरेर सेवा गरेर र रोजगार बन्न खोज्छन् तर यहाँको प्रक्रिया र परिपाटीका कारण त्रिविविमा प्राध्यापन गर्न प्रवेश नै पाउन सक्दैन । यसलाई विडम्बना नै मान्नुपर्छ । आज जसरी उच्च शिक्षामा विद्यार्थी संख्या घटेर गएको छ त्यसका पछाडिका कारण गुणस्तर मात्र भने अवश्य पनि होइन । यो वास्तविकता राज्यको सबै सरोकारवालामा नभएको पनि होइन । प्रथम कारण भनेको नै रोजगारी सुनिश्तिताको अभाव र जीवनयापनका लागि प्राप्त सुविधाको अभावजस्ता कारण छन् । त्यति मात्र नभएर सन्ततीको स्वास्थ्य, शिक्षा अनि उनैका भविष्य निर्माणको चिन्ताका कारण उच्च शिक्षामा आकर्षण यसरी कम भएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन