सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ

दार्चुला । नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।
यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदुर ट्युबमार्फत घर फर्किएका हुन् । दुवै देश लकडाउन भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत घर फर्किएको स्थानीय बताउँछन् ।
ट्युबमा चढेर दिनहँु नेपाली मजदुर भित्रिएका छन् । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर उनीहरू नेपाल प्रवेश गरेको एक स्थानीयले बताए । मालिकार्जुनको बाकु, गराडी, चुकिला डिन्सीलगायत क्षेत्रबाट रातको समयमा भारतबाट स्थानीय ट्युबमार्फत नेपाल आउने गरेको स्रोतको दाबी छ ।
त्यहीँका स्थानीयले अहिले विपद्को समयमा आम्दानीको स्रोतका रूपमा ट्युब बनाएका छन् । उकु बाकु हुँदै शुक्रबार राति २५ जना र शनिबार सोही संख्यामा मजदुर घर फर्किएको मालिकार्जुनका स्थानीय हीरासिंह धामीले जानकारी दिए । चेकजाँचबिना उनीहरू गाउँ पसेपछि गाउँमा जोखिम बढेको उनले बताए ।
लेकम गाउँपालिका स्वास्थ्य संयोजक हरिदत्त जोशीका अनुसार यसै साता बझाङका १३ जना नेपाली घर फर्किएको आफूले देखेको बताए । ‘पुल बन्द भएपछि यो ठाउँ भएर आएका थिए,’ उनले भने, ‘कुन ठाउँबाट तरे भन्ने जानकारी भएन । तर रातको समयमा ट्युबको माध्यमबाट नेपाल भित्रिने गरेको हल्ला छ । हामीले भारतबाट आएका व्यक्तिको पहिचान गर्न शुक्रबारदेखि स्वयंसेवक परिचालन गरेका छौं ।’
मालिकार्जुन गाउँपालिका ५ का वडाध्यक्ष तर्कराज ओझाले बैतडीका ५ जना ट्युबमार्फत नेपाल भित्रिएको बताए । उनीहरूलाई डाँडाकोट स्वास्थ्य चौकीमा चेकजाँच गरेर पठाइएको जानकारी दिए ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी अहिले पूलबाट आएका भन्दा पनि ट्युबमार्फत अवैध रूपमा नेपाल भित्रिरहेका मजदुरका कारण गाउँमा कोराना भाइरसको जोखिम बढेको बताउँछन् । उनले भने, ट्युबमार्फत रातको समयमा मात्रै नेपाल प्रवेश गर्छन् । उनीहरू स्वास्थ्य चेकजाँचबिनै गाउँघर पुगेका छन् ।’ ट्युबमार्फत नेपाल आउने बाटो पूर्ण रूपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई आग्रह गरेको अध्यक्ष धामीले बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी दीपेन्द्रबहादुर शाही त्यस क्षेत्रमा रहेका ट्युबलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिइरहेको बताए । सीमा प्रहरी चौकी लाली, जौलजिवीले यो क्षेत्रका सबै ट्युब संकलन गर्ने काम गरिरहेको जानकारी दिए ।
स्थानीयका अनुसार नेपालतिरका ट्युब प्रहरीले नियन्त्रणमा लिएको भए पनि भारततिरका ट्युबमार्फत अहिले भारतमा रोकिएका नेपाली नेपालतिर आइरहेका छन् ।
सात तुइन हटाइयो, २१ ट्युब नियन्त्रणमा
व्यास गाउँपालिका सीमा क्षेत्र नेपाल–भारत आवतजावत गर्न बनाइएको अवैध तुइन हटाइएको छ । वर्षौंदेखि व्यास क्षेत्रका स्थानीयको आवतजावत गर्न बनाइका अवैध तुइन कोराना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै हटाइएको हो ।
व्यास क्षेत्रका मालघाट, गस्कुघाट, बरती घाट, मलघट्टे घाट, डोकट घाट, जंगती घाट, तावाघाटमा लगाइएका तुइन काटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शाहीले जानकारी दिए ।
मालका तुइन सञ्चालक कल्यानसिंह धामीले अहिले यो क्षेत्रमा तुइन पूर्ण रूपमा बन्द भएको बताए । ‘नेपाल–भारत दुवैतर्फ लकडाउन भएसँगै मान्छेको आवतजावत छैन,’ उनले भने, ‘यो क्षेत्रमा भारतीय क्षेत्रमा काम गर्ने भन्दा पनि यही क्षेत्रका नागरिक खाद्यान्न जोहो गर्ने गर्छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा