नेवाः पत्रकार पुचः कास्कीमा अनिशा श्रेष्ठ

पोखरा । नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशनले अनिशा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

समिति उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिव सुशील श्रेष्ठ, कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ र सचिव पदम श्रेष्ठ छन् । सदस्यमा सुरज श्रेष्ठ, सञ्जय शाक्य अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय चयन भए । नवनिर्वाचित अध्यक्ष अनिशाले नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचारप्रसार मूल उद्देश्य राखेर काम गर्ने प्रतिबद्धता जनाइन् ।

त्यसअघि नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खल कास्कीले नेवारहरूको संस्कृति र परम्परालाई संरक्षणका लागि विशेष योगदान दिएको बताएका थिए । उनले नेवारहरूले देखाउँदै आएको तायः मचा, लाखेनाचलगायतका प्रतियोगितालाई निरन्तरता दिन करिब १० लाख पुरस्कार राशि रहेको जनाए ।

सल्लाहकार दीपेन्द्र श्रेष्ठले नेवारहरूसँग जोडिएका भाषा, संस्कृति, परम्पराहरू लोप हुँदै गएको र त्यसलाई संरक्षण र संवद्र्धनको लागि मसिनो गरी केलाउन र खोज्न नेवाः पत्रकार आवश्यक भएको बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकी महसचिव गोविन्द सुवेदी, नेवाः ल्याम्ह पुचः कास्की अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्की अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष दिल गुरुङ, नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्ललगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

ओपनिङ ब्याटर भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक