काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं सृँखला विवादका कारण दोश्रो पटक सारिएको मिति २२ जुलाईमा पनि अमेरिकामा हुन सकेन । अहिले फेरी यो अवार्ड आयोजना गरिने मिती सारेर भदौमा पु¥याईएको छ ।
बिगतमा यो अवार्ड मलेसिया, हङकङ, युएई र कतारलगायतका देशमा भएको थियो । कोभिडको कारण देखाउँदै दुई वर्ष अघि १० औं नेफ्टा अवार्ड काठमाडौंको सोल्टी होटलमा भएको थियो ।
यसको लगत्तै यो अवार्ड अमेरिकामा गर्ने घोषणा सहित नेपाल चलचित्र प्राविधिक संघले युएस खबरले तीन वर्ष (२०२३, ०२४ र ०२५)सम्म अमेरिकामा आयोजना गर्ने भन्दै सो अनलाईनका ओम आचार्यसँग गत जनवरीमा प्राविधिक संघका अध्यष पुष्कर लामाले सहमति गरेका थिए ।
सो सम्झौतापछि ११ औं संस्करणको अवार्ड २७ मेमा टेक्सासको ग्राड पेरी हलमा आयोजना गर्ने भनियो । यो अवार्डको तयारी नपुगेको भन्दै २७ मेबाट फेरी २०२३ जुलाई २२ मा सारियो । अन्तत २२ जुलाई शनिबार पनि यो अवार्ड हुन सकेन । यतिबेला ११ औं संस्करणको नेफ्टा फिल्म अवार्डको नयाँ मिति फेरी घोषणा गरिएको छ । आयोजक युएस खबर र फेम नेपालले प्रेस वक्तव्य जारी गर्दै आगामी ३ सेप्टेम्बर अर्थात १७ भदौमा अवार्ड गर्ने भन्दै नयाँ मिति घोषणा गरेको छ ।
यो अवार्ड दोश्रो पटक पनि अमेरिकामा तोकिएको मितिमा आयोजना हुन नसक्नुको कारण’bout नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राजधानीसँग भने,‘अमेरिकामा रहेका सानुबाबु सिलवाललगायत केही व्यक्तीले नेफ्टा अवार्डको नाममा करोडौं रुपैयाँ लिएर अबैध रुपमा अमेरिका मान्छे लैजान लागेको भन्ने आरोप लागेपछि अहिले उहाँहरु बिरुद्ध कानूनी कारवाहीको कार्य हुँदैछ । अब आयोजक साथीहरुले उहाँहरु बिरुद्धको कानूनी कारवाही चाँडै टयुँग्याएपछि सो आरोपबाट मुक्त भएर अवार्ड गर्नुपर्छ भन्ने चाहना अनुसार आगामी १७ भदौमा सारिएको हो ।’ नेपाल प्रहरीमा पनि यस्ता आरोप’bout छानविन होस भनेर आयोजकबाट निवेदन दिईएको अध्यक्ष लामाले बताएका छन् ।
उता अमेरिकाका आयोजक ओम आचार्यले पूर्वनिर्धारित मिति २२ जुलाईमा आवश्यक तयारी नपुगेकाले नयाँ मितिमा अवार्ड कार्यक्रम गर्न लागिएको भन्दै बिज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी टिम थप मिहेनतका साथ अघि बढेको छ । हामी विश्वस्त पार्न चाहन्छौं, जसरी हामीले प्रचार प्रसार गरेका छौं, सोहि अनुसारको कार्यक्रम गर्नेछौं ।’
उता २२ जुलाईको लागि यो अवार्डमा सहभागी हुन टिकेट किनेकाहरुले सो मितिमा कार्यक्रम हुन नसकेपछि टिकेटको पैसा फिर्ता माग्न थालेका थिए । अब २२ जुलाईकै मितिको टिकेटले आगामी ३ सेप्टेम्बरमा यो अवार्ड कार्यक्रम हेर्न पाईने आयोजक पक्षले बताएको छ ।
त्यसो त यो अवार्डमा सहभागी हुनको लागि नेपालको आयोजक पक्ष नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष सहित केही पदाधिकारीहरुले भिसाको लागि आवेदन दिएका छन् । सो ’bout अध्यक्ष लामाले भने,‘हामीले संघबाट १२ जनाले आवेदन दिएकोमा दुतावासले अहिलेसम्म अन्तरवार्ताको लागि समय दिएको छैन । यदि हाम्रो भिसा नलागे पनि आगामी ३ सेप्टेम्बरमा यो अवार्ड टेक्ससको ड्यालसमा आयोजना हुनुपर्छ भन्ने हाम्रो चाहना रहेको छ ।’
यो अवार्डको लागि ७९ सालमा रिलिज भएका ४५ वटा नेपाली चलचित्रबाट विभिन्न विधाको उत्कृष्ट पाँचको मनोनयन यस अघि सार्वजनिक गरिएको छ । मनोनयनमा परेकाहरु मध्यबाट उत्कृष्टलाई समारोहमा अवार्ड प्रदान गरिने पनि अध्यक्ष लामाले बताएका छन् ।
त्यसो त नेपाल अमेरिका फिल्म फेस्टिबलमा अमेरिका पुगेका अभिनेता राजेश हमाललगायत केही कलाकार यो अवार्डमा सहभागी हुने भनिएको थियो । तर अवार्ड शनिबार आयोजना हुन नसकेपछि अव हमाल सहभागी हुने सँभावना न्युन रहेको छ ।
उता यो अवार्डमा सहभागी हुन तयारी गरेका अमेरिकाका सिनेकर्मीहरु पनि फेरी अवार्ड सर्दा अन्यौलमा परेका छन् । अमेरिकाको केन्टकीमा रहेका चलचित्र निर्देशक सुमन दाहालको सँयोजकत्वमा त्यहाँका ३१ जना नेपाली सिनेकर्मीहरु यो अवार्डमा सहभागी हुने भनेर तयारी गरिरहेका थिए । तर २२ जुलाईमा यो अवार्ड नहुने जानकारी आफुहरुले पाएको निर्देशक दाहालले राजधानीलाई बताए ।
‘आयोजकले निम्ता गरेपछि हामी ३१ जना सो अवार्डमा ससम्मान जानको लागि कामबाट बिदा लिएर हवाई टिकेट काटी तयार भएका थियौं ।’ निर्देशक दाहालले भने,‘ तर अकस्मात आज हुने भनिएको अवार्ड स्थगित भएको र फेरी अर्को मितिमा हुने जानकारी आएपछि फिर्ता नहुने गरी काटिएको टिकटको पैसा घाटालागेको छ भने फेरी अर्को मितिको लागि छुट्टी मिलाउन गाह्रो छ ।’ आयोजकहरुले अवार्ड हुने पक्का भएपछि आफुहरुले सबै तयारी गरेर विदासँगै टिकेट लिएको र अहिले स्थगित भएका कारण अर्को पटक आफुहरु अवार्डमा सहभागी हुने अबस्था नरहेको पनि उनले बताए । तथापि अमेरिकामा नेफ्टा अवार्ड हुनु राम्रो भएको र सबै विवादबाट टाढा रहेर आगामी दिनमा अवार्ड होस भन्ने आफुहरुको चाहना रहेको पनि निर्देशक सुमन दाहालले बताए ।
यो अवार्ड सुरुमा अमेरिकाको टेक्सास स्थित ग्रान्ड पेरीमा गर्ने भनिएको थियो । पछि फेरी टेक्सासकै ट्रस्ट सियु थिएटरमा गर्ने भन्दै टिकट बिक्री गरिएको हो । यस अघि निर्धारित समयमा अवार्ड हुन नसकेपछि केही आयोजक पाटनरहरु यो अवार्ड आयोजनाबाट बाहिरिएका छन् ।
सुरुमा यो अवार्डको लागि मुख्य आयोजकमा युएस खबर डटकमबाट किसन रेग्मी, ओम आचार्य थिए । यस्तै फेम नेपालबाट बिमल पछाई, ८८४८ कम्पनीबाट नारायण पुरी र आर्यन फिल्मस्बाट रमेश एनके पौडेल थिए । आफुसँगै कुनै पनि सल्लाह नगरी आफ्नै छोराको विहेको रिसेप्सन पार्टीसँग जुधाएर अवार्डको प्रेस मिट गरेपछि निर्देशक नारायण पुरी यो अवार्डबाट सुरुमै बाहिरिएका हुन् । यस्तै आर्यन फिल्मस्का रमेश एनके पौडेल पनि यो अवार्डबाट अहिले निस्कृय जस्तै छन् ।
अब भने आयोजकका रुपमा युएस खबर र फेम नेपाल मात्र अमेरिकबाट बाँकी रहेको छ । त्यसो त सुरुमा भारतीय कलाकार प्रियँका चोपडा र प्रीति जिन्टालाई ल्याउने घोषणा गरेका थिए । त्यो चर्चा अहिले पूर्ण रुपमा सेलाएको छ । तथापि आयोजक पक्षले आगामी ३ सेप्टेम्बरमा अवार्ड गर्ने भनेका छन् ।






