न्याय पएनौ भने गठबन्धनको नेताको पुतला दहन गर्छौ : महागढीमाई मेयर यादव

बारा । नेपाल प्रहरी दमनको विरोधमा बारामा बोल्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले न्याय पाएनौ भने गठबन्धनको नेताहरूको पुतला दहन गर्ने बताएका छन् । सघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रमको कोण सभामा बोल्दै नगर प्रमुख यादवले न्याय पाएनौ भने शिर्स दलका नेताहरूको पुतला भरत चौकमा दहन गर्ने बताए ।

एक हप्ता देखि जिल्लाको सदरमुकाम कलैयामा शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरी दमनको विरोधमा गृहमन्त्रीले कानमा तेल हालेर सुतेको अब हामीलाई मान्य नहुने नगरप्रमुख यादवले बताए ।

गृहमन्त्रीले यथासिघ्र छानविन गरि दोषी प्रहरी नायव उपरीक्षक पुरूषोत्तम पाण्डेय र प्रहरी निरीक्षक रुपेश साहलाई तुरून्तै निलम्बन नगरे गृहमन्त्रीको समेत पुतला दहन गरिने उनले बताए ।

चर्को गर्मीमा प्रहरीको दमन विरोधमा गाउँ गाउँबाट आएका समर्थकको सिमाको बाध टुटे कुनै अप्रिय घटना घटे यसको जिम्मेवार जिल्ला प्रशासन, गृहमन्त्रालय स्वयम हुने यादवले बताए ।

कलैया–बघवन सडकमा रोकेर राखेको पिकअप भ्यानमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव श्रावण ३ गते जिल्ला प्रहरी कार्यालय पुगेका थिए । लाइसेन्स नभएको मोटरसाइकल चालक रोकिराखेको गाडीमा आएर ठोकिएर दुर्घटना भएको घटनामा क्षति कति दिने भन्ने विषयमा छलफल भइरहेको थियो ।

सोही क्रममा प्रहरी निरीक्षक साहले सबै पञ्चहरु दलाल हुन्’ भनेपछि विवाद बढेको र विरोध गर्ने क्रममा आफूलाई प्रहरी निरीक्षक साहले गालामा ५० औ झापडले हिर्काए भने प्रहरी नायव उपरीक्षक पाण्डेले कपाल समातेर भूईमा लडाई बुटले हिर्काएको यादवले बताएका छन् । कुटपिटबाट यादवको अनुहार र ढाडमा चोट लागेको थियो ।

आन्दोलनमा नेपाली कांग्रेसका उपरीक्षक सभापति मनोज भट्ट, सचिव राजेश रौनकदार, युवा नेता साजन गुप्ता, सागर पटेल, निजामुद्दीन असारी, नेकपा एसका सहसचिव ध्रुव यादव, संविधान सभा सदस्य प्रमोद गुप्ता, जनमत पार्टीका शिवनाथ पटेल, गोपाल दास लगायत सर्वदलीय प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।

भैयाराम यादवको चोट झन बल्झिदै गएपछी ढाडको स्पाईनको डिस्क नै ब्रेक भएकोले सोको अपरेसन गर्न यादवलाई सोमवार भारतको दिल्ली स्थित मेदन्ता हस्पिटलमा स्पाईनको अपरेशन गर्नको लागि लगिने तयारी भएको उनका परिवारजनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै