कपिलवस्तु,। कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु गरिएको छ । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले २४ घण्टे सेवाको उद्घाटन गर्दै घरमा प्रसुति शुुन्य गराई गर्भवती आमा र शिशु मृत्युदर न्यून २४ घण्टे प्रसुति सेवा सञ्चालन गरिएको बताए।
यस अगाडी शिवपुर, विरपुर, चनई, थुन्हिया, शिवगडी स्वास्थ्य चौकीमा प्रसुति सेवा सञ्चालन रहेको थियो। अस्पतालमा ४ वेडको उत्तर प्रसुति कक्ष र २ वेडको पूर्व प्रसुति कक्ष रहेको अस्पतालका प्रमुख लेखनाथ पौडेलले बताए ।आधारभूत अस्पतालमा ओपिडी सेवा, मुटुको जाँच गर्न इसिजी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, प्रयोगशालासेवा समेत सञ्चालनमा रहेको छ ।
अस्पतालले एक महिनाभित्र सुरक्षित गर्भपतन सेवा समेत सुचारु गर्ने तयारी गरेको अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेका वडा नम्बर ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताए।
अस्पताल सञ्चालनका लागि पालिकाले २ मेडिकल अफिसर, १ रेडियो ग्राफर सहित ७ जना स्वास्थ्यकर्मीको दरवन्दी थप गरेको छ । स्वास्थ्यकर्मी व्यवस्थापनका लागि पालिकाले आन्तरिक आम्दानीबाट बजेट विनियोजन गरेको छ ।