कपिलवस्तु । वर्षासँगै सर्पको बिगबिगी बढ्न थालेपछि बुद्धभूमि नगरपालिकाले जनचेतनाका कार्यक्रम सुरु गरेको छ । सर्पले टोकेका विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन बुद्धभूमि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले पहिलो चरणमा नगर भित्रका विद्यालयका शिक्षक र स्वास्थ्य स्वयम् सेविकालाई सर्प दंशसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागी विज्ञहरूले सर्पले कसरी डस्छ ? कुन बेलामा सर्प बढी सक्रिय हुन्छ ? र सर्पले डसेपछि कसरी प्राथमिक उपचार गर्ने जस्ता विषयहरूमा जानकारी गराएका थिए । धजय का डा विसाल झा, भेरी अस्पतालका डा अभिशेख मण्डल, सर्प सम्बन्धि अनुसन्धान कर्ता सुनिल सापकोटा र कपिलवस्तु सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले सहजीकरण गरेका थिए ।
सर्पले टोकिसकेपछि गर्नुपर्ने कार्य, कुन र कस्ता प्रकृतिका सर्पले डस्दा विष लाग्ने ’bout कार्यक्रममा बताइएको थियो । अभिमुखीकरण कार्यक्रममा सिकेका कुरालाई विध्यालयको अतिरिक्त क्रियाकलाप जनचेतनामुलक कार्यक्रम गरि विध्यार्थिहरुलाई सर्प दंश सम्बन्धि जानकारी दिने कार्यक्रममा सहभागी शिक्षकहरुले बताए ।
सर्प दंशकै कारण जिल्लामा एकै पटक ४ जनाको ज्यान गए पछि समुदायमा यसको सचेतना फैलाउनु सुरु गरिएको हो। गाउँ टोल र वस्ती सम्म सचेतना फैलाउन विद्यालय स्थर बाट सहज हुने भएकाले पहिलो चरणमा विद्यालयका फोकल शिक्षक र स्वास्थ्य स्वयम् सेविकालाई यस ’bout अभिमुखीकरण गरिएको कालिका स्वावलम्बन विकास केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले बताए।
सर्प दंशका विरामीको उपचारका लागि सर्पदंश उपचार केन्द्र रहेको बताउदै सर्पले टोकेका विरामीलाई घरेलु उपचार गराउने र झारफुक गराउने कार्यले पनि कतिपय विरामीको मृत्यु भएको पाइएकाले सर्पले डसेको आसंखा भए पनि सर्पदंश केन्द्रमै जानुपर्ने बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
शम्सेर दल गण गोरुसिङ्गेको प्राविधिक सहयोगमा संचालनमा रहेको छ। कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिंगेबाट १२ हजार बढिले उपचार सेवा लिएका छन। सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ्ग, रोल्पा, रुकुम र छिमेकि मुलुक भारत बाट समेत उपचारका लागि आउने गरेका छन ।






