गुल्मी । गुल्मीमा बुधबार घर भत्किदा तीनजना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका –२ भेडिखोर निवासी मुक्त बहादुर घर्तीको टिनले छाएको दुई तले कच्ची घरको पूर्वतर्फको भित्ता भत्किदा तीनजना घाइते भएका हुन् ।
घर भत्किदा मुक्त बहादुरकी छोरी बर्ष १२ की करिस्मा घर्ती, नौ बर्षिय छोरा हिक्मत घर्ती र छिमेकी देउवा परियारको १० बर्षिय छोरा अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लिनारायण पाण्डेले जानकारी दिए ।
करिस्माको बाहिरी चोटपटक देखिएको छैन भने हिक्मत र अम्मरको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)






