२ सय ४५ जना मिटरब्याजीपीडितको उजुरी दर्ता

Rajdhani Rastriya Dainik | Online Nepali News Portal

टीकापुर । जिल्ला प्रशासन कार्यालय कैलालीमा २ सय ४५ जना मिटरब्याजीपीडितले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि कैलाली प्रशासनमा मिटरब्याजीविरुद्ध २ सय ४५ उजुरी परेका हुन् ।

प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीमा २ सय ४५ जना मिटरब्याजीपीडितले उजुरी दर्ता गराएकामा ४२ जनाको उजुरी फछ्र्योट भइसकेको छ । अनुचित लेनदेनको परिभाषाभित्र नपर्ने, आपसी सहमतिमा मिलापत्र गर्न निवेदन फिर्ता लिएको, निवेदकले निवेदन फिर्ता लिएको, लिन–दिन नपर्नेगरी मिलापत्र भएको, अदालतमा मुद्दा रहेको तथा फैसलासमेत भइसकेको अथवा जग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार भएको देखिएको र साहुद्वारा मिनाहा गरिएको लगायतका कारणबाट दुवै पक्षबिच लिन–दिन नपर्नेगरी सहमति भएको छ । प्रशासकीय अधिकृत जोशीले दुवै पक्षलाई बोलाउँदा नमान्ने तथा नआउनाले सहमति नहुँदा अन्य उजुरी फछ्र्योट हुन बाँकी रहेको बताए ।

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भएबमोजिम मिटरब्याजपीडितलाई निवेदन दिन अनुरोध गरिएको थियो । उजुरी परेका साहुहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घरघडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यसविरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन् ।

गैरकानुनी मानिएको मिटरब्याजका कारण कैलालीमा धेरै घरवारविहीन भएका छन् । छोटो समयमा धेरै कमाउने र राम्रो फाइदा लिने लोभका कारण मिटर ब्याजमा लागेका अहिले लगानी असुल गर्न नसकेर घरवारविहीन अवस्थामा पुगेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ