किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा ६० देशका निर्णायकले खेल खेलाउँदै छन् । जसमा एक मात्र नेपाली निर्णायक छनोट भएका छन् । ग्यारोगीतर्फको सेकेन्ड क्लासका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले किम योङ कपमा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु प्रस्तान गर्दै छन् । ‘तेक्वान्दोमार्फत नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयास गरिरहेको छु,’ खड्काले भने ।
उनी गत निर्वाचनमा लौरो चिन्ह लिएर बाग्मती प्रदेशसभा सदस्यका उम्मेदवार बनेका थिए ।
विश्व ¥याङकिङ जी–२ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न जान लागेका अशोकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे । प्रतियोगिता २ देखि ७ अगस्टसम्म हुनेछ । किम उन योङ्गको सम्झनामा यो प्रतियोगिता सञ्चालन भएको हो । उनी दक्षिण कोरियाली खेलकुद प्रशासक, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष र डब्लुटिएफका कार्यकारी बोर्डका संस्थापक थिए । सन् १९७३ मा विश्व तेक्वान्दो महासंघ गठन भएपछि डा. किम यसको पहिलो अध्यक्ष चुनिएका थिए । किमले तेक्वान्दोलाई ओलम्पिकमा डेब्यु गर्न र दक्षिण कोरियालाई सन् १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न योगदान दिएका थिए । सन् २०१७ मा उनको मृत्यु भएको थियो ।
किमको सम्मानमा सञ्चालन भएको यो प्रतियोगिता पहिले दर्ता गर्ने ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा अशोकले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिकान निर्वाह गर्नेछन् ।
‘६० देशका निर्णायक भएको ठाउँमा नेपालको निर्णायक पनि छनोट गहुने गर्वको विषय हो,’ उनले भने । नेपाली खेलाडी भने सो प्रतियोगितामा सहभागी छैनन् । १९औं एसियाली खेलकुदको पूर्वसन्ध्यामा हुन लागेको प्रतियोगिता नेपाली खेलाडीका लागि महŒवपूर्ण अवसर भए पनि नेपाल तेक्वान्दो संघले खेलाडीको सहभागिताका लागि संवेदनशिलता अपनाएन ।
खड्का ग्योरोगीको वल्र्ड सेकेन्ड क्लासको रेफ्री हुन् भने पुम्सेको तेस्रो क्लासको रेफ्री हुन् । नेपालमा ग्यारोगी सेकेन्ड क्लासमा चार जना निर्णायक छन् । जसमा नवीनकुमार श्रेष्ठ, मीन न्यौपाने, रवीन्द्र मल्ल र जितेन्द्र ढकाल छन् । दीपराज गुरुङ भने सुपर क्लासका निर्णायक हुन् । नेपालमा २२ जना इन्टरनेसलन रेफ्री रहेका छन् ।
सन् २००५ मा दक्षिण एसियाली खेलकुदका लागि भएको छनोट खेलमा ठुलो दुर्घटनापछि अशोकले तेक्वान्दोको करियर सकिएको सोचेका थिए तर उनले आत्मविश्वास गुमाएनन् फरक विधामा आफूलाई अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन सफल भए । उनले बुल्गेरियामा गत वर्ष भएको वल्र्ड तेक्वान्दो च्याम्पिनसिपमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । १३औं दक्षिण एसियाली खेलकुदमा समेत उनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । २५ भन्दा बढी देशमा पुगेर उनले निर्णायकको भूमिका निर्वाह गरेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्रालयले सबै उत्कृष्ट निर्णायकको भूमिका निर्वाह गरेकै कारण १ लाख नगद पुरस्कारसहित सम्मानसमेत गरेको छ ।
अशोक पारा तेक्वान्दोका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री हुन् ।
खेलाडी हुँदै रेफ्री बनेका खड्का खेलाडी उत्पादनमा समेत सक्रिय छन् । उनले नेप्लिज तेक्वान्दो एकेडेमी नै स्थापना गरेका छन् । उनको एकेडेमीका खेलाडीले अन्तर्राष्ट्रिय एक्पोजसमेत पाइरहेका छन् । केही समयअघि उनको एकेडेमीका खेलाडीले यू–१८ वल्र्ड च्याम्पियनसिपमा भाग लिए । अस्ट्रेलियामा भएको गोल्डकोस्ट ओपनमा एकेडेमिक चन्दु शाहीले गोल्ड मेडल नै जितेकी थिइन् । खेलाडी हुँदै निर्णायक बनेका खड्का समाजसेवामा पनि सक्रिय छन् । उनले २०७२ सालको महाभूकम्पको समय र कोभिड–१९ को महामारी महŒवपूर्ण कार्य गरेका थिए ।
किम योङ कपमा नेपालका एक्ला निर्णायक
- राजधानी समाचारदाता
- २०८० श्रावण १५ गते १८:४८






