लम्पी स्किन, श्रावण र पशुधन

परिचय
पहिले शासकले प्रजालाई सोध्थे, ‘दुधभात पनि पेटभरि खान पाएका छैनौं र ।’ अहिले त्यस्ता शासक पाइन छाडे, पाए आपैंm भुँडी भर्ने गर्छन् र त जनताले खपिनसक्नु कर बुझाउनु परेको छ । असार १५ धान दिवस, चामल आयात हुन्छ, श्रावण १५ खिर दिवस दुध आयात हुन्छ, सीमानापारि सस्तो भएकाले तस्करी पनि हुन्छ दुध । एक किलो नूनमा भन्सार लाग्छ सय किलो सुन एयरपोर्टबाट छिर्छ, हाम्रो सुशासनमा । पशुहरू लम्पी स्किन रोगले सोत्तर छन्, पंक्ति तयार गर्दासम्म हाम्रा १० लाख ५४ हजार चौपाया संक्रमित भइसकेका, गत चैत्रदेखि देशको पूर्वी भागबाट सुरु भएको यो महामारीबाट चार महिनामा ४८ हजार १३३ पशु मरिसकेको पशु सेवा विभागको भनाइ छ भने संसारमै कोरोनाभैंm पैmलिएको यो रोगबाट ४० अर्बभन्दा बढी रकम नोक्सानी भइसकेको बुझिन्छ । असारे रोपाइँमै यसले समस्या पारेको छ भने देशमा दुध उत्पादन घटेको भनिन्छ तर दैनिक दुध ३ लाख लिटर खेर जाने गरेको भनाइ छ डेरी एसोसियसनको ।

यसपालिको बजेटबाट दुग्ध विकास बोर्ड खारेजीमा परेको छ र यसपालिकै बजेटमा पशुधनमा बिमा नीति अप्नाइएको छ । डिडिसी भन्छ सिजनमा धूलो दुधको प्रयोग हुन्छ, अहिले दैनिक ६५ लाख दुध उत्पादन हुन्छ, हाल दैनिक ५० लाख लिटर उत्पादन हुँदा पनि मिल्क होली डे गर्नुपरेको अवस्था छ । कृषि विकास मन्त्रालयको आँकडामा देशैभरि वार्षिक २३ लाख १ हजार मे. टन कुल उत्पादन हुने गरेकोमा ४० प्रतिशत दुध गाईबाट र ६० प्रतिशत भैंसीबाट उत्पादन हुन्छ । गाईले प्रतिवेत दूध ७८९ लि दिनेगरेको छ भने भैंसीले प्रतिवेत ८४४ लि, जुन अरू देशको तुलनामा निकै कम हो । बढी दुध उत्पादन गर्न लागिएको यसपालिको मुर्रा राँगा भैंसी कार्यकारी प्रमुखको विदेश भ्रमणसँगै निकै विवादमा परेको देखियो, संसदमा होहल्ला भयो । देशले यसपालि कसो भएर घाँस भने उत्तरतिर निर्यात ग¥यो । त्यसो त पशुधन, कृषि धन बढाउने जनशक्ति नै निर्यात भएका छन् र व्यापार घाटा, विदेशी ऋण बढेको छ, खाद्यान्नलगायत सबै वस्तु आयात हुने गरेको छ । दसैंमा मात्रै होइन अरू बेला पनि खसी बोका, तिहारका भनौं सबै चाड पर्वका सरसामान हाम्रो आयात नै हो ।

यसपालि पशुधनको बिमा भनिएको छ, बिमा शुल्क ५ प्रतिशत, अधिक रकम २ लाख छ र पानी, चट्यांक, आगलागी, हावाहुरी, अन्य रोगका कारण हुने पशुधनको क्षतिमा क्षतिपूर्ति गरिने भनिएको छ । हामीकहाँ प्राकृतिक प्रकोप धेरै छन् अन्नबाली धेरै सोत्तर भएका छन्, मानिसकै बिमाको सुविधा राम्ररी नपाइएको अवस्थामा कृषि एवं पशुधनको क्षतिपूर्ति दिने कसरी, भनौं भने गरिबी र बेरोजगारीको चक्करमा परेको पुरै देशलाई बिमा गर्नुपर्ने भएको छ, सबै काम राजनीतीकरण गर्ने गरिएको छ । दुधको प्रयोग कम भएकाले पनि हाल मिल्क होली डे गर्नु परेको छ, एक त लम्पी स्किन रोग, अर्को उपभोक्ताको क्रयशक्तिकै अभाव, दिनदिनैैको धानी नसक्नुको महँगी, सिमानामा सस्तो दुधको आपूर्ति, आयातीत धूलो दुधको प्रयोग गर्न सजिलो विविध कारणहरू छन् । देशमा पानी छ बिजुली यहीँ महँगो छ, संसारमा इन्धनको भाउ घटेको छ, यहाँ सरकारी वितरण नै महँगो छ र आयल निगम इतिहासमै नाफामा गएको भनिँदै छ, उपभोक्ताको ढाडको हाड घोटेर पनि महँगो संघीयतालाई पाल्नुपरेको छ गरिब देशले ।

कार्यकारी प्रमुखको विदेश भ्रमणसँगै नश्ल सुधारका लागि ल्याइएका मुर्रा राँगा–भैंसीको विवाद र हंगामा संसदमा समेत भयो

सधैं दुध भात खाने नेपालीले नसके पनि साउन १५ गते खीर खानैपर्ने संस्कृति बोकेकोमा आज पशुधन भनौं किलो दाम्लो लगभग रित्तै छ, खाडीमा गए मान्छेहरू काम गर्न । ठुलाले पहिलेपहिले दिइने अशीर्वाद सधैं सबैको कल्याण, कुशल मंगल, पूर्णायू, गाई, भैंसी, भनौं पशुधनलगायत हात्ती, घोडा वृद्धि, धनधान्य, दौलतले भरिपूर्ण होस् भनौं कुवेरको ढुकुटी भैंm बढिरहून्, सदा सबैको ऐश्वर्य वृद्धि भई तनमा कान्ति, बल भनौं चमक, मनमा शान्ति, निरोगिताका साथमा शत्रुमाथि विजयी हुन सजिलो होस् र सन्तान बढून्, भवदीय प्रेम बढोस् भनी आशीर्वाद दिन्थे । अब त यो उखान जस्तै भएको छ । पशुधनको साटो डिउ, प्mयान्टा, कोकले जितेको छ, र बहुराष्ट्रिय कम्पनीका धनमाल बिकाउनुपरेको छ, स्वास्थ्य जस्तो होेस् ।

पूर्वीय दर्शनमा पशुधन वृद्धि हुनेलाई समृद्ध भनिन्थ्यो भने अहिले पनि कृषि कार्यलाई सम्मानित दृष्टिले हेर्नुपर्ने मान्यता हो । राजनैतिक ठूला परिवर्तन अघिसम्म हामी देशको खाद्यान्न निर्यात गथ्र्यौं, अहिले अर्बौँको चामल, धान आयात गर्ने भएका छौं र खेत बारीमा कृषि कर्म गर्ने पाखुरी छैनन् । देश खाद्यान्न संकटको घडीमा पनि छ । सरकारले औपचारिकता पूरा ग¥यो धान दिवस मनाएर, धानको बिउलाई भने माला लगाएर खेर फालिएका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भए ।

समस्या
कृषि प्रधान देश असार १५ दही च्युरा दिवस, श्रावण १५ खीर दिवस, बस औपचारिकताका अन्य दिवस भैंm । यस दिन दुधको परिकार खीर खाएमा शरीर निरोगी हुने मान्यता छ । दुध, दही, मोही भन्नासाथ पशुधनको कुरा हुन्छ । हिजोआज गाई, गोठलाई सिमेन्टका रुखले विस्थापित गरेका छन् भने मोटर साइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेका छन् पहिलेका बाआमाका घरमा, छोरा नातिले पानी, मोही भन्न जान्दैनन् कोक, डिउ, प्mयान्टा, चाउचाउ कण्ठ छ, शिक्षा छैन, संस्कार र संस्कृति पनि छैन बरु मोबाइल छ, टिकटक छ, फेस बुक छ, पुस्तकहरू विस्थापित भएका छन् तर स्कूलहरू व्यापारिक केन्द्र भैंm मौलाएका छन्, हिंडाइ छैन, मान्छे अल्छी भई खेती किसानी काममा नलाग्दा सहरमा अस्पतालहरू भरिभराउ छन् रोग वृद्धिका कारण ।

दुध पिए छिटो लाग्दैन तर अरू वस्तुको प्रयोगले छिट्टै शरीर ढल्पलिन्छ, भनौं छिट्टो लाग्छ ज्यानमा, दुध, दही, मोहीमा कति पौष्टिक, खुराक छ भन्ने आजको आधुनिक मानिसलाई बुझाउन समस्या छ । सरकार भन्छ देश दुध आत्मनिर्भरतातिर उन्मुख छ । प्रतिव्यक्ति जम्मा वार्षिक १३ लि दुध मात्र अभाव हो देशमा । प्रतिव्यक्ति वार्षिक ९१ लिटरको आवश्यकता हो तर उत्पादन प्रतिव्यक्ति ७८ लि मात्र छ रे । अब आत्मनिर्भर हुन दुधको व्यावसायिक उत्पादन बढाउनु त जरुरी छ । सहरी क्षेत्रको पैसा गाउँतिर सर्ने भनेको खाद्यान्न वा भनौं दुग्ध पदार्थ र सागसब्जीबाटै हो, तर बन्दाबन्दीमा सवारी साधनको मारमा पर्दा यिनै वस्तु कति किसानले बाटैमा पोखे, खन्याए, किसानको कथाव्यथा आफ्नै छन् । भाउ अचाक्ली बढेको छ, अचेल दुध पाउडरको पनि पाइने गरेको छ र दही पनि नक्कली ।

बजेटको होहल्ला
सरकारले अघिल्लो बजेटमै पशुपन्छी तथा मत्स्यपालनका लागि आवश्यक उन्नत नश्ल, माछाका भुरा, उन्नत घाँसका बिउ, बेर्ना, दाना, औषधि, खोपलगायतका सामग्रीहरू स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्ने भनेको थियो, अहिले पनि छ । पशुपन्छीको महामारी रोग नियन्त्रणका लागि खोप कार्यक्रम राखिने, पशु नश्ल सुधारमार्पmत् उत्पादन र उत्पादकत्व वृद्धि गर्न पशु प्रजनन कार्यालयको संस्थागत क्षमता अभिवृद्धि गर्ने, देशका ५१० स्थानीय तहमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराइने र कुखुरालगायत पशुपन्छीको खोपको आयातमा सहजीकरण गरिने उल्लेख थियो पहिले नै ।

पोखरा र नेपालगन्जमा रहेका उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नश्लका साँढे र गाई ल्याई सिमेन उत्पादन गरिने, अघिल्लै वर्षभित्रै २ लाख गाई र २ लाख भैंसीको उन्नत नश्लको सिमेनबाट कृत्रिम गर्भाधान सेवा दिइने भनियो । प्राकृतिक विपद्बाट कृषि, र पशुपन्छी बिमालगायतका अनुकूलन व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने र कृषि बाली तथा पशु बिमा प्रिमियमका लागि ८० प्रतिशत अनुदान दिन बजेट व्यवस्था गरिएको थियो ।

मानिसकै बिमासुविधा राम्ररी नपाइएको अवस्थामा सरकारबाट कृषि एवं पशुधनको क्षतिपूर्ति सम्भव नै देखिँदैन

देशमा दुग्ध उत्पादनमा मात्रै ३० अर्ब बढीको लगानी छ । कृषि क्षेत्रमा दुध लगानी दोस्रो स्थानमा छ भने जिडिपीमा कृषिको योगदान झन्डै ५ वर्ष अघिसम्म एकतिहाइ भएकोमा अहिले यो घटेर एकचौथाइभन्दा कम छ । सरकारी आँखा विप्रेषणतिर गएको छ, एकचौथाइ जिडिपीमा पनि दुधको मात्रै ९ प्रतिशत योगदान छ । देशमा भएका गाईभैंसीको संख्या १ करोड २७ लाख १६ हजारमा गाईको मात्रै संख्या ७४ लाख ४८ हजार ९ सय रहेको र भैंसीको संख्या ५२ लाख ५७ हजार रहेका तथ्यांक छ । देशका ६२ जिल्ला दुध उत्पादन र आपूर्तिमा अब्बल छन्, यीमध्ये ३५ जिल्लामा सहकारी संस्थामार्पmत् यस्ता कामहरू भएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार २३ लाख मेट्रिकटन बढी दुधको उत्पादन हुने गरेको हो, सरकारी डिडिसी लगायत निजी क्षेत्रका थुप्रै निकायले यस सम्बन्धमा चासो राख्छन् । हामी गाईलाई माता भन्छौं, गाई हाम्री आमा हुन्, दुध त दिन्छिन् नै, यी लक्ष्मी पनि हु्न् । लक्ष्मी पूजा गर्दा गौ पूजा गरिन्छ, गाई पूजाको भोलिपल्ट गोरुको पूजा हुन्छ तिहारमा । घरघरमा दीपमालिका गर्नुपूर्व गाईको गोबरले घर लिपिन्छ, यस अर्थमा कि गाईको गोबरमा श्रीलक्ष्मीको बास हुन्छ, गाईको गोबरले लिपेको घर, तुलसी, कुश, गोठ, तिल भएको घरमा लक्ष्मीको बास हुन्छ । घर, गोठ र गोबरको महत्व हुन्जेल, घरघरमा गौ सेवा हुन्जेल हामीले अनाजका लागि विदेशी हात थाप्नुपरेको थिएन, ठुला असाध्य रोगहरूसँग पनि मुकाबिला गर्नुपरेको पनि थिएन ।

उपसंहार
गाईका चार पाउ चार वेदस्वरूप हुन्, गाईको २ सिङमा स्वयं श्रीविष्णु र इन्द्रदेवको बास हुन्छ । सिङको बिचमा चन्द्रमाको बास, यसको फेदमा स्वयं सृष्टि कर्ता ब्रह्मा र ललाटमा शिवको निवास रहेमो छ, त्यसैले गौ हत्या ठुलो अपराध हो । दुई कानमा देवताका चिकित्सक अश्विनीकुमारहरू, दाँतमा मरुद्गण, रोमकुपमा ऋषिमुनिहरू, छालामा प्रजापति, श्वासमा षडगरुद्र, नाकमा सुगन्ध पुष्प, तल्लो ओठमा बसु गण, मुखमा अग्नि, गर्धनमा पार्वती, पीठभागमा २७ नक्षत्र, पिठ्यूँमा आकास, अपानमा सबै तीर्थ, मूत्रमा गंगा, नितम्बमा पितृदेव, पुच्छरमा भगवती, छातीमा कुमार कार्तिकेय, घुँडा, जँघा र ऊरुमा पञ्चवायु, खुरको मध्यमा गन्धर्ब, खुरको अग्रभागमा सर्प, चार स्तन चार समुद्र भएकाले रति आदि र स्वधा, स्वाहा, दिशा, धृति, स्मृति, कान्ति, क्रिया सबैले हरदम गौ सेवा गर्न लालयित हुन्छन् ।

सबै नदी, तीर्थ, वेद, धाम, समुद्र, देव, पितृले पनि सधैं गौसेवा नै रुचाउँछन् । गौमुत्रले सेचन गर्दा आशौच शुद्धि हुने हुन्छ भने गौमूत्र पानले शरीरमा निरोगिता हुन्छ, जुठो, सूतकमा मानिस मात्रै होइन घर चोख्याउने पनि चलन छ, घाटबाट फर्किँदा गौमूत्रले सेचन गरे शुद्ध हुने र अपशकून नहुने हुन्छ । गाईको दुध पञ्चामृत हो जसमा दही, घिउ, चिनी, महसमेत मिश्रण हुन्छ, हरदेव, पितृकार्यमा दुध नभई हुन्न, गाईको दुधले दिइएको तर्पणले सिधै पितृहरूले जल पाउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार