शिब अबतारसँगै चर्चामा अभिनेता अक्षय कुमार

मुम्बई । यतिबेला साउनको महिना चलिरहेको छ । शिवको महिना भनेर परिचित साउन महिनामै एउटा फिल्ममा अभिनेता अक्षय कुमार शिव बनेर प्रस्तुत भएका छन् । उनको यो शिव अवतार अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

आगामी फिल्म ‘ओएमजी २’ मा अभिनेता अक्षय कुमार शिबको अबसरमा प्रस्तुत भएका हुन् । यो फिल्मको ट्रेलर यतिबेला रिलिज भएको छ । ट्रेलरमा अक्षय कुमारलाई शिबको अबतारमा देखेर दर्शकहरुले उनको प्रसँसा गरेका छन् ।

२०१२ मा बनेको फिल्म ओएमजीको सिक्वेल ओएमजी २ हो । ओएमजी रिलिज भएको ११ वर्षपछि ओएमजी २ रिलिज हुन लागेको हो । अब यो सिक्वेलको ट्रेलर पनि सार्वजनिक भएको छ । जसमा अक्षय कुमार यसपटक महादेवको भूमिकामा चर्चामा छन् । ट्रेलर भगवान शिवको संवादबाट सुरु हुन्छ । जसमा उनले आफ्ना भक्तहरूको रक्षा गर्न परी पठाउने कुरा गर्छन् । यसपछि शिवका परम भक्त पंकज त्रिपाठीको प्रवेश देखाईएको छ ।

ट्रेलरमा महादेवको भक्त बनेका पंकज त्रिपाठीले आफ्नो जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने देख्न सकिन्छ । महादेवले आफ्ना भक्तलाई संकटमा परेको देखेर कसरी रक्षा गर्छन् भन्ने चलचित्रको कथामा देखाइएको छ । अक्षय कुमारको महादेवको भूमिकालाई फ्यानहरुले निकै रुचाएका छन् ।

ट्रेलरमा पंकज त्रिपाठी र यामी गौतमको कोर्टरूम ड्रामा पनि देख्न सकिन्छ । यसबाहेक अरुण गोयलले विद्यालयका प्रधानाध्यापकको भूमिका निर्वाह गरेका छन् । समग्रमा ट्रेलर गजबको छ ।

यस ट्रेलरलाई सामाजिक सञ्जालमा सेयर गर्दै अक्षय कुमारले क्याप्सनमा लेखेका छ्न्, ‘रिसेप्शनको तयारी सुरु गर्नुहोस्।् । डमरुधारी म ११ अगस्टमा आउँदैछु ।’ पछिल्लो समय राम्रो सिनेमा दिन नसकेका अक्षय कुमारको यही फिल्म प्रति दर्शकको पर्खाई रहेको छ । अक्षय कुमार पनि यो फिल्मप्रति निकै आशाबादी छु ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता