स्याङ्जामा सडक दुर्घटना बढ्दो

स्याङ्जा । स्याङ्जामा सवारी दुर्घटना बढ्न थालेकोे छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको भए पनि दैनिकजसो सडक दुर्घटनाका घटना भइरहेका छन् ।

ग्त एक सातामा सडक दुर्घटनामा १९ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग र भित्री सडकमा सवारी दुर्घटना भएका थिए । शुक्रबार मात्रै सडक दुर्घटनामा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारीनुसार भीरकोट–६ कार्कीडाँडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बयरघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग२च ७३७५ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका थिए ।

भित्री सडकखण्डमा भएको दुर्घटनामा परी घाइते भएका सबैको कालिका सामुदायिक अस्पताल हेलुमा सामान्य उपचारपछि अधिकांश घाइतेलाई पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । उकालो बाटोमा जिप ब्याक हुन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस’bout थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ग्रामीण सडक र क्षमताभन्दा बढी यात्रु बोकेर हिँडेकाले जिप दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइते हुने सबै स्थानीय रहेका छन् ।

जिप दुर्घटनामा भीरकोट–९ का २७ वर्षीया सन्तोषी रेग्मी र उनका ६ वर्षीय छोरा अनमोल रेग्मी, सोही ठाउँका ३० वर्षीय गंगाराम रेग्मी, ६० वर्षीय दिलबहादुर रोका, ७१ वर्षीय बमबहादुर रोका, ४८ वर्षीया लक्ष्मी बराल, ५१ वर्षीय सोमबहादुर गोदार, ६५ वर्षीया बाटुली सारु मगर, ७ वर्षीय जोनिस रोका, भीरकोट–६ बस्ने २३ वर्षीया अनु पुन मगर, ४ वर्षीया प्रतीक्षा परियार र २ वर्षीय प्रतिष परियार घाइते भएका छन् । सबैको हात, खुट्टा, टाउको र पिठ्यँुमा चोट लागेको प्रहरीले जनाएको छ ।

यसैबिच, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको वालिङ–मालुंगा सडकखण्डमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बुटवलबाट पोखरा जाँदै गरेको ग२च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी पोखरा महानगरपालिका–११ कास्कीका कारचालक ४३ वर्षीय सुमन गुरुङ, पोखरा महानगरपालिका–३० बस्ने २८ वर्षीय उत्तम भण्डारी र पोखरा महानगरपालिका–५ बस्ने ३५ वर्षीय सन्दीप थकाली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको टाउको र पिठ्युँमा चोट लागेको बताइएको छ ।

घाइते तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । कार आफै अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

यस्तै, वालिङ–गल्याङ सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत गल्याङ नगरपालिका–८ चिउरीमा वालिङबाट गल्याङतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु१४प ५३८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी गल्याङ–११ का ३७ वर्षीय पदम सिंजाली, कास्कीको माछापुच्छ«े गाउँपालिका–७ का २६ वर्षीय सन्देश गुरुङ, वालिङ–९ का २६ वर्षीय विशाल हिताङ र पर्साको वीरगन्ज महानगरपालिका–२ घण्टाघर घर भई वालिङ बस्दै आएका २० वर्षीय भोला चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल