धनगढीका किसान पुष्पखेतीतर्फ आर्कर्षित

धनगढी । कैलालीको धनगढीका किसान पछिल्ला दिनमा पुष्पखेतीतर्फ आर्कर्षित भएका छन् । धनगढी उपमहानगरपालिकाले प्लाष्टिकजन्य फूल, मालालगायतमा प्रतिबन्ध लगाएपछि उनीहरु पुष्पखेतीतर्फ आर्कर्षित भएका हुन् ।

यसअघि प्लाष्टिकजन्य फूल, मालाको बाहुल्यता रहेको धनगढीमा पुष्प ब्यवसायमा स्थानीयको खासै चासो रहेको थिएन । धनगढी यपमहानगरले किसानलाई पुष्पखेती सम्बन्धी तालिम दिएपछि व्यवसायिकरुपमा पुष्पखेती थालिएको हो । उपमहानगरले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी)सँगको सहकार्यमा धनगढी पोलिटेक्निक इन्स्टिच्युटमा पुष्पखेती सम्बन्धि व्यवसायिक तालिम दिएको थियो ।

तालिम पछि स्थानीयले ब्यक्तिगत तथा संयुक्तरुपमा जग्गा भाडामा लिएर ठूलो मात्रामा ब्यवसायिक पुष्पखेती सुरु गरिएको धनगढी उपमहानगरले जनाएको छ । पुष्पखेती सम्बन्धी उपमहानगरले तालिम दिएपछि धेरै कुरा थाहा भई पुष्पखेतीबाट फाइदा हुने भएपछि धनगढी ६, मटियारीमा डेढ बिगाह जग्गा भाडामा लिएर ब्यवसायिकरुपमा पुष्पखेतीको सुरुवात गरेको शंकरसिंह विष्टले बताए । विष्टले सो जग्गामा सयपत्री र सुपारीफूल खेती गरेको बताउँदै त्यहाँबाट १० टन बढी फूल उत्पादन गर्ने लक्ष्य राखेको बताए ।

धनगढी तथा सुदूरपश्चिममा नै फूलको बजार राम्रो देखेर व्यवसायिकरुपमा पुष्पखेतीतर्फ किसानहरू आर्कर्षित भएको धनगढी उपमहानगरका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए । उनले आफ्नै जग्गा नहुनेहरु पनि पछिल्ला दिनमा जग्गा भाडामा लिएर पुष्पखेती गर्नेको सख्या बढ्दै गएको जानकारी दिए ।

पुष्प ब्यवसाय गर्नेहरुका लागि धनगढी उपमहानगरले नै बजारीकरण गरिदिने जनाएको छ । त्यसले गर्दापनि किसानहरु पुष्पखेतीतर्फ आर्कर्षित भएका हुन । धनगढीसँगै अन्य पालिकाले पनि प्लाष्टिकजन्य फूल, मालालगायतमा प्रतिबन्ध लगाउने थालेपछि आफूहरुलाई प्राकुतिक फूल, माला बेच्न बजारको अभाव नहुने देखेर ढुक्कले पुष्पखेतीतर्फ लागेको धनगढी १३ कैलालीगाउँकी सेतु बिष्टले बताइन् । उनले ११ कट्टामा पुष्पखेती गरेकी छन् ।

दसैं र तिहार मुख्य सिजन भए पनि वर्षभरि आफ्न नर्सरीमा फूल उपलब्ध गराउने सेतुले बताइन् । उनले भनिन्, ‘फूलको बजार राम्रो छ । यो वर्ष मेरै १० टन फूल उत्पादन होला भन्ने अनुमान गरेको छु । अन्य किसानले पनि उत्पादन गर्दा धनगढीमा यो वर्ष फूलको अभाव हुन्न । यो वर्ष तिहारमा कसैले पनि प्लास्टिकको माला लगाउने अवस्था आउन्न दिन्नौँ ।’

धनगढी उपमहानगरले २६ जनालाई एक हप्ते व्यावसायिक पुष्पखेती सम्बन्धी तालिम दिएको थियो । यो वर्ष धनगढीको माग पूरा गरेर बाहिर पठाउनसमेत फूल उत्पादन हुने कृषि शाखा प्रमुख उपाध्यायले बताए । तालिम लिने सबैले कम्तीमा १ कट्ठादेखि डेढ बिगाहमा पुष्पखेती गरेको र यो वर्ष धनगढीमा प्राकृतिक फूलको अभाव नहुने कृषि शाखा प्रमुख उपाध्यायको भनाइ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य