सुन तस्करीको मूल खोज

सय किलो सुनको मूल खोज्दै जाने क्रममा सत्तासिन पार्टीका शीर्ष नेता मुछिएपछि उक्त सुनको अनुसन्धान मत्थर हुँदै जान थालेको छ । सय किलो सुन निमित्त कारण मात्र हो यो सुन तस्करीको खोज तथा अनुसन्धानका लागि ! सुन दिनदिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइरहन्छ । बेलाबेलामा यस्ता चटकपूर्ण नाटक गर्दा मात्र सुन भेटिएको चर्चा चुलिने गर्छ । भेटिएको सय किलो सुन तस्करको सेटिङभित्रैको हो कि त्योभन्दा बाहिरको हो भन्ने कुरा खुल्न सकेको छैन । तर, सुन तस्करीका लागि नेपाल अन्तर्राष्ट्रिय ट्रान्जिट भएको भने साँचो हो । यो ट्रान्जिटमा सुन तस्करीका अन्तर्राष्ट्रिय गिरोह क्रियाशील रहेका छन् । हाल नाम जोडिएका शीर्ष भनिने नेता यस्तोखाले अन्तर्राष्ट्रिय गिरोहका सदस्य पनि हुन् वा उक्त गिरोहका सहजकर्ता मात्र ? त्यो भने सार्वजनिक हुन बाँकी छ । यो तस्करीमा राज्यका जिम्मेवार तहमा काम गरिसकेका त कतिपय ‘बोनाफाइड’ पनि रहने गरेका छन् । त्यसैले पनि खोज तथा अनुसन्धान फितलो र अन्ततः सेलाएर जाने तहमा पु¥याउन थालिएको देखिन्छ ।

चीन तथा भारतजस्तादुई ठूला छिमेकी देशबिचमा रहेको देश नेपालमा अन्तर्राष्ट्रिय गिरोह निकै क्रियाशील छ । यो गिरोह विभिन्न स्वरूपमा प्रकट हुने गरेको देखिन्छ । नुनदेखि सुनसम्म यो गिरोहको धन्दा चलिरहेको छ । अहिले सुनको प्रकरण अघि बढाइएको छ । योभन्दा पहिले मानव तस्करीको कुरा अघि बढाइएको थियो । नक्कली भुटानी शरणार्थीको धन्दा राज्यको तहबाटै चलेको कुरा सार्वजनिक भएको थियो । त्यो मुद्दा सकभर फितलो र कमजोर बनाउन प्रयास गरिएको थियो । अब ती मुद्दाले कानुनी बाटो अख्तियार गर्दै गर्दा सुन काण्ड अगाडि सारिएको छ । यो कतै मानव तस्करीको मुद्दा ओझेल पार्न र जघन्य सुन तस्करीका मुद्दा र अपराध सामसुम पार्न चालिएको नौटंकी त होइन । ’cause यो पनि मानव तस्करी झैं शनैशनै ओझेल पार्नतिर घिसारिँदै छ । मानव तस्करी, सुन, लागूपदार्थ, हातहतियारजस्ता कुरा विश्वमा अहिले क्रय–विक्रयको चुचुरोमा छन् । धेरै देशमा त माफिया गिरोहले सरकार बनाउने र ढलाउने गरिरहेको पनि देखिन्छ । नेपालमा पनि अस्वाभाविकरूपमा सरकार बन्ने र ढल्ने गरिरहेका छन् । यसले प्रशस्तै आशंका उब्जाइरहेको छ ।

नेपालमा हुने र भइरहेका तस्करीमा रहेको विविधता पार्टी विशेषमा देखिन थालेको छ । कुनै राजनीतिक दलका शीर्ष नेता सुन काण्डमा मुछिएका छन् भने अरू दलका नेता हातहतियारमा । अरू दलका नेता मानव तस्करीमा मुछिने गरेका छन् भने बाँकी लागू पदार्थ र यस्तैयस्तै काण्डमा ! भ्रष्टाचारका कुरा उत्तिकै उठिरहेका छन् । सरकारको मातहतमा रहेको अनुसन्धान विभागले यी सबैको जरोबेलोसम्म पुगेर छानबिन गर्ने हैसियत र ल्याकत राख्छ भन्ने त देखिँदैन । तथापि, अनुसन्धान साँच्चिकै निष्पक्ष र पारदर्शी भइदिए हुने थियो भन्ने जनताको आशा भने छ । नेपालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हातमा भ्रष्टाचार तथा तस्करी आदिको छानबिनको पूर्णअधिकार भएमा यो केही हदसम्म हुने आशा पनि गर्न सकिने थियो । तर, नीति निर्माणका कुरा अख्तियारको अनुसन्धान मातहत नहुने भनिएपछि यसको भनेजस्तो परिणाम आउने छाँट देखिँदैन । तथापि, एक चरणको विशिष्टतामा देखापरेको सुन तस्करीको मुहानसम्म अनुसन्धान गर्ने आँट गर !

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

छठ मनाउन रवि लामिछाने सर्वसाधारणको घरमा बस्ने, श्रीमतीसहित व्रतमा सहभागी हुने