टोकियो । एजेन्सी विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण एक वर्ष पछि सरेको जापानमा हुने टोकियो ओलम्पिकको मिति तय भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको हो । आईओसीले टोकियो ओलम्पिक सन् २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म हुने तय गरेको छ ।
आईओसीले पटक–पटक भिडियो कन्फरेन्समार्फत राष्ट्रिय ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय खेलकुद महासंघहरूसँग छलफल गरेको थियो । त्यसपछि नयाँ मितिको आधार तय भएको हो ।