काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच सीमा विवाद (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ र बुढानीलकण्ठ नगरपालिका वडा नं. १० काे सीमामा रहेकाे कपन खहरे खाेला विवादमा तानिएकाे छ । काठमाडौं महानगरभित्र पर्ने कपन खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजरसहित काठमाडौं महानगरपालिका गएपछि स्थानीयले विरोध गरेका थिए । सामाखुसी खोलाजस्तै गरी कपन खहरे खोला खाेलिने महानगरकाे भनाइ छ । खाेल्नका लागि बुढानीलकण्ठ नगरपालिकाले सहमति दिएकाे छैन ।

राजधानी न्यूज पब्लिकेशनको आडमा रहेको साे क्षेत्रमा खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काइने महानगर प्रहरीले जनाएको छ । काठमाडौं महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रको खोलामाथि राखेको स्ल्याब हटाइ खोलालाई प्राकृतिक रुपमा फर्काइने महानगर प्रहरी प्रमुख राजुराज पाण्डेले बताए ।

उक्त क्षेत्रमा सानो पानी पर्दासमेत डुबान हुने गरेको छ । खोलाको तलतर्फ ह्युम पाइप राखिएको छ । खोला साँघुरिएपछि सानो पानी पर्दासमेत आसपासका बासिन्दा डुबान हुने गरेकाले खाेलालाई प्राकृतिक रुपमा फर्काउनुपर्ने महानगरको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
जनकपुरमा मेयरका उम्मेदवार धर्नामा