काठमाडौं । आगामी १ भदौबाट देशव्यापी रिलिज हुने चलचित्र ‘जुलेबी’मा चार जना नायिकाको मुख्य भूमिका छ । ती चार नायिकामध्ये तीन जना नायिकाले यौन व्यवसायी महिलाको भूमिका निर्वाह गरेका छन् ।
यो चलचित्रको नयाँ गीत आज मन…को भिडियो सार्वजनिक समारोहमा आपूmहरूले यो चलचित्रमा यौन व्यवसायी महिलाको भूमिका निर्वाह गरेको सम्बन्धित अभिनेत्रीले बताएका छन् ।
रत्नपार्कमा मास्क लगाएर केहीबेर युवती उभिएपछि जाने हो भन्दै पुरुष सोध्न आउने गरेको अभिनेत्री सुरक्षा पन्तको अनुभव छ । आपूm सो चलचित्रको कथा अनुसन्धानदेखि छायांकन क्रममा समेत रत्नपार्कमा उभिदा चार÷पाँच जनाले नै पालैपालो मसँग जाने हो भनेर सोधेको अभिनेत्री सुरक्षाले बताएकी छन्, ‘म चलचित्र जुलेवीमा यौनकर्मी युवतीको भूमिकाका लागि रत्नपार्कमा उभिरहेको थिएँ । एकपछि अर्को गर्दै पुरुषले जाने हो भनेर सोध्दा म छक्क मात्र परें । आपूm यौनकर्मी महिला देखिएको महसुससमेत गरें ।’
यो चलचित्रमा सुरक्षापन्तसँगै बाँकी दुई अभिनेत्री उषा रजक, मोनिका थापासहितले यौनकर्मी महिलाको भूमिका निर्वाह गरेका छन् । यो सिनेमालाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । रत्नपार्कमा रहेर यौनव्यवसाय गर्दै आएका महिलाको संघर्ष कस्तोसम्म हुन्छ भनेर आपूmले यो सिनेमामा देखाउन खोजेको निर्देशक पाण्डेले बताएका छन्, ‘जुलेबी चलचित्रका पात्रलाई रत्नपार्कले जोड्छ, चलचित्रको कथा सातजनापात्रको सम्बन्धको वरिपरि घुमेको छ ।’
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषारजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समिरमणि दिक्षितलगायतको अभिनय छ । चलचित्रर्की निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको चलचित्रको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।
यसैबिच यो चलचित्रको आज मन… बोलको गीतको भिडियो बुधबार काठमाडौंमा एक समारोहबिच सार्वजनिक गरियो । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर र कोशिस क्षेत्री र केतन क्षेत्रीको शब्द तथा संगीत रहेको छ ।
विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ ।






