कबड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदै

चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कवड्डी महिला टिमले भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षण लिने भएको छ । सो प्रशिक्षणका लागि टिम शनिवार भारततर्फ लाग्ने छ । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केहि दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले जानकारी गराए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले शुक्रबार टिमको विदाई गर्दै अभ्यासमा सक्रिय रहन आग्रह गरे ।
अध्यक्ष श्रेष्ठले भने, ‘यस विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास लिएका छौं । जसले एसियाली खेलकुदमा राम्रो पदर्शन हुने अपेक्षा गर्न सकिन्छ ।’ हाङचाउ एसियाली खेलकुदमा नेपालले कवड्डीको महिला विधामा आफ्नो चुनौती पेस गर्नेछ । विदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द बैद्य, कोषाध्यक्ष रतन टन्डन, नेपाल कबड्डी संघकी अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सचिव तुल्सी थापाको समेत उपस्थिति थियो ।
कवड्डी राष्ट्रिय टिमको कप्तान मेनुकाकुमारी राजवंशी छिन । त्यसैगरी मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त टिममा छन् । यस्तै टिमको मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन् ।
त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पनि एक कार्यक्रमका कवड्डी टिमको विदाई गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर ९ मा एकीकृत समाजवादी विजयी